मासुको मुल्य घटाउन व्यवसायी र प्रशासनबीच सहमति

सुर्खेत, १८ असार । वीरेन्द्रनगरमा बोईलरको मासु प्रतिकेजी चार सय ५० रुपैयाँमा विक्रि वितरण गर्न व्यवसायीहरुसंग सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतमा विहीवार भएको छलफलमा प्रशासन र वीरेन्द्रनगर, मासु व्यवसायी, उत्पादक कृषक र उपभोक्ता अधिकारकर्मी बीच बोईलरको मासुको मुल्य घटाउने सहमति भएको हो । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले १५ दिनसम्मबोईलरको मासुमा ५० […]

सल्यानको क्वारेन्टाइनबाट ७१ जना भागे

दुर्गा विसी । सल्यान, १८ असार । सल्यानको बनगाड कुपिण्डे नगरपालिकाका विभिन्न क्वारेन्टाइनमा बसेका नागरिक रिपोर्ट ढिला आएको भन्दै भाग्न थालेका छन् । आधारभुत विद्यालय लाहाघाटबाट विहीवार ७१ जना भागेका छन् । उक्त क्वारेन्टाइनमा ७४ जना थिए । जसमध्ये ३ जनाको आरडीटी र पीसीआर रिपोर्ट पोजेटिभ आएपछि उनीहरुलाई आइसोलेसनमा राखिएको छ । ७१ जनाको स्वाब […]

विपन्न घरपरिवारलाई बाख्रा वितरण

सुर्खेत, १८ असार । सुर्खेत सिम्ता गाउँपालिकाले अति विपन्न २१ घरपरिवारलाई उन्नत जातको बाख्रा वितरण गरेको छ । गाउँपालिकाको ९० प्रतिशत आर्थिक सहयोग र कृषकहरुको १० प्रतिशत लगानीमा प्रत्येक व्यक्ती २ वटाका दरले ४२ वटा बाख्रा वितरण गरिएको हो । गाउँपालिका ९ वटै वडाका २१ अति विपन्न घरपरिवारलाई छनौट गरी उन्नत जातको बोयर बाख्रा वितरण […]

गिरिजाको ९६ औँ जन्मजयन्ती मनाइँयो

सुर्खेत, १८ असार । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको ९६ औँ जन्मजयन्ती आज सुर्खेतसहित देशभर विभिन्न कार्यक्रम गरेर मनाईएको छ । कोरोना माहामारीका कारण भव्य कार्यक्रमको आयोजना नगरेपनि उनको सम्झना गरेर जन्मजयन्ती मनाईएको छ । गिरीजाप्रसाद कोईराला प्रतिस्ठान सुर्खेतले, पाटी कार्यालय सुर्खेतमा उनको फोटामा माल्यार्पण गर्दै जन्मजन्ती मनाएको हो । कार्यक्रममा नेपाली […]

राष्ट्रपतिद्धारा संघीय संसदको बजेट अधिवेशन अन्त्य

काठमाडौं, १८ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बजेट अधिवेशन अन्त्य गरेकी छन् । उनले मन्त्रिपरिषद्को सिफारिस अनुसार बिहीबार अपराह्न ५ बजे बजेदेखि अधिवेशन अन्त्य गरेको सूचना संघीय संसदलाई जानकारी दिएकी हुन् । यसअघि बिहीबार नै बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो । वैशाख २६ गतेबाट शुरु भएको संसदको […]

आजदेखि पुनः श्रम स्वीकृति खुला

काठमाडौं, १८ असार । सरकारले झण्डै चार महिनापछि आजदेखि पुनः श्रम स्वीकृति खुला गरेको छ । कोरोना भाइरसको महामारीको कारण चार महिनादेखि श्रम स्वीकृति रोकिएको थियो । बिदामा नेपाल आएका तथा करार अवधि बाँकी रहेकाको हकमा कोभिड–१९ परीक्षण र स्वास्थ्य सम्बन्धी प्रोटोकलको पालना गर्ने गरी वैदेशिक रोजगारीमा जान दिने निर्णय भएको हो । करार अवधि […]

चौरजहारीमा पीसीआर मेसिन जडान

प्रचण्ड खत्री । रुकुम पश्चिम, १८ असार । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले कोभिड—१९ भए नभएको पत्ता लगाउन आरडीटी गर्न पीसीआर मेसिन खरिद गरेको छ । पुर्ब गृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य जनार्दन शर्माको पहलमा नगरपालिकाले पीसीआर मेसिन खरिद गरेको हो । क्वारेन्टाइनमा बसेकाहरुको स्वाव संकलन गरेर सुर्खेत, जुम्ला, तथा दाङमा पठाउदा रिपोर्ट ढिलो आउने हुँदा नगरपालिकाले […]

