२०८३ मंसिर १३ गते
वीरेन्द्रनगर, सुर्खेत 22°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

पुरुष फुटबलका सेमिफाइनल समिकरण पूरा, बाँकी खेलहरु जुम्लामा हुने

सुर्खेत,१३ मंसिर ।

दशौं रांष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आइतबार भएको पुरुष फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशले १–१ गोलको बराबरी खेलेका छन् । नेपाली सेनाको सुर्खेतस्थित राजदल गणको खेलमैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले एक–एक गोल गरेका हुन् ।
खेलको ५१औँ मिनेटमा त्रिभुवन आर्मी क्लबका निराजन धामीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, खेलको ६८औँ मिनेटमा कोशी प्रदेशका मिलन राईले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्‍याए ।
खेलका क्रममा कोशी प्रदेशका जर्सी नम्बर १० का खेलाडी शौरभ लिम्बुले पँहेलो कार्ड पाएका थिए । बराबरीसँगै त्रिभुवन आर्मी क्लब र कोशी प्रदेश दुवै टोलीले प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन् । यसअघि एपीएफ र नेपाल पुलिस सेमिफाइनलमा पुगिसकेका छन् । योसँगँगै सेमिफाइनलको समिकरण पूरा भएको छ । सेमिफाइनलमा आर्मी र एपीएफ तथा कोशी र पुलिस भिड्ने छन् । अब सेमिफाइनल र फाइनल खेलहरु जुम्लामा संचालन हुनेछन् ।

 

पुरुष फुटबलका सेमिफाइनल समिकरण पूरा, बाँकी खेलहरु जुम्लामा हुने

पुरुष फुटबलका सेमिफाइनल समिकरण पूरा, बाँकी खेलहरु

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!