‘कोरोना विरुद्ध लडौं’–मुख्यमन्त्री शाही

सुर्खेत, १५ असार । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोनाको लडाई नसकिएको भन्दै आम नागरिकलाई सचेत हुन आग्रह गरेका छन् । सोमवार मुख्यमन्त्री शाहीको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकलाई सम्बोधन गर्दै कोरोना विरुद्धको लडाईमा अन्तिमसम्म पनि उत्साह पुर्वक उत्रनु पर्ने धारणा राखेका थिए । मुख्यमन्त्री शाहीले भारतबाट प्रदेश भित्रिने चाप घट्दो क्रममा रहेको […]

सलह किराबाट बाली जोगाउन कर्णालीमा उच्च सतर्कता

सुर्खेत, १५ असार । नेपालमा बाली नष्ट गर्न सलह किरा प्रवेश गरैसँगै यसको नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारले सबै जिल्लाका कृषि ज्ञान केन्द्रलाई उच्च सतर्कतामा राखेको छ । सलहलाई धपाउने उपायको खोजी गर्दै दश वटै जिल्लामा ज्ञान केन्द्र, कृषिसँग सम्बन्धित गैरसरकारी संघसंस्था र किसानलाई हाइअर्लटमा राखिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । […]

रुकुम घटनाः न्यायको माग गर्दै आन्दोलन जारी

रुकुमपश्चिम, १५ असार । ६ जनाको ज्यान जाने गरी पश्चिम रुकुमको चौरजहारी–८, सोतीमा भएको घटना अझै सेलाएको छैन । पीडित परिवार र जाजरकोटका स्थानीयले न्यायको माग गर्दै आइतबार सदरमुकाम खलंगामा प्रर्दशन गरेका छन् । हत्यारालाई कारवाही गर, हामीलाई न्याय देउ, हाम्रो आन्दोलन जारी छ लगायतका नारासहित बजार परिक्रम गरेर घटनाको विरोध गरेका हुन् । सोती […]

दैलेखका ६० जना विद्यार्थीलाई छात्रवृत्ति

दैलेख, १५ असार । दैलेखका ६० जना विद्यार्थीलाई छात्रबृत्ति वितरण गरिएको छ । चामुण्डा विन्द्रासैनी नगरपालिकाका २६ र गुराँस गाउँपालिका ३४ जना गरी ६० जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको हो । कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीलाई चार हजारका दरले छात्रबृत्ति रकम वितरण गरिएको हो । विपन्न विद्यार्थीलाई शैक्षिक सामग्रीमा सहयोग पु¥याउने उद्देश्यले […]

विद्युत आयोजना पूरा गर्न बजेट निकाश

हुम्ला, १५ असार । आर्थिक वर्ष सकिनै लागेका बेला कर्णाली प्रदेश सरकारले निर्माण कार्य पूरा नभएको विद्युत आयोजनाका लागि मर्मतका लागि बजेटको निकासा पठाएको छ । खार्पुनाथ गाउँपालिका वडा नम्बर ३ राया गाउँको राया खोला लघु जलविद्युत आयोजनाका लागि असार ११ गते मर्मत गर्न बजेट पठाएको हो । मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयबाट हुम्लाका तीन […]

विपदबाट जोगिन छैन तयार

जाजरकोट, १५ असार । देश कोरोनाको त्रासबाट जोगिन र जोगाउन हम्मेहम्मे परेको समयमा वर्षायाम सुरु भएको छ । कोरोनाबाट जोगिन तयारी व्यापक हुँदै गर्दा वर्षायाममा प्राकृतिक विपतिबाट जुध्ने तयारी गर्न स्थानीय सरकारले भ्याएको देखिँदैन । जाजरकोट, रुकुमपश्चिम र डोल्पामा प्राकृतिक विपतीबाट जोगिने आवश्यक तयारी नहुँदा विगत वर्षका समस्या बल्झिने देखिएको छ । विपद् व्यवस्थापनको मुख्य […]

