दशौं राष्ट्रिय खेलकुदका लागि पूर्वाधारमा केन्द्रित

सुर्खेत, १४ असार । कर्णालीमा प्रदेश सरकारले खेलकुद क्षेत्रका लागि अघिल्लो वर्षभन्दा धेरै बजेट विनियोजन गरेको छ । कर्णाली प्रदेशको बजेटमा खेलकुदको पूर्वाधार विकासमा केन्द्रित रहेर बजेट विनियोजन गरिएको छ । यद्यपी यो बजेट पर्याप्त नभएको खेलकर्मीको गुनासो छ । प्रदेश सरकारले दुई वर्षपछि कर्णालीमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने तयारी गरेको छ । खेल […]

यहाँ सबै चल्छ, तर विहे चल्दैन !

राजेन्द्र कार्की/जाजरकोट, १४ असार । अन्तरजातीय प्रेम सम्बन्धलाई विहेमा परिणत गर्न भन्दै गत जेठ १० गते रुकुमको चौरजहारीस्थित सोती पुगेका जाजरकोट खलंगाका नवराज विक गाँउलेको कुटाइबाट मारिए । उनी मात्र होइन, उनलाई साथ दिन गएका अरु पाँच जना युवाहरु पनि सँगै मारिए । नवराजसहित ६ जनाको ज्यान जाने गरी सोतीमा भएको घटना जातीय विभेदकै कारण […]

आज मदन भण्डारीको ६९ औँ जन्म जयन्ती

काठमाडौं, १४ असार । तत्कालीन नेकपा एमालेका महासचिव मदनकुमार भण्डारीको (आज) आइतबार ६९ औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदैछ । भण्डारीको जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले आयोजना गर्ने कार्यक्रममा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यस अवसरमा नेकपाको पार्टी केन्द्रले भने औपचारिक कुनै कार्यक्रम राखेको छैन […]

दुई हजार क्वीन्टल खाद्यान्न थप

हुम्ला, १४ असार । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडद्वारा हिमाली जिल्ला हुम्लाका लागि आगामी दसैँसम्म पु¥याउन भन्दै थप खाद्यान्न कोटा स्वीकृत भएको छ । जिल्ला खाद्य व्यवस्थापन समितिको निर्णय भई माग भए बमोजिम कोटा स्वीकृत नभए पनि हाललाई दुई हजार क्वीन्टल खाद्यान्न थप भएको हो । लिमिटेडको सञ्चालन समितिबाट हुम्ला जिल्लाका लागि दुई हजार […]

मकैबालीमा फौजी किराको प्रकोप

कालिकोट, १४ असार । जिल्लाका विभिन्न स्थानमा किसानले लगाएको मकैबालीमा अमेरिकन फौजी किराको प्रकोप देखिएको छ । जिल्लाको खाँडाचक्र नगरपालिकाको थानकोट, मेग्र लगायतका गाँउमा स्थानीय किसानले लगाएको मकैबालीमा अमेरिकन फौजी किराको प्रकोप देखिएको हो । पुतली वर्गमा पर्ने निशाचर किराले दोस्रोपटक गोडमेल गर्ने बेलाको मकै सखाप पारेपछि किसान चिन्तित भएका छन् । वैशाखमा छरेको मकै […]

४३ लाखको स्वास्थ्य तथा खाद्यान्न सहयोग

दैलेख, १४ असार ।  कोरोना भाइरसको महामारीका क्रममा दैलेखका संघसंस्थाले सहयोगी हात अघि बढाएका छन् । कोरोनासँग जुध्न दैलेखका दश र अछामको एक स्थानीय तहमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले लाखौँ रुपैयाँ बराबरको स्वास्थ्य तथा खाद्यान्न सहयोग गरेको छ । डीसीए नेपालको आर्थिक सहयोगमा संस्थाले दैलेखका दुल्लु, आठबिस, नारायण, चामुण्डाविन्द्रासैनी नगरपालिका र नौमुले, महाबु, गुराँस, […]

कोरोना परीक्षण गर्ने पीसीआर मेसिन बिग्रियो

सुर्खेत, १४ असार । कोरोना परीक्षणको लागि कर्णाली प्रदेशले प्रयोगमा ल्याएको सुर्खेतको आरटी पीसीआर मेसिन बिग्रीएको छ । प्रदेश अस्पताल सुर्खेतले पशुपन्छि रोग अन्वेषण प्रयोगशाला सुर्खेतको पीसीआर सञ्चालन गर्दै आएको मेसिन शुक्रबारदेखि बिग्रिएको हो । यो मेसिनबाट यसअघि दैनिक करिब चार सय स्वाबको परीक्षण गर्दै आएको थियो । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रीता भण्डारीका […]

