गुराँस गाउँपालिकामा अस्पताल बन्दै
दैलेख, १५ असार ।
गुराँस अस्पतालको भवन शिलान्यास गरिएको छ । दैलेखको गुराँस गाउँपालिकास्थित रानिमत्तामा ४ कोठे भवनको शिलान्यास गरिएको हो । भवनको शिलान्यास गाउँपालिकाका अध्यक्ष खेमराज वलीले गरेका हुन् ।
कोरोना विपद्लाई मध्यनजर गर्दै तत्कालै सञ्चालनमा ल्याउने प्रक्ष्येपणका साथ भवन शिलान्यास गरिएको अध्यक्ष वलीले जानकारी दिए ।