सिम्तामा कोरोना संक्रमित सबै घर फर्किए

दुर्गा विसी । सुर्खेत, १८ असार । सिम्ता गाउँपालिका सुर्खेतमा कोरोना पुष्टि भएका तीन जना डिस्चार्ज भए घर फर्केका छन् । गाउँपालिकाले सबैलाई १४ दिन होम क्वारेन्टाइनमा बस्न आग्रह गर्दै रिपोर्ट नेगेटिभ आएका तीन जनालाई घर पठाएको हो । सिम्ता गाउँपालिकाको बागेश्वरी मावि राकमको आइसोलेसनमा रहेका ३ जना कोरोना जितेर विहीवार घर फर्केका हुन् । […]

कोरोना महामारीसँगै भोकमरी बल्झिने चिन्ता

सुर्खेत, १८ असार । ‘कोरोनाले काम गर्न पाइएको छैन, हाम्रो त रोजीरोटी नै खोसियो’ स्थानीय रामकुमारी बादीले भनिन्, ‘खेती गरौं भने पनि आफ्नो जग्गा छैन, अब त हामी भोकभोकै मर्ने अवस्था आयो ।’ रामकुमारी जस्तै दैनिक मजदुरी गर्ने बाटो बन्द हुँदा दैलेखको नारायण नगरपालिकास्थित नमुना बादी बस्तीमा छाक टार्न हम्मेहम्मे छ । गाउँमा खाद्यान्न अभाव […]

सम्पादकीय : सतर्कता अपनाऊ

असार महिना लागेसँगै कर्णालीमा विपदको समय सुरु हुन्छ । यो वर्ष पनि सुरुवातमै बाढीले जाजरकोटका र सुर्खेतमा अशुभ संकेत गरिसकेको छ । बाढीका कारण भेरी नगरपालिका–११ जगतिपुर जाजरकोटका पुष्कर विक र पञ्चपुरी नगरपालिका ६ भावर सुर्खेतका नन्दा पुलामीले अकालमै ज्यान गुमाइ सकेका छन् । उनीहरुमात्रै होइन हरेक वर्ष असारे भेलले कयौँ कर्णालीवासीका सपनाहरु बगाउँदै आएको […]

ठोस योजना नल्याए संसदबाट बजेट पास हुँदैन

कर्णाली प्रदेश सरकारले आगामी वर्षका लागि असार १ गते बजेट सार्वजनिक ग¥यो । सोही बजेटमा सत्तारुढ नेकपाका सांसद र विपक्षी काँग्रेसले चित्त नबुझाएपछि संसद नै बन्धक बनेको छ । सांसदहरुको बिरोध र सरकारको अडानका कारण एक सातादेखि प्रदेश संसदको बैठक अवरुद्ध छ । बजेटमा असन्तुष्टि जनाउँदै सत्तारुढ दलकै सांसदहरु विपक्षमा उभिएका छन् । सरकारको नेतृत्व […]

स्कुल ड्रेसमै किताव बोकेर जागिर खोज्न गए

बुझ्नेहरुका लागि पदभन्दा व्यक्तिको प्रतिष्ठाले ठूलो अर्थ राख्छ । किनकी समाजमा एउटै पद र प्रतिष्ठा कसैको हुँदैन । तर सत्य कुरा के हो भने हरेक पद र पेशाको आ–आफ्नै महत्व हुन्छ । झट्ट हेर्दा कार्यालय सहयोगी हाम्रो समाजले सानो जागिर ठान्छ । तर जिम्मेवारी एउटा हाकिम सरहकै हुन्छ । जसरी कार्यालय प्रमुखले सेवा प्रवाहलाई चुस्त […]

खेलाडीलाई राहत वितरण

सुर्खेत, १८ असार । कर्णाली प्रदेशका तेक्वान्दो खेलाडीलाई राहत वितरण गरिएको छ । सुर्खेत, सल्यान, रुकुमपश्चिम र दैलेखका तेकान्दो खेलाडीहरुलाई राहत वितरण हो । ५० जना तेक्वान्दो खेलाडीहरुलाई एक एक बोरा चामल, दाल, तेल लगायतका खाद्य सामग्री वितरण गरिएको छ । अमेरिका आईओएफआइसीले नेपाल हेल्प डेस्क मार्पmत उपलव्ध गराएको रकमबाट राहत वितरण गरिएको कर्णाली प्रदेश […]