सरिता गिरीलाई सांसद पदबाट हटाउन सिफारिस

काठमाठौं, २३ असार । संघीय समाजवादी पार्टीको एक कार्यदलले सरिता गिरीलाई सांसद पदबाट हटाउन सिफारिस गरेको छ । पार्टी महासचिव रामसाहयप्रसाद यादव नेतृत्वको कार्यदलले मंगलबार पार्टीको निर्देशन र ह्वीप उल्लंघन गरेकाले गिरीलाई सांसद पदबाट हटाउन सिफारिस गरेको हो । पार्टी संसदीय दलको निर्देशन र ह्वीप विपरीत नेपालको संविधान दोस्रो संशोधन विधेययक २०७७मा दर्ता गराएको संशोधन […]

कर्णालीमा थप १४ जनामा कोरोना संक्रमण पुष्टी

सुर्खेत, २३ असार । कर्णाली प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यो सँगै कुल संक्रमितको संख्या १ हजार ५ सय ३० पुगेको छ । सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेशको स्वास्थ्य सेवा माहाशाखाले एक विज्ञप्ति जारी गर्दै थप १४ जनामा कोरोना संक्रमित पुष्टी भएको जानकारी दिएको हो । नयाँ थपिएका संक्रमितहरु सल्यानका […]

बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

प्रचण्ड खत्री रुकुम पुर्व, २३ असार । रुकुम पूर्वमा एक युवक बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । गाउपालिका ८ कोर्जाका १९ वर्षका कृष्ण खड्काले सोही ठाउँकी २५ बर्षीय महिलालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पुर्बले जनाएको छ । खड्का ती युवतीलाई डर देखाउँदै जबरजस्तीकरणी गरेको भन्दै पीडितले प्रहरीलाई उजुरी दियको थियो । पीडितको […]

अनिवार्य मास्क लगाउन प्रशासनको आग्रह

सुर्खेत, २३ असार । विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतले घरबाहिर निस्कँदा अनिवार्य मास्क लगाउन आग्रह गरेको छ । अटेर गरेर विना काम घरबाहिर मास्क नलगाइ निस्कनेलाई प्रहरीले पक्राउ गर्ने भएको छ । गृहमन्त्रालयले सोमवार ७७ वटै जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयलाई परिपत्र गर्दै मास्क नलगाइ हिड्नेलाई पक्राउ […]

कोरोना प्रभावितलाई दुर्व्यवहार नगर्न प्रशासनको आग्रह

सुर्खेत, २३ असार । जिल्ला प्रशासन कार्यालय सुर्खेतले कोभिड–१९ बाट प्रभावित भई क्वारेन्टाइन, आइसोलेसनमा बसेका वा डिस्चार्ज भई घर गएका व्यक्तिलाई दुर्व्यवहार नगर्न अनुरोध गरेको छ । पछिल्लो पटक क्वारेन्टाइन आसपासका समुदायले कोरोना प्रभावितलाई दुव्र्यवहार गर्ने, कोरोना जितेर घर फर्किसकेका व्यक्तिलाई समेत घृणा गर्ने गरेका खबर सार्वजनिक भएपछि प्रशासनले यस्ता अपमानजनक व्यवहार नगर्न सबैमा अपिल […]

पहिरो पीडित परिवारलाई नेपाली कांग्रेसद्धारा सहयोग

बाबियाचौर, २३ असार । नेपाली कांग्रेस पञ्चपुरी नगर कार्य समितिले पहिरोमा परी ज्यान गुमाएका परिवारलाई राहत रकम सहयोग गरेको छ । गत असार १४ गते राति खमारी खोला लघु जलविद्युत आयोजनाको पावर हाउसमा आएको पहिरोमा पुरिएर नन्दा पुलामीको मृत्यु भएको थियो । नन्दाका श्रीमान डम्बर पुलामीलाई १९ हजार एक सय रुपैयाँ सहयोग गरिएको नेपाली कांग्रेस […]

 प्रारम्भीक द्रुत लेखाजोखा सम्बन्धी तालिम

सुर्खेत, २३ असार । नगरपालिका स्तरीय प्रारम्भीक द्रुत लेखाजोखा सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ । वीरेन्द्रनगर नगरपािलकाको आयोजना, किर्डाक नेपालको सहजीकरण, युनिसेफ नेपालको सहयोग र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वयमा उक्त कार्यक्रम सोमवार सम्पन्न भएको हो । तालिममा विपत तथा त्यसबाट पर्न सक्ने असर र न्युनीकरण गर्ने उपाय सम्बन्धी जानकारी गराइएको थियो […]

