२०८३ मंसिर १२ गते
वीरेन्द्रनगर, सुर्खेत 22°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

पुरुष क्रिकेटमा गण्डकीलाई पहिलो सफलता

सुर्खेत,१२ मंसिर ।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आप्mनो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ । कालुन्चोक मैदानमा शनिबार विहान भएको पहिलो खेलमा गण्डकीले एनआरएनएलाई ५ विकेटले हराउँदै महत्वपूर्ण २ अंक जोड्यो ।
टस जितेर बलिङ रोजेको गण्डकीविरुद्ध पहिला ब्याटिंग गर्दै एनआरएनएले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १२५ रन मात्र बनाउन सक्यो । एनआरएनएका लागि पवन खरेलले सर्वाधिक ३२ रन बनाए । उनले ३२ बलमा ५ चौका प्रहार गरे । त्यस्तै नविन तामाङले २३ बलमा २६ रन र आदित्य महताले १४ बलमा २३ रन जोडे । अन्य ब्याटरले भने उल्लेख्य प्रदर्शन गर्न सकेनन् । कप्तान कमलसिंह ऐरी ७ रनमा आउट भए भने विकेटकिपर निर्भिक पाठक ५ रनमा अविजित रहे ।
१२६ रनको लक्ष्य पछ्याएको गण्डकीले १४.३ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो । गण्डकीका लागि ईश्वर क्षेत्रीले २७ बलमा २ चौका र ३ छक्कासहित ३२ रन बनाए । त्यस्तै अविजित रहेका वंश क्षेत्रीले २७ बलमा ३ चौकासहित २९ रनको महत्वपूर्ण पारी खेले । सिब्रिन श्रेष्ठले १३ बलमा २४ रन र सन्दीप खत्री क्षेत्रीले ९ बलमा १४ रन जोड्दै गण्डकीको जितलाई सहज बनाए । रोहित चन्द १ रनमा अविजित रहे । गण्डकी प्रदेश यसअघि समूह चरणको पहिलो खेलमा मधेससंग ७ विकेटले पराजित भएको थियो ।

पुरुष क्रिकेटमा गण्डकीलाई पहिलो सफलता

एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो

पुरुष क्रिकेटमा गण्डकीलाई पहिलो सफलता

महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!