गुराँस गाउँपालिकामा अस्पताल बन्दै

दैलेख, १५ असार । गुराँस अस्पतालको भवन शिलान्यास गरिएको छ । दैलेखको गुराँस गाउँपालिकास्थित रानिमत्तामा ४ कोठे भवनको शिलान्यास गरिएको हो । भवनको शिलान्यास गाउँपालिकाका अध्यक्ष खेमराज वलीले गरेका हुन् । कोरोना विपद्लाई मध्यनजर गर्दै तत्कालै सञ्चालनमा ल्याउने प्रक्ष्येपणका साथ भवन शिलान्यास गरिएको अध्यक्ष वलीले जानकारी दिए ।

एक महिलाको मृत्यु, एक घाइते

सुर्खेत, १५ असार । पश्चिम सुर्खेतको बावियाचौरमा रहेको खमारी खोला जल विद्युत आयोजनामा सोमवार विहान पहिरो जाँदा एक महिलाको मृत्यु भएको छ, भने एक जना घाइते भएका छन् । पहिरोमा पञ्चपुरी नगरपालिका वडा नम्बर ६ भावर की ४७ वर्षकी नन्दा पुलामीको मृत्यु भएको हो । गएराति देखि आएको वर्षाका कारण विहान साढे २ बजे पहिरो […]

विना एजेण्डा बस्यो नेकपा संसदीय दलको बैठक

सुर्खेत, १५ असार । नेपाल कम्युनिष्ट पार्टी संसदीय दल कर्णाली प्रदेशको बैठक विना एजेण्डा दुई दिन बसेको छ । सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाउने, बजेट माथि सत्तारुढ सांसदको आक्रोस मत्थर पार्ने लगायतका एजेण्डामा छलफल हुने कुरा थियो । असार १३ गते विहान सात बजे सुरु भएको बैठकको सुरुमै सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश […]

डल्लो बजेटले नेकपा संसदीय दलमा लफडा

सुर्खेत, १५ असार । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७७÷०७८ का लागि ल्याएको बजेटले सरकारलाई नै संकटमा पारेको छ । सत्ता पक्षकै सांसदका कारण सरकारलाई संसदबाट बजेट पास गराउन हम्मेहम्मे देखिएको हो । सरकारले ल्याएको एकमुष्ठ बजेटलाई योजनागत रुपमा टुक्राउन सांसदहरुले दबाव दिएका छन् । डल्लो बजेटलाई नटुक्राएको खण्डमा संसदबाट बजेट पास हुन नदिने र […]

किसानलाई कोरोना र सलहले थप्यो चुनौती

सुर्खेत, १५ असार । आज असार १५ गते राष्ट्रिय धान दिवस । आजको दिन दही च्यूरा खाने दिनका रुपमा पनि प्रचलित छ । ‘मुठी खाएर मुरी उब्जाउने’ महिनाका रुपका लिइने असार १५ का दिन भने नेपालभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाउने गरिन्छ । कृषि प्रधान देश नेपालका अधिकांश मानिसको पेशा कृषि नै हो […]

धान दिवसः औपचारिक कार्यक्रम नहुने

सुर्खेत १४ असार । यस वर्ष असार १५ गते धान दिवसका दिन कुनै पनि औपचारिक कार्यक्रम नहुने भएका छन् । अघिल्ला वर्षमा तामझामसहित मनाइएको धान दिवस यस वर्ष कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण कुनै औैपचारिक कार्यक्रम नहुने भएका हुन् । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले यस वर्ष कोरोनाका कारण कार्यक्रमको आयोजना नगर्ने […]

किसानलाई भैसी वितरण

सुर्खेत, १४ असार । कर्णाली प्रदेशको पशुपन्छी विकास निर्देशनालय सुर्खेतले किसानलाई ५० वटा भैसी वितरण गरेको छ । निर्देशनालयले किसानहरुलाई ६५ लाख रुपैयाँ बराबरको ५० वटा भैसी वितरण गरेको हो । बराहताल गाउँपालिका वडा नम्बर ५ सुन्दरी गाउँका ४१ जना किसानलाई निर्देशनालयले आइतबार एक राँगो सहित २६ र यसअघि २५ वटा भैसी वितरण गरेको हो […]