बनगाड कुपिण्डेमा बर्थिङ सेन्टर स्थापना

दुर्गा विसी । सुर्खेत, १३ असार । सल्यानको बनगाड कुपिण्डे नगरको निगालचुलामा वर्थिङ सेन्टर स्थापना गरिएको छ । निगालचुला स्वास्थ्य चौकीमा शुक्रवार वडा अध्यक्ष गोविन्द डाँगीले सेन्टरको उद्घाटन गरेका हुन् । प्रसुती सेवा स्थापना भए सँगै अब यहाँका महिलाहरु सामान्य उपचार तथा चेकजाँचका लागि टाढा जानुपर्ने समस्या दुर भएको डाँगीको भनाइ छ । लामो समयपछि […]

रुकुम हत्याकाण्डः न्याय नपाए झन् कडा आन्दोलन

सुर्खेत, १२ असार । जाजरकोटका नवराज विकको न्यायका लागि सुर्खेतका युवाहरु अनशनमा बसेका छन् । अन्तरजातीय प्रेम सम्बन्ध गाँसेर विवाहका लागि केटी लिन गएका नवराजको रुकुम पश्चिममा हत्या भएको थियो । राष्ट्रिय दलित पत्रकार संघ नेपालले घटनाको निष्पक्ष छानविन गर्न माग गर्दै वीरेन्द्रनगर चौकमा विहिवार राति ८ बजेदेखि बुक्रवार विहान ८ बजेसम्म अनशन बसेका हुन् […]

नव विवाहित दाम्पतीसंग खाँडाचक्रको अन्तरक्रिया

तुलराज पाण्डे कालिकोट, १२ असार । कालिकोट जिल्ला खाँडाचक्र नगरपालिका स्वास्थ्य शाखाले नव विवाहित दाम्पतीहरुसंग अन्तरक्रिया कार्यक्रम गरेको छ । खाँडाचक्र नगरपालिका स्वास्थ्य शाखा प्रमुख रविन्द सेजुवालले भर्खरै विवाह गरेका श्रीमन, श्रीमतीलाई परिवार योजना बारे प्रष्ट पारेका हुन् । उनले कम उमेरमा विवाह गर्दा बच्चा लाटो जन्मिने, कुपोषण लाग्ने, महिलाको पाठेघर खस्ने समस्या आउने बताए […]

असारे विकासः जनताको आँखामा छारो हाल्न काम

कालिकोट, १२ असार । कालिकोट जिल्लाका अधिकांश स्थानिय तहमा असारे विकासले निरन्तरता पाएका छन् । मुलुक संघीय संरचनामा गएपनि स्थानिय तह र प्रदेश सरकारको मिलेमतोमा असारे विकासले निरन्तरता पाएका छन् । रास्कोट नगरपालिकामा निर्माण हुन लागेको रास्कोट रंगशालाको १ असारमा उपभोक्ता समिति चयन गरियो । विवादै विवादका विच बनेका अध्यक्षले सचिव, कोषाध्यक्ष लगायत समिति बनाउन […]

कोरोनाको कहरः कर्णालीमा थप २६ जनामा संक्रमण

सुर्खेत, १२ असार । कर्णाली प्रदेशमा शुक्रवार थप २६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सामाजिक विकास मन्त्रालय अन्र्तगतको प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुुसार शुक्रबार थप २६ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार चार सय ३३ पुगेको छ । कर्णाली प्रदेश अस्पताल र पशुपन्क्षी रोग अन्वेषण […]

राज्यमन्त्री भन्छन्, ‘कानुन मिच्यो, सबै मिलेर पैसा खाँए भन्ने आरोप लगाउँछन्’

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावत सुर्खेतमा जन्मिएका हुन् । मन्त्रालयमा राज्यमन्त्रीको भूमिका मन्त्रीको छायाँ मन्त्रीका रुपमा हुने गर्छ । कोभिड—१९ नियन्त्रणमा सरकार चुकेको आरोप लागिरहेका बेला तालुकदार स्वास्थ्य मन्त्रालयका राज्यमन्त्री रावतसँग हेल्थआवाजका लागि भिषा काफ्लेले समसामयिक विषयमा गरेको कुराकानीः कोभिड—१९ नियन्त्रण तथा व्यवस्थापनमा स्वास्थ्य मन्त्रालयले खेलिरहेको भूमिकालाई कसरी मुल्यांकन गर्नुभएको छ ? कोरोना हाल […]