२०८३ मंसिर १२ गते
वीरेन्द्रनगर, सुर्खेत 15°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

शारीरिक सुगठनमा गण्डकीलाई चार स्वर्ण

सुर्खेत ,१२ मंसिर ।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत रुकुमपश्चिमको चौरजहारीमा भएको शारीरिक सुगठनमा चार स्वर्णसहित गण्डकी प्रदेश प्रथम भएको छ । प्रशिक्षक राजेन्द्ररत्न तुलाधरका अनुसार गण्डकीले चार स्वर्ण, एक रजत र तीन कास्य गरी कुल ८ पदक प्राप्त गरेको छ ।
त्यस्तै तीन स्वर्ण, दुइ रजत र चार कास्यसहित नेपाली आर्मी दोस्रो, तीन स्वर्ण, पाँच रजत र दुई कास्य पदक हातपार्दै बागमती प्रदेश तेस्रो भएको छ । तीन स्वर्ण, एक रजत गरी एपीएफले चौथो, दुई स्वर्ण ६ रजत र ३ कास्य गरी कुल ११ पदकसहित लुम्बिनी प्रदेश पाँचौँ, दुई स्वर्ण, एक रजत र दुई कास्यसहित नेपाल पुलिस छैटौं भएको छ ।
त्यस्तै एक स्वर्ण, एक रजत र एक कास्यसहित कोशी प्रदेश सातौँ हुँदा एक रजत, एक कास्य गरी सुदुरपश्चिम आठौँ र दुई कास्यसहित मधेश प्रदेशले नवौँ स्थानमा चित्त बुझाउँदा कर्णाली प्रदेश भने पदक बिहीन बनेको छ ।

शारीरिक सुगठनमा गण्डकीलाई चार स्वर्ण

पुरुष क्रिकेटमा बागमतीको पहिलो जीत, कोशी बाहिरियो

शारीरिक सुगठनमा गण्डकीलाई चार स्वर्ण

बक्सिङमा विभागिय टिमको बर्चश्व

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!