सुर्खेत,१२ मंसिर ।
कर्णालीमा जारी महिला बास्केटबलतर्फ ४ वटा टिम फाइनलमा प्रवेश गरेका छन् । शनिबार विहान भएका खेलमा फुल–कोर्ट (५×५०) महिला बास्केटबलतर्फ भएको खेलमा नेपाल आर्मी क्लबले नेपाल पुलिसलाई ४४–२८ अंकले पराजित गरेको छ । यस्तै फूल कोर्टतर्फ शसस्त्र प्रहरी बलको (एफिएफ) क्लबले सुदूरपश्चिमलाई ७४–१२ अंकले पराजित गरेको छ । योसँगै त्रिभुवन आर्मी क्लब र एपीएफ फाइलनमा पुगेका छन् ।
शनिबार भएको महिला बास्केटबलतर्फ (३×३) विधाका खेलमा कर्णाली प्रदेशले शसस्त्र प्रहरी बलको (एफिएफ) क्लबलाई ११–१० अंकले पराजित गरेको छ । यस्तै (३×३) विधाको खेलमा त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई १५–४ अंकले पराजित गरेको छ । जसमा कर्णाली प्रदेश र त्रिभुवन आर्मी फाइनलमा पुगेका छन् । योसँगै ४ वटा टिम फाइनलमा प्रवेश गरेका छन् । यस्तै ४ वटा टिम प्रतियोगिताबाट बाहिरिएका छन् । फूल कोर्ट (५×५) महिला बास्केटबलतर्फ नेपाल पुलिस र सुदूरपश्चिम प्रदेश बाहिरिएका छन् । यस्तै (३×३) विधाका खेलमा बागमतती प्रदेश र शसस्त्र प्रहरी बलको (एफिएफ) क्लब बाहिरिएका हुन् । अब चार वटा टिमले पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।


