२०८३ मंसिर १२ गते
वीरेन्द्रनगर, सुर्खेत 22°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

जुम्लाकाे चन्दनाथ पुर्याइयाे १० ओैँ राष्ट्रिय खेलकुदकाे ट्रफी र ओलम्पिक टर्च

जुम्ला, १२ मंसिर ।
१० ओैँ राष्ट्रिय खेलकुद प्रतियोगिताकाे ट्रफी र ओलम्पिक टर्च जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ र भैरवनाथ मन्दिर पुर्याइएकाे छ । शनिबार म्याराथन धावक हरिबहादुर राेकायकाे नेतृत्वमा ख्यातिप्राप्त ओलम्पिएनहरुले प्रतियोगिताकाे ट्रफी तथा ओलम्पिक टर्च जुम्ला पुर्याएका हुन् । शुक्रबार दैलेखकाे पवित्र धार्मिकस्थल श्रीस्थानकाे अखण्ड ज्वालाबाट ओलम्पिक टर्च बालेर सुभारम्भ भएकाे ट्रफी टुर जुम्ला पुगेर प्रतियोगिताकाे मुख्य खेलस्थल सुर्खेत फर्कने छ । जुम्ला बजार परिक्रमा पश्चात् ट्रफी र टर्चलाई मन्दिर पुर्याइएकाे हाे ।

कर्णाली प्रदेशमा आयोजना हुन लागेको १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचारप्रसार र खेलकुदको उत्सवलाई राष्ट्रियस्तरमा पुर्‍याउने उद्देश्यसहित ओलम्पिक टर्च तथा ट्रफी टुर सुरु गरिएको हाे । शुक्रबार दैलेखको धार्मिक तथा पर्यटकीय स्थल श्रीस्थानस्थित अखण्ड ज्वालाबाट ओलम्पिक टर्च बालेर ट्रफी टुरको शुभारम्भ गरिएको थियाे ।
राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा सुरु भएको टर्च तथा ट्रफी टुरले प्रतियोगिताको माहौल सिर्जना गर्नुका साथै कर्णालीको ऐतिहासिक, धार्मिक र पर्यटकीय पहिचानलाई राष्ट्रियस्तरमा चिनाउने अपेक्षा गरिएको छ । टुरमा ओलम्पियन दीपक विष्ट, साग गेम्सका डबल गोल्ड मेडलिस्ट दीपक श्रेष्ठ, म्याराथन धावक हरिबहादुर रोकाया, ओलम्पियन देबु थापा, कराते खेलाडी मण्डेकाजी श्रेष्ठसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएका खेलाडीको सहभागिता छ ।

जुम्लाकाे चन्दनाथ पुर्याइयाे १० ओैँ राष्ट्रिय खेलकुदकाे ट्रफी र ओलम्पिक टर्च

नेपाल पुलिस पनि पुरुष फुटबलको सेमिफाइनलमा

जुम्लाकाे चन्दनाथ पुर्याइयाे १० ओैँ राष्ट्रिय खेलकुदकाे ट्रफी र ओलम्पिक टर्च

जुम्लाकाे चन्दनाथ पुर्याइयाे १० ओैँ राष्ट्रिय खेलकुदकाे

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!