स्वास्थ्य स्वंयसेविका मृत्यु भएपछि नेपालगञ्ज उप–महानगरपालिकामा आज विदा


वीरेन्द्रनगर । नेपालगञ्ज उप–महानगरपालिका वडा नं. ७ मा कार्यरत महिला स्वास्थ्य स्वयंसेविका राधिकाकुमारी सिंहको मृत्यु भएका कारणले आज (बिहिबार) उप–महानगरपालिकामा शोक विदा दिइएको छ । बुधबार सिंहको उपचारका क्रममा मृत्यु भएको थियो ।
उप–महानगरपालिका नगर कार्यपालिकाको कार्यालय र उप–महानगरपालिका अन्तर्गतका २३ वटै वडा कार्यालयहरुवाट प्रदान गरिने अत्यावश्यक सेवाहरुबहेक अन्य सम्पूर्ण सेवाहरु बन्द रहने, साथै पूर्वनिर्धारित कार्यक्रमहरु निर्धारित मिति र समयमा सञ्चालन रहने नगर प्रसान्त विष्टले बताए ।

स्वास्थ्य स्वंयसेविका मृत्यु भएपछि नेपालगञ्ज उप–महानगरपालिकामा आज विदा

विपद्जन्य घटनाबाट जोगिने उपाय सिकाउँदै नेपाली सेना

Leave a comment

Your email address will not be published. Required fields are marked *