बैंकिङ्ग कारोबार बहिस्कार गर्दै व्यवसायी आन्दोलित

सुर्खेत, २९ असार । सुर्खेतका उद्योगी व्यवसायीहरुले आइतवार वीरेन्द्रनगरमा पसलहरु बन्द गरेका छन् । कोरोना महामारीको विषम परिस्थितिमा पनि बैंकहरुले ब्याज बुझाउँन ताकेता गरेको भन्दै व्यवसायीहरु आन्दोलित भएका हुन् । व्यवसायीहरु बैंकिङ्ग कारोबार बहिस्कार गर्दै आन्दोलनमा उत्रिएका छन् । पसलहरु बन्द गरेर आन्दोलनमा उत्रिएका व्यवसायीहरुले सुर्खेतस्थित बैंकहरुमा बैंकिङ्ग कारोबार बहिस्कार गरिएको व्यानर टाँसेका छन् । […]

जाजरकोटमा सुत्केरीको मृत्यु

जाजरकोट, २९ असार । जाजरकोटमा एक सुत्केरी महिलाको मृत्यु भएको छ । अत्याधिक रक्तश्रावका कारण उनको मृत्यु भएको हो । जुनीचाँदे गाँउपालिका–३ की ३४ वर्षीया सिंह पुरीको सुत्केरी व्यथा लागेपछि बच्चा जन्माएलगत्तै रक्तश्रावका कारण ज्यान गएको परिवारले जनाए छ । सव पीडा भएपछि गाँउभन्दा टाढा रहेको स्वास्थ्य संस्थामा लिन घरमा कोही पनि नभएको अवस्थामा ,गाँउलेलाई […]

आज २०७ औँ भानुजयन्ती

काठमाडौं, २९ असार । आदिकवि भानुभक्त आचार्यको आज २०७औँ जन्मजयन्ती विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गर्नुभएको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत् एकिकरण गरेको बताइन्छ । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश […]

खुल्यो सल्ली–चौरजहारी–डोल्पा सडक

सल्यान, २९ असार । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण अवरुद्ध सल्ली–चौरजहारी–डोल्पा सडक सञ्चालनमा आएको छ । सल्ली चौरजहारी सडकखण्डको विभिन्न ठाउँमा बाढीले सडक अवरुद्ध भएको थियो । कुमाख गाउँपालिका २ खारखोलामा बाढीले पूरै सडक बगाएपछि विगत एक हप्तादेखि सडक अवरुद्ध हुँदै आइरहेको थियो। बाढीले बगाएको स्थानमा वाल र पहिरो जेसिबि लगाएर हटाएपछि एकतर्फी […]

बारीमै कुहियो टमाटर

सल्यान, २९ असार । झन्डै एक दशक अघिदेखि तरकारी खेती गर्दै आएका दार्मा गाउँपालिका ५ आलका भुमबहादुर चन्दले अहिलेको जस्तो समस्या कहिल्यै भोगेका थिएनन् । १५ रोपनी क्षेत्रफलमा मौसमी र बेमौसमी तरकारी र टमाटर खेती गर्दै आएका चन्दको उत्पादन सबै स्थानीय बजार र दाङमा बिक्री हुन्थ्यो । अन्य तरकारीभन्दा टमाटर खेतीबाट उनले राम्रो आम्दानी गर्दै […]

बजेट सक्न रातारात विकास

कालिकोट, २९ असार । जिल्लाका तिलागुफा नगरपालिका वडा नं. १ स्थित कालिका आधारभूत विद्यालयको दुई कोठे भवन असार मसान्त लाग्दा पनि भर्खरै पिल्लर हाल्न थालिएको छ । संघीय सरकारको बजेट ढिलो अख्तियारी आएको र स्थानीय सरकारले योजनाको सम्झौता ढिलाइ गर्दा जेठमा सम्झौता गरेर बजेट सक्नकै लागि असारमा धमाधम काम गर्न थालिएको हो । संघीय सरकारबाट […]

सडक निर्माणमा राज्यको ढुकुटीमाथि दोहन

हुम्ला, २९ असार । सिंगो कर्णाली प्रदेशका लागि बहुउपयोगी मानिएको कर्णाली करिडोर अन्तर्गत सिमकोट खार्पु खण्डको सडक निर्माणका लागि राज्यको ढुकुटी माथि चरम दोहन भएको छ । एउटै खण्डका लागि दुई डीपीआर निर्माण गरि सडक निर्माण गर्ने कार्य भैरहेकोले राज्यको ढुकुटीमा दोहन भएको हो । आर्थिक वर्ष ०७०÷०७१ बाट तत्कालीन जिल्ला विकास समिति अन्तर्गत ड्रिल्प […]

खानेपानी मन्त्री विनाद्धारा जाजरकोटका ६ दलित बालबालिकालाई सहयोग

सुर्खेत, २९ असार । खानेपानी मन्त्री विना मगरले जाजरकोटका ६ जना टुहुरा बालबालिकालाई पढाइका लागि सहयोग वितरण गरेकी छिन् । प्रकाश दाहाल प्रतिष्ठान काठमाडौंको आर्थिक सहयोग र जयचन्द्र मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित कुशेमालिका अनलाइनको समन्वयमा जाजरकोट खलंगाको स्यालामा मज्दुरी गर्ने ६ जना अति विपन्न दलित बालबालिकालाई विद्यालय पोषाक, भर्ना शुल्क, विभिन्न खाद्य सामाग्री, किताव बोक्ने […]

राज्यमन्त्री रावत अस्पताल भर्ना

काठमाडौँ, २८ असार । स्वास्थ्य राज्यमन्त्री नवराज रावत आइतबार बाँसबारीस्थित शहीद गंगालाल हृदय केन्द्रमा भर्ना भएका छन् । मुटुमा समस्या देखिएपछि स्वास्थ्यमन्त्री अस्पतालमा भर्ना भएका हुन् । परीक्षणपछि उनको आजै एन्जीओप्लास्टी गरिएको राज्यमन्त्री रावतका सचिवालय सदस्य टपेन्द्र बिसीले जानकारी दिए । विसीका अनुसार अस्पतालका निर्देशक डा चन्द्रमणी अधिकारी नेतृत्वको टोलीले उनको एन्जीओप्लास्टी गरेको हो । […]

व्यवसायीद्धारा राष्ट्र बैंकलाई २७ बुँदे मागपत्र

सुर्खेत, २८ असार । सुर्खेतका उद्योग व्यवसायीहरुले नेपाल राष्ट्र बैंकलाई विभिन्न २७ बुँदे मागपत्र बुझाएका छन् । व्यवसायीहरुले बैंकहरुले लकडाउन अवधिको ब्याज मिनहा गर्नुपर्ने, घरवहाल कर छुट गर्नुपर्ने लगायतका २७ बुँदे मागपत्र बुझाएका हुन् । कोरोना महामारीको विषम परिस्थितमा पनि बैंकहरुले ब्याज बुझउन ताकेता गरेपछि व्यवसायीहरु आन्दोलित भएका छन् । आन्दोलनका कार्यक्रम अन्तरगत व्यवसायीहरुले आइतवार […]

खाद्यान्न सामग्रीसहित मन्त्री बस्नेत जाजरकोटमा

सुर्खेत, २८ असार । जाजरकोटको बारेकोट गाउँपालिका–४ सार्कीटोलका पहिरो विस्थापितहरुलाई कर्णाली सरकारले थप राहत सामग्री पठाएको छ । वन तथा वातावरण मन्त्री शक्ति बस्नेत र कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको टोलीले आइतवार अत्यावश्वक खाद्यान्न र गैर खाद्यन्न सामग्रीहरु लिएर बारेकोट पुगेका हुन् । मन्त्री बस्नेतले जाजरकोट जानु अघि गरिएको पत्रकार सम्मेलनमा बाढी पहिरोले देशभर जनधनको क्षती […]

होमियोप्याथिक औषधी सहयोग

कालिकोट, २८ असार । कोपिला भ्यालि सेवा समाजका सचिव गोगन बहादुर मल्लले कालिकोटको खाडाचक्र नगरपालिकालाई होमियोप्याथिक औषधी उपलब्ध गराएका छन् । मल्लले कोभिड १९ प्रभावित नियन्त्रणमा गहन भुमिका निर्वाह गर्दै हाल मारवाडी सेवा समिति काठमाडौसंग समन्वय गरी २० हजार जना नागरिकका लागि पुग्ने होमियोप्याथिक औषधी नगरपालिकालाई उपलब्ध गराएका हुन् । उक्त औषधी अनेरास्ववियू कालिकोट जिल्ला […]

नवनिवार्चित अध्यक्षहरुद्धारा सपथ ग्रहण

सुर्खेत, २८ असार । कर्णाली प्रदेशको संसदीय समितिमा नवनिवार्चित अध्यक्षहरुले आइतवार सपथ ग्रहण गरेका छन् । सार्वजनिक लेखा समितिको अध्यक्षमा नेपाली कांग्रेसका सांसद दीनबन्धु श्रेष्ठ, अर्थ तथा प्राकृतिक स्रोत समितिको अध्यक्षमा नेकपाका सांसद गणेशप्रसाद सिंह, विधायन तथा प्रदेश मामिला समितिको अध्यक्षमा नेकपाकै दानसिंह परियार र सामाजिक विकास समितिको अध्यक्षमा पनि नेकपाकै देवी ओली निर्विरोध निर्वाचित […]