पहिरोले विद्यालयको भवन भत्कियो

प्रचण्ड खत्री । रुकुम पश्चिम, २७ असार । रुकुमपश्चिमका ६ स्थानीय तहमा बाढी पहिरो जानेक्रम अझै रोकिएको छैन । आठबिसकोट नगरपालिकामा बिहिबार राति देखि परेको अविरल वर्षा पछि आएको पहिरोमा आमाछोराको मृत्यु भएको थियो । बाढी पहिरोले स्थानीय नागरिक समस्या परेका छन् । पहिरो खस्ने क्रम नरोकिएपछि झ जोखिम बढेको छ । रुकुम पशिमको बाफिकोट […]

बाढी पहिरो पीडितलाई तत्काल उद्धार गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, २७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी पहिरो पीडितहरुलाई तत्काल उद्धार गर्न निर्देशन दिएका छन् । बालुवाटारमा शनिबार बसेको राष्ट्रिय बिपत जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा प्रधानमन्त्री ओलीले केही दिन लगातार बर्षा हुन सक्ने र त्यसबाट बाढी पहिरोको जोखिम कायम रहेको भन्दै बाढी पहिरो पीडितहरुलाई तत्काल उद्धार गर्न निर्देशन दिएका हुन् । […]

कर्णालीमा शनिवार १८ जना कोरोनामुक्त

सुर्खेत, २७ असार । कर्णाली प्रदेशमा शनिवार १८ जनाले कोरोना जितेर घर फर्किएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट १ जना, चौकुने गाउँपालिकाको आइसोलेसनबाट ५ जना, पञ्चपुरी नगरपालिकाको आइसोसेलनबाट ५ जना, जाजरकोटको छेडागाड नगरपालिकाको आइसोलेसनबाट ३ जना र जिल्ला अस्पताल जाजरकोटबाट ४ जना कोरोना संक्रमणमुक्त भई घर फर्किएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको […]

वर्षासंगै पहिरोको वितण्डा

सुर्खेत, २७ असार । कर्णालीमा बिहीबारदेखि अविरल बर्षात भएको छ । वर्षात्का कारण प्रदेशका विभिन्न जिल्लामा पहिरो र बाढीले नोक्सान गरेको छ । वर्षापछि आएको पहिरोले जाजरकोट र रुकुमपश्चिममा जनधनको नोक्सान भएको हो । जाजरकोटमा सात जनाको मृत्यु भएको छ भने सात जना बेपत्ता भएका छन् । यस्तै रुकुमपश्चिममा पनि पहिरोले दुई जनाको ज्यान लिएको […]

राखेपको सदस्यसचिवका लागि दरखास्त आह्वान

काठमाडौं, २७ असार ।  राष्ट्रिय खेलकूद परिषद् (राखेप) को सदस्यसचिवका लागि दरखास्त आह्वान गरिएको छ । युवा तथा खेलकूद मन्त्रालयले सो आह्वान गरेको हो । मन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा गठित सिफारिस समितिको शुक्रबार बसेको बैठकले सदस्यसचिवका लागि कार्यविधि तय गरी दरखास्त आह्वान गरेको हो । मन्त्रालयले सूचना जारी गर्दै सदस्यसचिव बन्नका लागि सात दिनभित्र […]

विश्वको जनसंख्या सात अर्ब ८० करोड

काठमाडौं, २७ असार । आज विश्व जनसंख्या दिवस । कोरोना भाइरस कोभिड १९ ले विश्व आक्रान्त पारिरहेका बेला यस वर्षको जनसंख्या दिवस परेको छ । यस्तै खाले विश्व महामारी, प्राकृतिक प्रकोप, मानव सृजित युद्ध जस्ता घटनाले संसारको जनसंख्यामाथि खतरा आउने गरेको छ । वर्ल्डोमिटरका अनुसार ७ अर्ब ७९ करोड ७१ लाख ९२ हजार नाघेको छ । […]

माग सम्बोधन भएपछि बजेटमा समर्थन

सुर्खेत, २७ असार । कर्णाली प्रदेशसभामा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले आफ्नो मागहरु सरकारले सम्बोधन गरेपछि बजेटमा समर्थन गरेको जनाएको छ । काँग्रेसले राखेका माग अनुसार नै सरकारले बजेट संशोधन गरेको काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले बताए । शुक्रबार पत्रकार सम्मेलन गर्दै शाहीले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा राखिएको डल्लो बजेटलाई प्रत्येक निर्वाचन क्षेत्र कार्यक्रममा […]

