सुर्खेतका स्थानीय तहको बजेट

सुर्खेत, ११ असार । सुर्खेतका नौं वटै स्थानीय तहले बुधबार नयाँ आर्थिक वर्षका लागि बजेट ल्याएका छन् । अघिल्ला वर्षमा पूर्वाधारलाई प्राथमिकता दिएर बजेट ल्याउने स्थानीय तहले यसवर्ष भने बजेटका प्राथमिकता र आवश्यकता परिवर्तन गरेका छन् । कोरोनाका कारण स्थानीय तहले आवश्यकता र बजेटका प्राथमिकताहरु बदल्दै रोजगारी सिर्जना, महामारी नियन्त्रण र कृषि उत्पादनलाई प्राथमिकतामा राखेका छन् । जिल्लाको चौकुने गाउँपालिका ४३ करोड ८० लाख २६ हजार चारसय ८० रुपैयाँ बजेट ल्याएको छ । त्यस्तै पञ्चपुरी नगरपालिकाले ६९ करोड, १९ लाख, ७७ हजार एक सय ३३ रुपैयाँ बजेट ल्याइएको छ ।

उममेयर मुक्तिदेवी रेग्मीका अनुसार कोरोना नियन्त्रण, रोजगारी सिर्जना र कृषिमा समान एक करोड पचाल लाख रुपैयाँ छुट्याइएको छ । यस्तै भेरीगंगा नगरपालिकाले ६२ करोड ८८ लाख ६५ हजार सात दुई रुपैयाँको बजेट ल्याएको छ । नगरपालिकाले भारतलगायत तेस्रो
मुलुकबाट आएका नागरिकको विवरण रोजगार सुचना केन्द्रमा अद्यावधिक गरेर उनीहरुलाई निर्माण, सेवा, व्यवसाय, कृषि, उद्योगलगायतका क्षेत्रमा लगाउने जनाएको छ । त्यस्तै गुर्भाकोट नगरपालिकाले ६३ करोड दुई लाख १७ हजारको बजेट ल्याएको छ । प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर खत्रीका अनुसार नगरको ६० प्रतिशत बजेट कोरोना महामारी नियन्त्रण, भौतिक पूर्वाधार विकास र रोजगारीमा केन्द्रित छ । नयाँ आर्थिक वर्षभित्र नगरपालिकाले चारवटा वडा कार्यालयको भनव निर्माणका लागि बजेट बिनियोजन गरेको नगरपालिकाले जनाएको छ ।

यस्तै लेकबेशी नगरपालिकाले ६० करोड ४० लाख ७६ हजार दुईसय २२ रुपैयाँको बजेट ल्याएको छ । बजेटमध्ये चालु खर्चतर्फ ३९ करोड ११ लाख ४४ हजार ३ सय ९२ रुपैयाँ र पूँजीगततर्फ २० करोड ५६ लाख २९ हजार १५ रुपैंयाँ र विकास साझेदार संघसस्थाहरुको कार्यक्रम वापत ७३ लाख २ हजार आठसय १५ रुपैयाँ छ ।

बराहतालमा मेसिन प्रतिबन्ध

बराहताल गाउँपालिकाले पूर्वाधार निर्माणमा मेसिन प्रयोग गर्न प्रतिबन्ध लगाउने भएको छ । जनशक्तिबाट असम्भव हुने बाहेक पूर्वाधार निर्माणका काममा मेसिन प्रयोगमा प्रतिबन्ध लगाइने भएको हो । नयाँ आर्थिक वर्षमा गाउँमै रोजगारीका अवसरहरु सिर्जना गर्न यस्तो नीति लिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रराज गिरीले जानकारी दिए । बराहतालको ४८ करोड चार लाख ३७ हजारको बजेट ल्याएको गाउँपालिकाले मेसिन प्रयोगमा प्रतिबन्ध गरी रोजगारी सिर्जनाका लागि ग्रामीण सडक निर्माण, कुलो सिचाइँ कार्यक्रम र विद्यालयका भवन निर्माण योजनामा बजेट छुट्याएको छ । त्यस्तै कोरोना नियन्त्रणका जनशक्ति व्यवस्थापन, सुरक्षा सामग्री खरिद लगायतको कामका लागि दुई करोड बजेट छुट्याइएको छ ।

