२५० शासन गरेको राजतन्त्र प्रेत बनेर आयोः एमाले महासचिव पोखरेल


सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंङ्कर पोखरेलले राजाप्रति संकेत गर्दै प्रेत बनेर आएको बताएका छन् । नेकपा(एमाले)ले सुर्खेतमा आयोजना गरेको जागरणसभामा बोल्दै महासचिव पोखरेलले २५० शासन गरेको राजतन्त्र अहिले प्रेत बनेर आएको बताएका हुन् ।

उनले एमाले सरकार भएपनि अहिले गणतन्त्रका पक्षमा सडकमा आएको बताए । ‘राजावादीहरु अहिले भन्छन् । गणतन्त्र के दियो भन्छन्,’ उनले भने,‘तपाई आफैँ भन्नुहोस । सुर्खेतमा बाहेक अन्य ठाउँमा मोटर बाटो पुगेको थिएन् । २०५६ सालमा म दैलेख जादाँ हिडेर गएको थिए । गणतन्त्रको उपलब्धि थिएन् ।’

मण्डलेहरुको शासनकालमा हालत खराब अवस्थामा कस्तो अवस्था थियो तपाईहरु थाहा भएको महासचिव पोखरेलले बताए । ‘पञ्चायतकालमा कर्णालीबासीले एक ढिका नुनका लागि हेलिकप्टर कुनुपर्ने अवस्था थियो,’ उनले भने,‘अहिले कर्णाली गाउँ गाउँमा सडक पुगेको छ । खानेपानी पुगेको छ । लोकतन्त्रमा त्यो अवस्था छैन् ।’

पञ्चायतकालमा यो मुलुकको अवस्था कस्तो भने जम्मा एक सयमा ८ जनाले बिजुली बाल्ने गरेको अहिले अवस्थामा एक सय ९९ जनाले बिजुली बाल्न पाएको महासचिव पोखरेलले बताए । ‘यो उज्यालो बनाउने काम अहिले गणतन्त्र हो,’ उनले भने,‘पञ्चायत अध्यारो राखेको हो ।’

२५० शासन गरेको राजतन्त्र प्रेत बनेर आयोः एमाले महासचिव पोखरेल

एउटा गल्ती गर्दैमा लोकतन्त्रमाथि प्रश्न उठाउन पाइन्नः

२५० शासन गरेको राजतन्त्र प्रेत बनेर आयोः एमाले महासचिव पोखरेल

अनुमतिबिना बन्दुक बोक्ने पक्राउ

Leave a comment

Your email address will not be published. Required fields are marked *