२०८३ मंसिर १२ गते
वीरेन्द्रनगर, सुर्खेत 22°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

महिला बास्केटबलको फाइनलमा पुग्यो कर्णाली, एउटा पदक पक्का

सुर्खेत,१२ मंसिर ।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला बास्केटबलतर्फको (३×३) विधामा कर्णाली प्रदेश फाइनलमा प्रवेश गरेको छ । शनिबार विहान भएको खेलमा कर्णाली प्रदेशले विभागीय टोली सशस्त्र प्रहरी बलको (एपीएफ) क्लबलाई ११–१० अंकले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा कर्णालीले एपीएफलाई एक अंकले पछाडाी पार्दै फाइनल यात्रा तय गरेको हो।

फाइनल प्रवेशसँगै कर्णालीले कम्तीमा एउटा पदक सुनिश्चित गरेको छ। कर्णालीको यो सफलताप्रति कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव रविन्द्र चन्दले टोलीलाई बधाई दिनुभएको छ। उहाँले फाइनलमा पनि उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जित्नका लागि खेलाडीलाई शुभकामना दिनुभयो ।

महिला बास्केटबलको फाइनलमा पुग्यो कर्णाली, एउटा पदक पक्का

मुख्यमन्त्री शाहीद्धारा मिडिया सेन्टरको अनुगमन

महिला बास्केटबलको फाइनलमा पुग्यो कर्णाली, एउटा पदक पक्का

नेपाल पुलिस पनि पुरुष फुटबलको सेमिफाइनलमा

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!