ग्लोबल आईएमईद्धारा दश लाख सहयोग

सुर्खेत, २५ असार । ग्लोबल आईएमई बैंकले कर्णाली प्रदेश सरकारको कोरोना विपद् कोषमा दश लाख नगद सहयोग गरेको छ । विहिवार ग्लोबल आईएमई बैंक कर्णाली प्रदेशका प्रमुख मदन कुमार मुल्मीले कर्णाली सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई कोरोना विपद् कोषका लागि दश लाखको चेक हस्तान्तरण गरेका हुन । दश लाखको चेक हस्तान्तरण गर्दै ग्लोबल आईएमई बैंकका […]

कर्णालीमा विषयगत समिति अध्यक्षको निर्वाचन हुँदै

सुर्खेत, २५ असार । कर्णाली प्रदेश सभाको विषयगत समितिको अध्यक्ष पदको लागि असार २८ गते निर्वाचन हुने भएको छ । कर्णाली प्रदेश सभा नियमावली २०७४ को नियम १४८ बमोजिम विषयगत समितिको अध्यक्षको लागि सभामुखले निर्वाचन मिति तोकेका हुन् । समितिको अध्यक्ष पदका लागि उम्मेदवारी दिन असार २७ गते (शनिबार) मिति तोकिएको छ । प्रदेश सभा […]

कपुरकोट गाउँपालिकाको बजेट पारित

सल्यान, २५ असार । सल्यानको कपुरकोट गाउँपालिकाको आगामी वर्ष २०७७÷७८ को बजेट पारित भएको छ । गाउँपालिकाको सातौँ गाउँसभाले कोरोना नियन्त्रण तथा आर्थिक विकास, पूर्वाधार विकास र सामाजिक विकासलाइ जोड दिंदै आर्थिक वर्ष २०७७÷७८ को बजेट पारित गरेको हो । गाउँपालिकाको आगामी आर्थिक वर्षमा वडा कार्यालयका भवन निर्माण संगै खानेपानीका ठूला आयोजनाहरु सञ्चालन हुने भएका […]

डोल्पामा थप एक जनामा कोरोना पुष्टि

डोल्पा २५ असार । डोल्पामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तल्लो डोल्पा अन्तर्गत मुड्केचुला गाउँपालिकामा क्वारेन्टाइनमा बसेका एक युवामा कोरोना पुष्टि भएको गाउँपालिकाले जनाएको छ । पीसीआर परीक्षणका लागि स्वाव संकलन गरेर सुर्खेत पठाइएका २४ जनामा एक जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको निमित्त प्रमुख प्रशासकिय अधिकृत सिँहराज डाँगीले बताए । एकजनाको […]

डोल्पाका महिलामा पाठेघर खस्ने समस्या विकराल

डोल्पा २५ असार । डोल्पाका अधिकाश महिलाहरुमा पाठेघर खस्ने समस्या देखिएको छ । ग्रामीण गाउँबस्तीहरुमा गरिएको महिला प्रजनन् स्वास्थ्य शिविरमा जाँचका लागि आएका अधिकाश महिलाहरुमा पाठेघर खस्ने समस्या देखिएको हो । केहि दिन अघिमात्रै त्रिपुरासुन्दरी नगरपालिका अन्तर्गत पर्ने त्रिपुराकोट, सुँ, लिकु, पहाडा, खदाङ्गमा गरिएको शिविरबाट चार सय ७३ जना महिलाले पाठेघरको जाँच गराएका थिए । […]

कालिकोटमा अनेरास्ववियुको प्रदर्शन

तुलराज पाण्डे कालिकोट, २५ असार । कालिकोटमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले प्रर्दशन गरेका छन् । नेपाल कम्युनिस्ट पाटी (नेकपा) पाटी र सरकारको चर्को विरोध भैहिरहेको बेला कालिकोटमा अनेरास्ववियुले पाटीमा उत्पन्न बिवाद समाधान गर्नुपर्ने भन्दै विहीवार प्रर्दशन गरेका हुन् । अनेरास्ववियुका केन्द्रीय सदस्य भिम प्रसाद आचार्यको नेतृत्वमा गरिएको प्रर्दशनमा फुटेर हैन जुटेर […]