मानव अधिकार रक्षकलाई तालिम

सुर्खेत २६ असार । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले भर्चुअल मार्फत मानव अधिकारको वकालतका बारेमा मानव अधिकार रक्षकहरुलाई शुक्रवार तालिम प्रदान गरेको छ । वीरेन्द्रनगरपालिकाको मानव अधिकारको सुदृढिकरणमा टेवा पु¥याउने र मानव अधिकार रक्षकहरुलाई मानव अधिकारका सवाल तथा वकालतका बारेमा सचेत बनाउने उद्देश्यले मानव अधिकार रक्षकहरुलाई तालिम प्रदान गरिएको हो । तालिमको उद्देश्य माथि प्रकाश […]

राजीको उपचारमा असिम अटो पार्टसद्धारा सहयोग

सुर्खेत, २६ असार । ओष्टेओमाईटिस (हड्डी पाक्ने) रोगबाट ग्रसित भएका पञ्चपुरीका एक बालकको उपचारमा असिम अटो पार्टसले आर्थिक सहयोग गरेको छ । पञ्चपुरी नगरपालिका वडा नं १० चाम्रीका १५ बर्षिय चन्द्र राजीको उपचारमा असिम अटो पार्टस वीरेन्द्रनगर सुर्खेतले नगद १० हजार रुपयाँ सहयोग गरेको हो । विभिन्न सञ्चार माध्यममा आएको जानकारीका कारण विरामी बालकको सिघ्र […]

सात जनाको मृत्यु, पाँच जना वेपत्ता

जाजरकोट, २६ असार । जाजरकोटको बारेकोट ४ सार्की टोलमा आएको पहिरो परी सात जनाको मृत्यु भएको छ । पाँच जना भने अझै वेपत्ता छन् । विहीवार रातिदेखि आएको अविरल वर्षाका कारण आएको पहिरोले गोपाल सार्की र कलु सार्कीका घर बगाएको थियो । यहाँका आठ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । वर्षाका कारण थप पहिरो झर्न […]

चौकुनेमा पेश्की लिएको २ बर्षपछि एम्बुलेन्स

सुर्खेत, २६ असार । चौकुने गाउँपालिकामा नयाँ एम्बुलेन्स खरिद गरिएको छ । चौकुने गाउँपालिका वडा नं. २ मा रहेको बाँसपानी स्वास्थ्य चौकीबाट सञ्चालन हुनेगरी गाउँपालिकाले आर्थिक बर्ष २०७४÷०७५ मा १२ लाख बजेट विनियोजन गरेको थियो । बजेट विनियोजन भएको २ बर्षपछि आ.व. २०७६÷०७७ मा गाउँपालिकामा एम्बुलेन्स आइपुगेको छ । एम्बुलेन्स खरिदको जिम्मेवारी पाएका चौकुने गाउँपालिका […]

कर्णालीमा थप २७ जनामा कोरोना संक्रमण

सुर्खेत, २६ असार । कर्णाली प्रदेशमा शुक्रवार २७ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश अस्पताल सुर्खेत पशुपंक्षी रोग अन्वेषण प्रगोगशालामा गरिएको परीक्षणबाट सुर्खेतका ४ जना, डोल्पाका १ जना र सल्यानका १ जनामा कोरोना पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा गरिएको परीक्षणबाट सल्यानका ९ जना र जाजरकोटका २ जनामा कोरोना पुष्टि भएको […]

तीन जनाको मृत्यु, ९ जना वेपत्ता

सुर्खेत, २६ असार । जाजरकोटको बारेकोट गाउँपालिका वडा नं ४ को बोहोरा गाउँमा बिहीवार राति गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ३ पुगेको छ । ९ जना अझैबेपत्ता भएका छन् । बोहोरा गाउँमा बस्दै आइरहेका ६ जना सार्की परिवारको घरलाई पहिरोले पुरेको प्रदेश सभा सदस्य कृष्णा शाहले बताइन् । उनका अनुसार हालसम्म ३ जनाको शव […]