तीन हप्ताभित्र खर्च गर्ने गरी ६१ करोड रुपैयाँ निकासा

सुर्खेत, २३ असार । कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालयले स्थानीय तहलाई तीन हप्ताभित्र खर्च गर्ने गरी ६१ करोड रुपैयाँ निकासा गरेपछि त्यसलाई लिएर प्रश्नहरू उठेका छन् । स्थानीय विपक्षी नेताहरू तथा सत्ताधारी दलक निकट मानिएका अर्थविद्ले समेत उक्त रकम सदुपयोग हुनेमा आशङ्का व्यक्त गरेका छन्। रोजगार, दलित महिला आयआर्जन र कर्णाली उज्यालो कार्यक्रमलाई असार महिनाको दोस्रो […]

राखेपको कार्यवाहक सदस्य सचिवमा ढकाल

सुर्खेत, २२ असार । राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कार्यवाहक सदस्य सचिवमा सुर्खेतका भक्तबहादुर ढकाललाई नियुक्त गरिएको छ । युवा तथा खेलकूद मन्त्रालयले आज (सोमवार) ढकाललाई कार्यवाहकको जिम्मेवारी दिएको हो । मन्त्रालयको खेलकूद विभाग महाशाखाका प्रमुख रहेका ढकाललाई आइतबारको मन्त्रीस्तरीय निर्णयानुसार सदस्य–सचिवको जिम्मेवारी दिइएको हो । राष्ट्रिय खेलकूद विकास ऐन, २०७७ को दफा १७ को […]

रारा साइकल मार्गका लागि विनियोजन गरेको बजेट फ्रिज

मुगु, २२ असार । कर्णाली प्रदेश सरकारले रारा तालवरिपरि साइकल मार्ग बनाउनका लागि विनियोजन गरेको ३ करोड रुपैयाँ फ्रिज हुने भएको छ । डिभिजन वन कार्यालयले समयमै काम अगाडि बढाउन नसक्दा बजेट फ्रिज हुने निश्चित भएको हो । पर्यटकको सुविधाका लागि राराताल वरिपरि १४ किलोमिटर साइकल मार्ग निर्माण गर्ने निर्णय गरिएको थियो । गत आर्थिक […]

कर्णालीमा खुवाइयो भिटामिन ‘ए’ र जुकाको औषधी

सुर्खेत, २२ असार । देशभरका पाँच वर्षमुनिका बालबालिकालाई आज सोमवार भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइएको छ । कर्णाली प्रदेशमा पनि सामाजिक दुरी कायम गर्दै स्वास्थ्य स्वयम सेविकाले पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन र जुकाको औषधी खुवाएका छन् । गत वैशाख ६ र ७ गते नै भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भनिए पनि कोरोना भाइरसको […]

एमयूमा रजिष्ट्रार र डिनमा दरखास्त आह्वान

सुर्खेत, २२ असार । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) ले रजिस्ट्रार र डीनका लागि दरखास्त आह्वान गरेको छ । एमयूले सोमवार सुचना जारी गर्दै इच्छुक र योग्य व्यक्तिका लागि दरखास्त आह्वान गरेको हो । सोमबार प्रकाशित सूचनाअनुसार रजिस्ट्रारका लागि ७ दिन र डीनका लागि १० दिनभित्र दरखास्त दिनुपर्ने छ । रजिस्ट्रारको हकमा शैक्षिक प्रशासनमा विशिष्टतासहित भिजन पेपर […]

कर्णालीमा एक अर्बको क्षति, पाँच हजारको रोजगारी संकटमा

सुर्खेत, २२ असार । लकडाउन अघिसम्म शुभ होटलमा ५८ जना कर्मचारीले रोजगारी पाएका थिए । लकडाउनकै अवधिमा होटलले ४६ जना कर्मचारीलाई घर पठायो । घर विदा पठाएका कर्मचारीलाई कहिले फर्काउने भनेर होटलले निर्णय गर्न सकेको छैन । हाल होटलमा सरसफाइ र सुरक्षागार्ड गरी १२ जना कर्मचारीहरु मात्र कार्यरत छन् । कोरोनाको त्राससँगै होटल सिद्धार्थले एकै […]