भोलिदेखि सार्वजनिक सवारी सञ्चालन गर्न पाइने

काठमाडौं, २५ असार । सरकारले एउटै जिल्लाभित्र मात्र चल्न पाउने गरी शुक्रबारबाट सार्वजनिक सवारी साधन चल्न दिने निर्णय गरेको छ । पछिल्लो मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता युवराज खतिवडाले काठमाडौं उपत्यकाका तीन जिल्लाभित्र मात्रै चल्ने गरी र जिल्लामा जिल्लाभित्र मात्रै चल्न दिने गरी सार्वजनिक यातायात संचालन गर्न दिने निर्णय भएको बताए । सरकारले […]

राजीको उपचारका लागि सहयोग जुट्दै

सुर्खेत, २५ असार । ओष्टेओमाईटिस (हड्डी पाक्ने) रोगबाट ग्रसित भएका सुर्खेतको पन्चपुरी नगरपालिका वडा नं १० चाम्रिका १५ बर्षिय चन्द्र राजीको उपचारमा सहयोग जुट्न थालेको छ । राजीको उपचारमा समस्या भएको समाचार विभिन्न सञ्चार माध्यममा प्रकाशित भएपछि सहयोग जुट्न थालेको हो । राजीको उपचारका लागि अमेरिमा बस्दै आएकी जयन्ती थापाले आर्थिक सहयोग गरेकी छिन् । […]

कर्णालीमा थप ३० जना कोरोना संक्रमणमुक्त

सुर्खेत, २५ असार । कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त हुनेको संख्यामा बृद्धि भएको छ । विहीवार थप ३० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्र्तगतको स्वास्थ्य महाशाखाका अनुसार कर्णालीमा थप ३० जना कोरोना संक्रमणमुक्त भएका हुन् । दैलेखको दुल्लु अस्पतालबाट १० जना, प्रदेश अस्पताल सुर्खेतबाट १३ जना र रुकुमपश्चिम […]

महिला कुट्ने प्रहरीलाई कारवाही

प्रचण्ड खत्री । रुकुम पश्चिम, २५ असार । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा एक महिलालाई प्रहरीले कुटेको भिडियो सामाजिक संजालमा भाईरल भएको छ । आठबिसकोट नगरपालिका निवासी नेहा विष्टलाई नेपाल प्रहरीका एक हवल्दार, अरु केही सिपाही नगर प्रहरीले कुटेको भिडियो सामाजिक संजालमा भाईरल भएको हो । २१ वर्षीय नेहा विष्टलाई नगरपालिकामा प्रवेश गर्ने बितिकै हातपात गरी […]

विद्यार्थीको घरमै पुगेर दिवा खाजा वितरण

कृष्णप्रसाद अधिकारी दैलेख, २५ असार । दैलेखको नौमूले गाउँपालिका भित्र रहेका विद्यालयका विद्यार्थीहरूलाई घरमै पुगेर दिवा खाजा वितरण गरिएको छ । बुधवार नौमुले गाउँपालिका भित्रका ७ ओटा आधारभूत विद्यालय र २७ ओटा प्राथमिक विद्यालय गरी जम्मा ३४ ओटा विद्यालयका घर घरमा टेक होम रासनका रूपमा दिवा खाजा वितरण गरिएको हो । नौमुले गाउँपालिका भित्र रहेका […]

सम्पादकीय : जीविकोपार्जनका विकल्प खोज

‘हिमाली हिरा’ अर्थात यार्सागुम्बा । अझभनौ, हिमाली भेगका नागरिकको बाँच्ने मुख्य आधार । कर्णाली प्रदेशका नागरिकको आम्दानीको स्रोत । विशेषगरी माथिल्लो डोल्पावासीको जीवन चलाउने आधार नै यार्सागुम्बा हो । तर यस वर्ष भने यार्सागुम्बा पाटनमै कुहिएको छ । विश्वमा महामारीको रुप लिएको कोरोना भाइरसबाट यार्सागुम्बा संकलन कार्य पनि अछुतो रहेन । महंगो मूल्यमा विदेशी बजारहरुमा […]

सांसदलाई पाँच करोड

सुर्खेत, २५ असार । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७७÷७८ को ल्याएको नयाँ बजेट पारित भएको छ । बुधबार बसेको प्रदेशसभा बैठकबाट बजेट सर्वसम्मत पारित गरिएको छ । सांसदहरुले निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत पाँच करोड पाउने र जनता सडक कार्यक्रमलाई निरन्तरता दिने सहमतिपछि बजेटको गाँठो फुकेको हो । निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत […]