कर्णालीमा खुवाइयो भिटामिन ‘ए’ र जुकाको औषधी

सुर्खेत, २२ असार ।

देशभरका पाँच वर्षमुनिका बालबालिकालाई आज सोमवार भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइएको छ । कर्णाली प्रदेशमा पनि सामाजिक दुरी कायम गर्दै स्वास्थ्य स्वयम सेविकाले पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन र जुकाको औषधी खुवाएका छन् ।

गत वैशाख ६ र ७ गते नै भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भनिए पनि कोरोना भाइरसको महामारीले स्थगित गरिएकोमा आज र भोलिका लागि यो कार्यक्रम तय भएको हो ।

नेपाल राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम मार्फत ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’, १ देखि ५ वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधि र ६ देखि २३ महिनाका बालबालिका बहुसुक्ष्म पोषणतत्व बालभिटा खुवाउने गरिन्छ ।

बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यून गर्न सरकारले हरेक वर्ष दुई चरणमा भिटामिन ‘ए’ खुवाउँदै आएको छ ।

कर्णालीमा खुवाइयो भिटामिन ‘ए’ र जुकाको औषधी

एमयूमा रजिष्ट्रार र डिनमा दरखास्त आह्वान

कर्णालीमा खुवाइयो भिटामिन ‘ए’ र जुकाको औषधी

रारा साइकल मार्गका लागि विनियोजन गरेको बजेट

Leave a comment

Your email address will not be published. Required fields are marked *