शिक्षा सुधारका लागि सबै जिम्मेवार बन्न आवश्यक छ


सुर्खेत । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले शिक्षा सुधारका लागि सबै जिम्मेवार बन्न आवश्यक रहेको बताएका छन् । सुर्खेतको रेन्द्रनगरमा आजदेखि सुरु भएको कर्णाली एजुकेशन एक्स्पोको उद्घाटन शत्रमा बोल्दै उनले आफ्नो भूमिका अनुरूपको जिम्मेवारी पूरा नगर्दा शिक्षामा वितृष्णा जागेको बताए ।
ढुङ्गे युगदेखि सूचना प्रविधीको युगमा प्रवेश गर्दैगर्दा पनि सोहीअनुरुप शिक्षा बढोत्तरी परिवर्तन हुन नसकेको प्रति दुःख व्यक्त गरे । ‘उत्पादनको युगमा जोडिन नसकिएको शिक्षा प्रणालीलाई उत्पादनमा जोड्नुपर्दछ,’ उनले भने,‘विद्यालय बनाउने अभियानमा लाग्न सके शैक्षिक सुधार हुन्छ ।’
विद्यार्थी भर्ना अभियानको समयमा शिक्षकहरु आन्दोलनमा हुनुपरेको विषयमा गम्भीरता व्यक्त गर्दै संघीय सरकारले जायज मागलाई सम्बोधन गरी शिक्षकलाई आन्दोलनबाट फर्काउन अपिल गरे ।
साथै, एक्स्पोमा भएका प्रस्तुतिकरण र छलफलबाट आउने निष्कर्षका आधारमा सरकारले आगामी नीति तथा योजनामा जोड्ने प्रतिवद्धता व्यक्त गरे ।
कर्णाली विकास केन्द्रद्वारा आयोजित आजदेखि सञ्चालन भएको एक्स्पो तीन दिनसम्म सञ्चालन हुनेछ ।

शिक्षा सुधारका लागि सबै जिम्मेवार बन्न आवश्यक छ

जमुनाह नाकामा कडाइ

शिक्षा सुधारका लागि सबै जिम्मेवार बन्न आवश्यक छ

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

Leave a comment

Your email address will not be published. Required fields are marked *