२०८३ मंसिर १३ गते
वीरेन्द्रनगर, सुर्खेत 15°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

कोहलपुरका तीन सडक स्तरोन्नति हुँदै, १५ करोडको बोलपत्र आह्वान

बाँके ,१३ मंसिर ।
बाँकेको कोहलपुर नगरपालिकाले नगरभित्रका तीनवटा महत्वपूर्ण सडक निर्माण तथा स्तरोन्नतिका लागि करिब १५ करोड रुपैयाँको बोलपत्र आह्वान गरेको छ। नगरको सहरी तथा ग्रामीण क्षेत्रको सडक सञ्जाललाई व्यवस्थित, सुरक्षित र सहज बनाउँदै नागरिकको आवागमनमा सुधार ल्याउने उद्देश्यले नगरपालिकाले सडक निर्माणको प्रक्रिया अघि बढाएको हो।

नगरपालिकाका अनुसार वडा नम्बर ३ र १५ लाई जोड्ने मैटहवा–चन्नहवा सडक स्तरोन्नति गरिनेछ। उक्त सडक निर्माण भएपछि भित्री बस्तीका बासिन्दालाई मुख्य राजमार्ग तथा बजार क्षेत्रसम्म आवतजावत गर्न सहज हुने अपेक्षा गरिएको छ। लामो समयदेखि सडकको अवस्थाका कारण समस्या भोग्दै आएका स्थानीयलाई यसबाट प्रत्यक्ष लाभ पुग्ने विश्वास गरिएको छ।

त्यसैगरी, वडा नम्बर ८ स्थित साइनिङ स्टार चोक–शीतलनगर–नहर सडक र वडा नम्बर ११ को एनटिभी चोक–एनटिभी कार्यालय–कृषि मण्डी–पुरानो बसपार्क सडक पनि निर्माण तथा स्तरोन्नति गरिने भएको छ।

तीनवटै सडकका लागि करिब १५ करोड रुपैयाँ लागत अनुमान गरी निर्माण व्यवसायी छनोट गर्न बोलपत्र आह्वान गरिएको नगरपालिकाले जनाएको छ। बोलपत्र मूल्यांकन, निर्माण व्यवसायी छनोट र सम्झौतालगायतका आवश्यक प्रक्रिया पूरा भएपछि निर्माण कार्य सुरु गरिनेछ।

नगर प्रमुख पूर्णप्रसाद आचार्यले नगरको समग्र विकास र आर्थिक समृद्धिका लागि गुणस्तरीय सडक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिएको बताउनुभयो। नगरवासीको लामो समयदेखिको माग र आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले तीनवटा महत्वपूर्ण सडकको निर्माण तथा स्तरोन्नति प्रक्रिया अघि बढाइएको उहाँले जानकारी दिनुभयो।

उहाँले सडक निर्माण गर्दा गुणस्तर र निर्धारित समयसीमालाई विशेष प्राथमिकता दिइने उल्लेख गर्दै निर्माण कार्यको प्रभावकारी अनुगमनसमेत गरिने बताउनुभयो। नगरभित्रका अन्य वडाका भित्री सडक तथा आवश्यक पूर्वाधार विकासका योजनालाई पनि प्राथमिकताका आधारमा क्रमशः अघि बढाइने उहाँको भनाइ छ।

सडक पूर्वाधारको विकासले नागरिकको दैनिक आवागमनलाई सहज बनाउनुका साथै स्थानीय उत्पादनको बजारीकरण र आर्थिक गतिविधि विस्तारमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। विशेषगरी कृषि उत्पादन हुने क्षेत्रबाट बजारसम्म उपज ढुवानी गर्न सहज हुने, व्यापारिक गतिविधि बढ्ने र स्थानीय बासिन्दाको समय तथा यातायात खर्च बचत हुने विश्वास गरिएको छ।

त्यस्तै, सडक स्तरोन्नतिपछि वर्षायाममा हिलो र हिउँदमा धुलोको समस्या कम हुनुका साथै विद्यार्थी, ज्येष्ठ नागरिक, बिरामी तथा सर्वसाधारणको आवागमनमा समेत सहजता आउने अपेक्षा गरिएको छ।

नगरपालिकाले अघि बढाएको यो योजनाले सडक पहुँच विस्तारसँगै नगरका विभिन्न बस्तीलाई बजार तथा मुख्य सडक सञ्जालसँग जोड्न सहयोग पुग्ने देखिन्छ। तर, योजनाको प्रभावकारी कार्यान्वयन, निर्माणको गुणस्तर र निर्धारित समयमै काम सम्पन्न हुनु यसको प्रत्यक्ष लाभ नागरिकसम्म पुर्‍याउन महत्वपूर्ण हुनेछ।

कोहलपुरका तीन सडक स्तरोन्नति हुँदै, १५ करोडको बोलपत्र आह्वान

प्रेस स्वतन्त्रता र सुशासनका लागि सबै क्षेत्र

कोहलपुरका तीन सडक स्तरोन्नति हुँदै, १५ करोडको बोलपत्र आह्वान

कोहलपुरका तीन सडक स्तरोन्नति हुँदै, १५ करोडको

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!