महिलालाई क्षमता विकास तालिम

तुलराज पाण्डे कालिकोट, २३ असार । कालिकोटको खाँडाचक्र नगरपालिका वडा नम्बर ४ मा महिलाहरुलाई क्षमता अभिवृद्धि तालिम दिइएको छ । सहभागीहरुलाई खाँडाचक्र नगरपालिका महिला शाखा प्रमुख अम्बिका मल्लले प्रशिक्षण गरकी थिइन् । वडाध्यक्ष धनसिंगे विश्वकर्माले महिलाका सवाल, स्थानीय निकायमा महिलाका भुमिका र महिला सम्बन्धि बनेका नीति नियमलाई सामाजिक रुपमा नै विभेदका बारेमा जानकारी दिएकी थिइन् । […]

विद्यालयका क्वारेन्टाइन हटाइँदै

सुर्खेत, २३ असार । पछिल्लो समय कोरोना संक्रमित क्षेत्रबाट गाउँ फर्कने नागरिकको संख्या घट्दै गएको छ । सोमबार मात्रै संक्रमित क्षेत्रबाट डोल्पा, हुम्ला र कालिकोट जिल्लामा एक जना नागरिक घर फर्केका छन् । रुकुमपश्चिमा तीन जना, सल्यानमा सात जना र जुम्लामा नाँै जना नागरिक गाउँ फर्किएका हुन् । सोमबार कर्णाली प्रदेश भित्रिएका एकसय ६९ जनामध्ये […]

कक्षा ११ को परीक्षा विद्यालयले लिने

काठमाडौं, २३ असार । कक्षा ११ को वार्षिक परीक्षाको जिम्मेवारी सम्बन्धित विद्यालयलाई नै दिइने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले विद्यालय तहको अन्तिम खुड्किलो कक्षा १२ को मात्रै परीक्षा लिनेछ । शिक्षा मन्त्रालय, राष्ट्रिय परीक्षा बोर्ड, पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्का पदाधिकारीको बैठकले यससम्बन्धी कार्यविधि निर्माण गरेका हुन् । बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलका अनुसार […]

क्वारेन्टाइन व्यवस्थित बनाउन सुझाव

सुर्खेत, २३ असार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गाउँ कमिटी बराहतालले गाउँपालिकाले निर्माण गरेका अधिकांश क्वारेन्टाइन मापदण्ड विपरित रहेको निस्कर्ष निकालेको छ । गाउँ कमिटी अध्यक्ष ओमबहादुर महतराको अध्यक्षतामा सोमबार बसेको बैठकले क्वारेन्टाइन मापदण्ड विपरित रहेको दावी गरेको हो । कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलन नदिन भारत लगायत अन्य ठाउँबाट आएका मानिसलाई राख्न बनाइएका अधिकांश […]

गाडी गुडाउने सपना, खच्चड हिड्नै मुस्किल

हेमन्त केसी जाजरकोट, २३ असार । बर्षाको झरीसँगै भिरालो जमिन, बलौटे माटोमा निर्माण गरिएका विकास निर्माणको काम छिनभरमै विनास हुँने गरेको छ । जथाभावी डोजर प्रयोग गरेर निर्माण गरिएका सडकहरु वर्षायामको झरीसँगै छिनभरमै बग्ने गरेका छन् । असार महीनामा मात्र बढी डोजरहरु प्रयोग गरी सडक तथा अन्य विकास निर्माणका काम हुँदा बर्षाको झरीसँगै सवै सडक बग्ने […]

कर्मचारीमा कोरोना देखिएपछि गेटमै कागज संकलन

अमर सुनार दैलेख, २३ असार । नारायण नगरपालिकाका छ जना जनप्रतितिधि र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सेवाग्राहीका काम मूलगेटमै कागजपत्र संकलन गर्न थालिएको छ । एक महिला जनप्रतिनिधि, एक जना वडाध्यक्ष र दुई शाखा प्रमुख समेत चार जना कर्मचारीमा आइतवार कोरोना पुष्टि भएको थियो । सेवाग्राहीले गेटमै कागजपत्र छोड्ने र कर्मचारीहरुले सम्वन्धित फाँट पु¥याई काम […]