सुर्खेत ,१३ मंसिर ।
घरेलु मैदान सुर्खेतमा जारी बक्सिङ प्रतियोगितामा आयोजक कर्णाली प्रदेशले कम्तीमा दुई पदक सुरक्षित गरेको छ।
प्रतियोगिताको महिला ८० केजीमाथि (हेभी वेट) तौल समूहमा कर्णालीकी टीका श्रेष्ठ फाइनलमा प्रवेश गरेसँगै कर्णालीको पदक पक्का भएको हो। उनले आज (आइतबार) हुने फाइनल भिडन्तमा स्वर्ण पदकका लागि विभागीय टोली त्रिभुवन आर्मी क्लबकी हीरादेवी नेपालीको सामना गर्नेछिन्।
त्यस्तै, पुरुष ७५ केजी (मिडल वेट) तौल समूहमा कर्णालीका भूगोल बम ठकुरी सेमिफाइनलमा पुगेका छन्। सेमिफाइनलमा उनले सशस्त्र प्रहरी बल (एपीएफ) का सुमन कार्कीसँग प्रतिस्पर्धा गर्दैछन्। बक्सिङको नियमअनुसार सेमिफाइनल पुग्ने खेलाडीले पदक सुरक्षित गर्ने भएकाले ठकुरीको पनि पदक पक्का भइसकेको छ।
यी दुई खेलाडीले कर्णालीका लागि स्वर्ण वा रजत कुन पदक दिलाउनेछन् भन्ने अन्तिम टुंगो आज हुने फाइनल खेलको नतिजापछि लाग्नेछ।


