जुम्लाको कनकासुन्दरीमा सञ्चालित आँखा शिविरबाट छ सयजना लाभान्वित


जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिका–४ स्थित हाट–सिँजा स्वास्थ्य चौकीमा सञ्चालित दुईदिने निःशुल्क आँखा शिविरबाट छ सय एकजना लाभान्वित भएका छन् ।

सो गाउँपालिकाको आर्थिक सहयोग तथा समन्वय र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा ४६ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको थियो । त्यस्तै, स्थानीय जनताको आँखाको स्वास्थ्य परीक्षणसहित ३०० जनालाई निःशुल्क रुपमा चस्मा प्रदान गरिएको कनकासुन्दरी गाउँपालिकाका स्वास्थ्य निरीक्षक वीरन्द्रप्रसाद उपाध्यायले जानकारी दिए ।

कनकासुन्दरी गाउँपालिकाका प्रमुख दामोदरप्रसाद आचार्यले दक्ष तथा अनुभवी चिकित्सक एवं स्वास्थ्यकर्मीको सहयोगमा गाउँगाउँमा पुगी सर्वशुलभ एवं गुणस्तरीय स्वस्थ्य सेवा प्रदान गर्ने नीति तथा कार्यक्रम कार्यान्वयनका क्रममा यसपटक निःशुल्क आँखा शिविर सञ्चालन गरेको बताए ।

प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र भण्डारीका अनुसार गाउँपालिकाको आयोजनामा हाट–सिँजामा सञ्चालित स्वस्थ्य शिविरमा उपचार गर्न आउने बिरामीलाई घरसम्म पु¥याउने र खानबस्ने व्यवस्थासहित फलफूलसमेत वितरण गरिएको छ ।
जुम्लाको कनकासुन्दरीमा सञ्चालित आँखा शिविरबाट छ सयजना लाभान्वित

अनुमतिबिना बन्दुक बोक्ने पक्राउ

जुम्लाको कनकासुन्दरीमा सञ्चालित आँखा शिविरबाट छ सयजना लाभान्वित

कर्णाली पुग्दा यहाँ नेता नभएको अनुभुति भयो

Leave a comment

Your email address will not be published. Required fields are marked *