कर्णालीमा २५ जना कोरोना संक्रमित थपिए

सुर्खेत, १८ असार । कर्णालीमा बुधबार २५ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा प्रदेश अस्पताल, पशुपन्छि रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये सल्यानका १५ जना, सुर्खेतका सातजना, दैलेखका दुइ जना र जुम्लाका एक जना छन् । कर्णाली प्रदेशको सामाजिका […]

दैलेखमा बाढीको बितण्ड

दैलेख, १८ असार । आठबीस नगरपालिका–१ सात्तलाको चिनेज्यूँला फाँटको जमिन उर्वर थियो । धान उत्पादनका लागि प्रख्यात उक्त फाँटको छेउबाट चिनेखोला (खहरे खोला) बग्छ । लगातारको बर्षातका कारण चिनेखोला खेतमा पसेपछि यस क्षेत्रमा रहेका सबै खेत बगर बनेका छन् । त्यहाँको झण्डै पाँच किलोमिटर क्षेत्रफलमा रहेको खेतहरु अहिले बगर बनेका छन् । गत आइतबार रातीदेखि […]

जाजरकोटमा ७० प्रतिशत रोपाइँ सकियो

जाजरकोट, १८ असार । जाजरकोटमा ७० प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ । यस वर्षको अनुकुल मौसमले समयमै रोपाइँ भएको कृषि विकास कार्यालय जाजरकोटले जनाएको छ । गत वर्ष यही अवधीमा ४० प्रतिशत मात्र रोपाइँ भएको थियो । जाजरकोटमा तीन हजार सात सय ६३ हेक्टर क्षेत्रफल जमिनमा धान खेती गर्ने गरिएको छ । खेतीयोग्य जमिनमध्ये दुई […]

सल्यानका कैदीबन्दीहरु आन्दोलित

सल्यान, १८ असार । सल्यान कारागारका कैदीबन्दीहरु आन्दोलित भएका छन् । जानकारी बिना नै केही कैदीबन्दीलाई तुलसीपुर कारागार दाङमा सरुवा गर्न लागेको र कारागारको नाइकेले अभद्र व्यवहार गरेको भन्दै कैदीबन्दीहरु आन्दोलित भएका हुन् । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलका अनुसार घटनाको छानविन गर्न तीन सदस्यीय छानविन समिति गठन गरिएको छ । कैदीबन्दीहरु आन्दोलित भएपछि सल्यानका […]

चौकुनेमा निशुल्क विशेषज्ञ आयुर्वेद तथा योग शिविर

नन्दु खनाल । सुर्खेत, १८ असार । सुर्खेतको चौकुने गाउँपालिकामा एक दिने निशुल्क विशेषज्ञ आयुर्वेद तथा योग शिविर सम्पन्न भएको छ । चौकुने गाउँपालिकाको समन्वयमा र कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालयको सहयोगमा उक्त शिविर बुधवार सम्पन्न भएको हो । शिविरमा महिला र पुरुष गरी तीन सय १५ जनाले स्वास्थ जाँच गरेका छन् । गाउँपालिकाका अध्यक्ष […]

वुहत खानेपानी आयोजनाको शिलान्यास

दुर्गा विसी । सल्यान, १७ असार । सल्यानका ५ गाउँमा लिफ्ट खानेपानी आयोजनाको शिलान्यास गरिएको छ । बनगाड कुपिण्डे नगरपालिका वडा ३ को ५ गाउँमा आयोजनाको शिलान्यास गरिएको हो । नगर प्रमुख गोविन्द कुमार पुनले आयोजनाको शिलान्यास गर्दै वडाबासीले भोग्दै आएको खानेपानीको समस्या अब टर्ने बताए । खेतगारा औलको मुलाखोला मुहानमा खानेपानीको शिलान्यास कार्यक्रम तय […]

चिपर्टले हानेर श्रीमानको हत्या

प्रचण्ड खत्री । रुकुम पूर्व, १७ असार । रुकुम पूर्वमा श्रीमतीले श्रीमानको हत्या गरेकी छन् । सिस्ने गाउँपालिका २ का २६ वर्षीय विछोड विकलाई उनको श्रीमती रेश्मा विकले दाउराको चिपर्टले हानेर हत्या गरेकी हुन् । पारिवारीक विवादका कारण मंगलबार राति ११ बजे रेश्मा श्रीमान्को हत्या गरेको वडा अध्यक्ष जीवन केसीले जानकारी दिए । बुधबार बिहान […]

