एउटा गल्ती गर्दैमा लोकतन्त्रमाथि प्रश्न उठाउन पाइन्नः मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले एउटा व्यक्तिले गल्ती गर्दैमा लोकतन्त्रमाथि औला उठाउने नपाइने बताएका छन् । नेकपा(एमाले)ले सुर्खेतमा आयोजना गरेको जागरणसभामा बोल्दै मुख्यमन्त्री कँडेलले हामीले काम गर्दा कति ठाउँमा ढंग नपुगेको छ होला । तर, व्यक्ति बिषेश गरेका गल्तीलाई लोकतन्त्रमाथि औला उठाउने काम गर्न नमिल्ने बताएका हुन् ।
उनले तीन तहका सरकार रहेको अवस्थामा केहीले काम गर्दा ढंग नपुगेको कारणले लोकतन्त्रमा माथि प्रश्न उठाउने काम भएको बताए । ‘अहिले केही मानिसहरुले लोकतन्त्रमा प्रश्न गरिरहेका छन्,’ उनले भने,‘लोकतन्त्रबाहेक अरु व्यवस्था सोच्न नै सकिदैँन् ।’
एक दुई जना भुइफट्टा भ्रम सिर्जना गरेर जनतालाई भ्रम पार्ने काम भइरहेको उनले बताए । ‘केही मानिसहरु अहिले व्यवस्था बदलियो । अवस्था बदलिएन भन्छन्,’ उनले भने,‘सरकारमा बसेर अवस्था बदलिएको छ । जनताको आस अनुसार काम भएको छैन् होला । लोकतन्त्र बलियो बनाउनका लागि हामी लागेका छौं ।’






