स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि अस्पताल सिल

सल्यान, १२ असार ।

सल्यान अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि सल्यान अस्पताल सिल गरिएको छ । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएसँगै आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको सल्यान अस्पतालले जनाएको छ।

भारत लगायत बाह्य देशबाट आएका नागरिकको स्वाब संकलन गर्दै आइरहेका एक स्वाथ्यकर्मीलाई संक्रमण देखिएको सल्यान अस्पतालका डा. अर्जुन बुढाले बताए ।

असार ५ गते स्वाब संकलन गरी प्रदेश अस्पताल सुर्खेतमा पठाइएकोमा बुधबार रिपोर्ट पोजेटिभ आएको उनको भनाइ छ । उक्त क्षेत्रमा अनिश्चितकालका लागि सिल गरिएको र थप संक्रमितको पहिचानका लागि ट्रेसिङ तथा परीक्षण थालिएको डा. बुढाको भनाइ छ ।

स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि अस्पताल सिल

कर्णालीमा स्थानीय तहका योजना

स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि अस्पताल सिल

राज्यमन्त्री भन्छन्, ‘कानुन मिच्यो, सबै मिलेर पैसा

Leave a comment

Your email address will not be published. Required fields are marked *