रोजगारीका लागि एक करोड

सिम्ता गाउँपालिकाले नयाँ आर्थिक वर्षका लागि ४५ करोड ६० लाखको बजेट विनियोजन गरेको छ । गाउँपालिका अध्यक्ष कविन्द्रकुमार केसीका अनुसार नयाँ आर्थिक वर्षमा पालिकाले रोजगारी सिर्जना गर्नका लागि एक करोड बजेट छुट्याएको छ । कोरोना महामारीपछि सयौं युवाहरुको रोजागरी गुमेको भन्दै गाउँपालिकाले रोजगारी कार्यक्रमका लागि एक करोड बजेट विनियोज गरेको हो । सिम्ताले कोरोना हामारी नियन्त्रण र रोकथामका लागि दुई करोड बजेट विनियोजना गरेको छ । त्यस्तै गाउँपालिकाको भवनका लागि ढाई करोड, सहिद ऋषि स्तृति र इन्द्रविसी चक्रपथका लागि ५०÷५० लाख, सामाजिका विकासमा डेढ करोड, सिम्ता उज्यालो कार्यक्रमका लागि ५० लाख रुपैयाँ छुट्याएको गाउँपालिकाले आर्थिक र विनियोजन ऐनसमेत पास गरेको छ ।

उत्कृष्ट किसानलाई एक लाख पुरस्कार

उत्पादन बढाउन र नागरिकलाई कृषि पेशाप्रति जागरुक बनाउन चिङ्गाड गाउँपालिकाले उत्कृष्ट किसानलाई एक लाख रुपैयाँ पुरस्कार दिने भएको छ । ‘एक वडा, एक कृषि पकेट क्षेत्र’ कार्यक्रम अन्तरगत उत्कृष्ट किसानलाई एकलाख रुपैयाँको अध्यक्ष कृषक पुरस्कार’ बाट सम्मानित गरिने गाउँपालिकाले जनाएको छ । नयाँ आर्थिक वर्षका लागि ३४ करोड ९६ लाख २७ हजार दुईसय १७ रुपैयाँको बजेट ल्याएको गाउँपालिकाले उत्कृष्ट किसानलाई एकलाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको गाउँपालिकाका सुचना अधिकारी पदमबहादुर जिसीले जानकारी दिए । निजामति सेवामा प्रवेश गर्न चाहने विपन्न समुदायलाई लोकसेवा तयारी गराउन साढे तीन लाख र कोरोना प्रतिकार्यका लागि गाउँपालिकाले एक करोड ३१ लाख ६ हजार रुपैयाँ विनियोजना गरेको छ ।

कोरोना रोकथाममा वीरेन्द्रनगरको पाँच करोड

वीरेन्द्रनगर नगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागि पाँच करोडभन्दा बढी रकम छुट्याएको छ । कार्यवहाक नगरप्रमुख मोहनमाया ढकालले महामारी र विपद् व्यवस्थापनका लागि वडामा तीन लाख र नगरमा दश लाखको विपद् व्यवस्थापन कोष स्थापना गर्ने जानकारी दिइन् । नयाँ आर्थिक वर्षका लागि एक अर्ब ४२ करोड ९९ लाखको बजेट ल्याएको नगरपालिकाले चालुतर्फ ९० करोड ४० लाख र पूँजितगतर्फ ५१ करोड ६७ लाख बजेट विनियोजन गरेको छ ।

यस्तै नगरपालिकाले नयाँ आर्थिक वर्षमा काँक्रेविहारलाई चिडियाखानाको रुपमा विकास गर्ने, देउतीबज्यै, बुलबुले, घन्टाघर र गढीमा वातावरणमैत्री पार्कको बनाउने लगायतका कार्यक्रमका लागि बजेट छुट्याएको छ । कोरोना महामारीपछि हुन सक्ने खाद्यान्न संकट टार्न कृषि क्षेत्रको उत्पादन बढाउन मल तथा बीउमा अनुदान, फलफूल, खाद्यान्न, बेमौसमी तरकारी खेती जस्ता कार्यक्रमलाई प्राथमिकता दिएको । सिटी बसपार्कको विस्तार, एक वडा, एक प्राविधिक शिक्षा, नसर्ने रोगको रोकथाम पहिचान परीक्षणलाई प्रभावकारी बनाउने, महिलाको पाठेघर निःशुल्क रुपमा नसर्ने रोगको परीक्षण शिविर र माध्यामिक विद्यालय सञ्चालन नभएका वडाहरुमा आवश्यक पूर्वाधार विकास लगायतका कार्यक्रमका लागि बजेट विनियोजन गरिएको छ ।

सुर्खेतका स्थानीय तहको बजेट

YUGAAWHAN NATIONAL DAILY (2077-03-11)

सुर्खेतका स्थानीय तहको बजेट

भेरीगंगाको बजेट : कृषिलाई प्राथमिकता

Leave a comment

Your email address will not be published. Required fields are marked *