स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि अस्पताल सिल

सल्यान, १२ असार । सल्यान अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि सल्यान अस्पताल सिल गरिएको छ । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएसँगै आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको सल्यान अस्पतालले जनाएको छ। भारत लगायत बाह्य देशबाट आएका नागरिकको स्वाब संकलन गर्दै आइरहेका एक स्वाथ्यकर्मीलाई संक्रमण देखिएको सल्यान अस्पतालका डा. अर्जुन बुढाले बताए । […]

कर्णालीमा स्थानीय तहका योजना

सुर्खेत, १२ असार । कर्णालीका अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । गाउँ तथा नगरसभा सम्पन्न गरेका अधिकांश स्थानीय तहले बजेट पनि ल्याएका छन् । अघिल्ला वर्षभन्दा यसपाली स्थानीय तहको प्राथमिकतामा रोजगारी सिर्जना, कृषि उत्पादन र कोरोना नियन्त्रण परेका छन् । कोरोना महामारीसँग जुध्नुपर्ने अवस्थामा पनि केही स्थानीय […]

‘केपी बा ले भनेको कोरोनाको औषधी त बेसार पानी रे’

सुर्खेत, १२ असार । सामाजिक सञ्जालमा यतिबेला बसारे फोटो भाइरल भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा कोरोना भाइरस नियन्त्रण गर्न बेसार पानी खाने भने पछि बसारे फोटोहरु सामाजिक सञ्जालमा भाइरस भएका हुन् । सामाजिक सञ्जालमा बसारे फोटो मात्र होइन बसारलाई लिएर गीत पनि बनेका छन् । अहिले युट्वमा ‘केपी बा ले भनेको कोरोनाको […]

बराहतालको बजेटः पूर्वाधार निर्माणमा मेसिन प्रयोगमा प्रतिबन्ध

सुर्खेत, १२ असार । बराहताल गाउँपालिकाले पूर्वाधार निर्माणमा मेसिन प्रयोग गर्न प्रतिबन्ध लगाउने भएको छ । जनशक्तिबाट असम्भव हुने बाहेक पूर्वाधार निर्माणका काममा मेसिन प्रयोगमा प्रतिबन्ध लगाइने भएको हो । बराहताल गाउँपालिका उपाध्यक्ष शोभा कुमारी शर्माले गाउँपालिकाको छैटौं गाउँसभा २०७७÷७८ को बजेट प्रस्तुत गर्दै गाउँपालिकामा पूर्वाधार निर्माणमा मेसिन प्रयोग गर्न प्रतिबन्ध गरिने जानकारी दिएकी हुन् […]

कुमाख गाउँपालिकाको बजेट : रोग, भोक र शिक्षामा केन्द्रित

 सल्यान, १२ असार । सल्यानको कुमाख गाउँपालिकाले अगामी आर्थिक वर्षको बजेट रोग, भोक र शिक्षा केन्द्रित हुने जनाएको छ । असार १४ गते नीति तथा कार्यक्रम र बजेटको लागि तयार गरेको कुमाख गाउँपालिकाले यतिबेला मानव समाजमा नै चुनाती दिनेगरी देखिएको स्वास्थ्यको समस्यालाइ ध्यानमा राखेर बजेट विनियोजन हुने गाउपालिका अध्यक्ष दिलमाया बुढाले जानकारी दिएकी छन । […]

क्या रमाइलो स्यार्पुताल

प्रचण्ड खत्री । रुकुम पश्चिम, १२ असार । कर्णाली प्रदेशको पर्यटकीय स्थलको रुपमा स्यार्पुताल परिचित छ । डोल्पाको सेफोकसुन्डो, कालिकोटको पचाल झरना, मुगुको राराताल पछी रुकुम पश्चिमको स्यार्पुताल परिछित भयको देखिन्छ । रुकुम पशिमको डीग्रे मन्दिर पछिको दोश्रो पर्यटकीय स्थलको रुपमा स्यार्पुताल परिचित भयको देख्न सकिन्छ । रुकुम पश्चिमको बाफिकोट गाउपालिका वडा नम्बर ३ मा […]

‘भीआईपी पास’ को गाडी तस्करीमा प्रयोग

सुर्खेत, १२ असार । सशस्त्र प्रहरी सुर्खेतको गस्ती टोलीले काठमाडौं निर्वाचन क्षेत्र नं. १०, (क) प्रदेशका प्रत्यक्ष निर्वाचित सांसद पुकार महर्जनले प्रयोग गरेको गाडी तस्करीको आशंकामा प्रक्राउ गरेको छ । सांसद महर्जन र उनका निजी सचिव विजय विष्टले प्रयोग गरेको गाडी तस्करीको आशंकामा प्रहरीले समातेको हो । बहुमूल्य पत्थर काइनाइट र रंगीन पत्थर टुर्मालिनको चोरी, […]

डाक्टरहरु आन्दोलित

सुर्खेत, १२ असार । प्रोत्साहन भत्ता नपाएको भन्दै कर्णालीमा चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । कर्णाली प्रदेश अस्पतालमा करार सेवामा कार्यरत ओ तहका चिकित्सकले प्रदेश सरकारले घोषणा गरेको प्रोत्साहन भत्ता नपाएको भन्दै विहिवारदेखि आन्दोलन थालेका हुन् । उनीहरुले विहिवार अस्पतालको आकस्मिक सेवावाहेकका अन्य सेवा ठप्प पारेका छन् । कर्णाली प्रदेश सरकारले प्रदेशका विभिन्न सरकारी स्वास्थ्य संस्थामा […]

सल्यानमा ८४ जनाले जिते कोरोना

सल्यान, ११ असार । सल्यानमा थप ८४ जना कोरोना संक्रमण मुक्त भएका छन् । विहिवार स्वास्थ्य सेवा कार्यालय सल्यानले ८४ जना कोरोना संक्रमण मुक्त भएको जानकारी दिएको हो । जिल्लाका १७३ संक्रमित मध्ये आज ८४ जना निको भएका हुन् । जसमा बनगाड कुपिण्डे नगरपालिकाका १ महिला सहित ५८ जना, बागचौर नगरपालिकाका १ जना महिला सहित […]

भेरीगंगाको बजेट : कृषिलाई प्राथमिकता

सुर्खेत, ११ असार । सुर्खेतको भेरीगंगा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमा कृषि, स्वास्थ्य र पूर्वाधार विकासलाई विशेष जोड दिएको छ । बजेटले कृषि, पशुपालन तथा फलफूलमा देखिएको परम्परागत र निर्वाहमुखि प्रणालीमा परिवर्तन गरी आधुनिकीकरण, विविधिकरण, बजारीकरण र प्रांगारिक खेतीमा जोड दिएको छ । कृषि पूर्वाधारको आवश्यक व्यवस्था, कृषि विमा, कृषि तथ्यांकलाई अध्यावधिक गरिने, […]

सुर्खेतका स्थानीय तहको बजेट

सुर्खेत, ११ असार । सुर्खेतका नौं वटै स्थानीय तहले बुधबार नयाँ आर्थिक वर्षका लागि बजेट ल्याएका छन् । अघिल्ला वर्षमा पूर्वाधारलाई प्राथमिकता दिएर बजेट ल्याउने स्थानीय तहले यसवर्ष भने बजेटका प्राथमिकता र आवश्यकता परिवर्तन गरेका छन् । कोरोनाका कारण स्थानीय तहले आवश्यकता र बजेटका प्राथमिकताहरु बदल्दै रोजगारी सिर्जना, महामारी नियन्त्रण र कृषि उत्पादनलाई प्राथमिकतामा राखेका […]

सुर्खेत–दैलेख सडक खण्ड अवरुद्ध, पहिराे हटाइदै

सुर्खेत, ११ असार । पहिरो खस्दा अवरुद्ध भएको सुर्खेत–दैलेख सडक खण्ड एकतर्फी सञ्चालन भएको छ । गएराति परेको वर्षाका कारण वीरेन्द्रनगर वडा नम्बर १४ छेडामा विहान साढे पाँच बजे पहिरो खसेर सडक अवरुद्ध भएको थियो । स्थानीय कामदारले पहिरो पन्छाए पछि अहिले एकतर्फी रुपमा साना गाडी र मोटरसाइकल चलेको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी […]

गायिका अन्जु पन्तको आज जन्मदिन

सुर्खेत, ११ असार । गायिका अन्जु पन्तको (आज) विहिवार जन्मदिन परेको छ । उनले आज आफ्नो ४३ औ जन्मदिन मनाउदैछिन् । जन्मदिनको अवसरमा उनलाई बिहानैदेखि शुभकामना आइरहेका छन् । उनले जन्मदिनको शुभकामना दिने शुभचिन्तकहरुलाई आफ्नो फेसबुक मार्फत धन्यवाद ज्ञापन गरेकी छिन् । ‘न बिर्से तिमीलाई न पाए तिमीलाई’ गितबाट हिट भएकी गायिका अन्जु पन्तले आज […]