अब पसल विहान ७ देखि साँझ ५ बजेसम्म खोल्न पाउने

सुर्खेत, १७ असार । जिल्ला प्रशासन कार्यालय सुर्खेतले कोरोना संक्रमणको जोखिमबाट बच्न सामाजिक दुरी कायम गर्दै उद्योग व्यवसाय र व्यापारीहरुलाई पसल खोल्न निर्देशन दिएको छ । कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बुधवार बसेको बैठकले विहीवारदेखि लागु हुने गरी विहान ७ बजेदेखि साँझ ५ बजेसम्म पसल खोल्न निर्देशन दिएको हो । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले […]

मुसिकोट नगरपालिकाले युवालाई ठेकी बनाउन सिकाउदै

प्रचण्ड खत्री । रुकुम पश्चिम, १७ असार । रुकुम पश्चिम मुसिकोट नगरपालिकाले युवाहरुलाई काठको ठेकी बनाउने तालिम दिएको छ । स्थानीय स्तरमा युवालाई रोजगारी सिर्जना गर्नका लागि नगरपालिकाले युवाहरुलाई ठेकी बनाउने तालिम दिएको हो । गाउँमा पाईने गिठा नामको रुखबाट ठेकी निर्माण गरिन्छ । नगरपालिकाले वडा नम्बर १ देखि १० सम्मका १÷१ जना गरी १० […]

घुससहित सिँचाइ तथा ऊर्जा विकास दैलेखका निमित्त प्रमुख पक्राउ

दैलेख, १७ असार । खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख (इन्जिनियर) टोपेन्द्र सुन्दर मल्लसहित ४ जनालाई घुससहित पक्राउ परेका छन् । घुससहित उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको हो । जिल्लाको भगवतीमाई गाउँपालिका वडा नं.३ सानटडा खोला तटबन्धन निर्माणकार्य सम्पन्न भएपछि भुक्तानीमा सहजीकरण गरिदिने मल्ल र सबइन्जिनियर वीरेन्द्र चन्दले […]

छात्रवृत्तिका लागि दरखास्त आह्वान

सुर्खेत, १७ असार । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्तिका लागि दरखास्त आह्वानका लागि सूचना प्रकाशित गरेको । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेत र कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयबीच सम्झौता भए बमोजिम मानविकी र सामाजिकशास्त्र संकाय, मानविकी र सामाजिकशास्त्र केन्द्रीय क्याम्पस अन्तर्गत पत्रकारिता र आमसञ्चार विषयमा स्नातकोत्तर तहमा अध्ययनरत पाँच जना विद्यार्थीलाई […]

विपद् न्यूनिकरणका लागि छैन पूर्वतयारी र सतर्कता

सुर्खेत, १७ असार । घटनाः १ जाजरकोटको भेरी नगरपालिका–११ जगतिपुरमा पहिलरो गयो । पहिरोले गणेश विकको घर नै बगायो । घरमा सुतिरहेका गणेश गम्भीर घाइते भए । उनलाई हेलिकप्टरबाट उद्दार गरेर नेपालगञ्ज पु¥याउनु प¥यो । गणेशका छोरा पुष्कर विक अझै वेपत्ता छन् । घटनाः २ सोमबार राती सुर्खेतको बाबियाचौरमा रहेको खमारी खोला जलविद्युत आयोजनामा पहिरो […]

कर्णालीमा पनि आइपुग्यो सलह किरा

सुर्खेत, १७ असार । केही दिनअघि नेपालमा प्रवेश गरेको सलह किरा कर्णालीमा आइपुगेको छ । मंगलबार सल्यानका विभिन्न स्थान र सुर्खेतको लेखवेशी नगरपालिका–३ दशरथपुरमा सलहको सानो समूह देखिएको कृषि अनुसन्धान केन्द्र (नार्क) दशरथपुरले जनाएको छ । नार्कका सूचना अधिकारी केशवराज पोखरेलका अनुसार मंगलबार विहान सलहको सानो समूह देखिएको हो । दशरथपुरमा सानो समूह देखिए पनि […]