सुर्खेत,१२ मंसिर ।
दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत फुलकन्ट्याक्ट कराते प्रतियोगितामा महिला तथा पुरुषतर्फका विभिन्न तौल समूह र काता विधाको प्रारम्भिक चरणका खेलहरू सम्पन्न भएका छन् । वीरेन्द्रनगरमा जारी खेलमा १२ विधाका ९६ जना खेलाडी क्वाटरफाइनलमा प्रवेश गरेका हुन् ।
क्वाटरफाइनलमा प्रवेश गर्नेमा महिलातर्फ ४० जना छन् भने पुरुषतर्फ विभिन्न तौल समूहका ५६ जना समावेश छन् ।
महिला र पुरुष दुवैतर्फ ४र४ जना कातातर्फ सेमिफाइनलमा प्रवेश गरेको फुलकन्ट्याक्ट करातेका मुख्य प्रशिक्षक कुमार श्रेष्ठले बताए । उनका अनुसार बाँकी खेलहरु जारी छन् ।


