२०८३ मंसिर १२ गते
वीरेन्द्रनगर, सुर्खेत 22°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

मुख्यमन्त्री शाहीद्धारा मिडिया सेन्टरको अनुगमन

सुर्खेत,१२ मंसिर ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मंगलबहादुर शाहीले मिडिया सेन्टरको अनुगमन गरेका छन्। दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै कर्णाली प्रदेश खेलकुद विकास परिषदले रंगशालामै मिडिया सेन्टर स्थापना गरेको छ । सोही मिडिया सेन्टरको अनुगमन गर्दै मुख्यमन्त्री शाहीले दशौं खेलकुदको प्रचारमा सेन्टरले प्रभावकारी भूमिका खेलेको बताए।
कर्णालीमा ऐतिहासिक दशौं खेलकुद भइरहेको र यसको प्रचारमा मिडिया सेन्टरले महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ । दशौं खेलकुदलाई सफल बनाउन सबैको सहयोग आवश्यक पर्ने भन्दै उनले मिडिया र पत्रकारको भूमिका सकारात्मक भएको बताए । खेलकुद प्रतियोगिताको बारेमा मिडिया सेन्टरले गरिरहेको समाचार कभरेज र प्रवाहको उनले प्रसंशासमेत गरे। मुख्यमन्त्री शाहीले मिडिया सेन्टरका लागि आवश्यकपर्ने थप स्रोत व्यवस्थापनमा सरकारकाले कुनै कमि हुन नदिने प्रतिवद्धता जनाए।

मुख्यमन्त्री शाहीद्धारा मिडिया सेन्टरको अनुगमन

महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न

मुख्यमन्त्री शाहीद्धारा मिडिया सेन्टरको अनुगमन

महिला बास्केटबलको फाइनलमा पुग्यो कर्णाली, एउटा पदक

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!