पहिरोले घर पुरियो

कृष्णप्रसाद अधिकारी । दैलेख, २२ असार । दैलेख जिल्लाको भगवतिमाई गाउँपालिका वडा नं ५ मा गएको पहिरोले घर पुरिँदा परिवारको बिचल्ली भएको छ । भगवतिमाई गाउँपालिकाको भौगोलिक अवस्था हेर्दा वषर्नी पहिरोको जोखिम देखिन्छ । त्यसैमा असारे विकासले गाउँ नै पहिरोको जोखिम रहने गरेका उदाहरण धेरै छन् । विकास निर्माणका काम गर्दा भौगोलिक अवस्थालाई नहेरी सडक […]

डोल्पामा दोब्बर भाडा असुल्दै जीप व्यवसायी

डोल्पा, २२ असार डोल्पामा जीप व्यवसायीले मनपरी रुपमा भाडा असुल्न थालेका छन् । जिल्लामा आन्तरिक रुपमा सञ्चालन हुँदै आएका जीप व्यवसायीहरुले सदरमुकाम दुनै आवत–जावत गर्ने सर्वसाधारणबाट लकडाउनको मौका छोपी आफु खुसीभाडा असुल्न थालेका हुन् । त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने सुँपानी देखि सदरमुकाम दुनैसम्म १४ किलो मिटर मात्रै छ । तर, जीप व्यवसायीले भने ८ सय भाडा […]

साढे १२ सयले जिते कोरोना

सुर्खेत, २२ असार । कर्णाली प्रदेशमा हालसम्म १२ सय ३१ जनाले कोरोना जितेका छन् । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार आइतबारसम्म १२ सय ३१ जना कोरोना संक्रमण मुक्त भएका हुन् । कर्णालीको कोरोना इपीसेन्टर भनेर चिनिने दैलेखमा मात्रै सातसय तीन जनाले कारोना जीतेर घर फर्किएका छन् । स्वास्थ्य सेवा कार्यालय दैलेखले दिएको जानकारी अनुसार […]

कृषकलाई सिँचाईमा सकस

सुर्खेत, २२ असार । चौकुने गाउँपालिका–९ घाटगाउँका कृषकलाइ सिँचाईमा सकस भएको छ । गाउँमा सिँचाई सुविधा नहुँदा उनीहरुले लगाएको तरकारी बारीमै सुक्न थालेको छ । गाउँमा सिँचाईको अभावले खेती गर्न समस्या भएपछि गाउँलेहरुले समस्या समाधानका लागि हारगुहार गरेका हुन् । यसअघि घाटगाउँमा व्यवसायीक तरकारी खेती गर्ने चलन थिएन । तर कृषकले तरकारी खेती गर्न थालेपछि […]

वाणिज्य बैंकद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

सुर्खेत, २१ असार । राष्ट्रिय वाणिज्य बैंक लि. शाखा कार्यालय मेहलकुनाले गुर्भाकोट नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आइतवार नगरपालिकालाई दुई हजार थान सर्जिकल मास्क, एक हजार थान ग्लोब्स तथा छ लि. क्लोरिन झोल हस्तान्तरण गरेको हो । स्वास्थ्य सामाग्री बूझ्दै नगरपालिकाका स्वास्थ्य शाखा प्रमूख महेश कूमार पूरीले […]

सल्यानमा पहिरो जाँदा सडक अवरुद्ध

दुर्गा विसी । सल्यान, २१ असार । सल्यानको सल्लि चौहरजारी सडक खण्ड वर्षातका कारण आएको पहिरोले सडक पुरिएको छ । पहिरोका कारण सडक अवरुद्ध भएपछि यात्रुहरुलाई आवत जावतमा समस्या भएको छ । सल्लि चौहरजारी सडक खण्डको कुमाख गाउँपालिकाको वडा २ नजिकै खारखोला र वराइजिउलामा पहिरोले सडक पुरिएको स्थानीय देवेन्द्र रावतले बताए । पहिरोले सडक नै […]

कर्णालीमा ९ जनामा कोरोना संक्रमण

सुर्खेत, २१ असार । कर्णाली प्रदेशमा आइतवार ९ जनामा कोरोना संक्रमण देखिएको छ । दैलख अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा ९ जनामा संक्रमण देखिएको हो । दैलेख जिल्ला अस्पतालमा गरिएको परीक्षणमा ८ जनामा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा १ जनामा कोरोना संक्रमण फेला परेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको […]