कोरोना कहरमा घरमै शिक्षा

कालिकोट, ३१ असार । कोरोना कहरका कारण सामुदायिक विद्यालय बन्द भएपछि टोलटोलमा शिक्षक खटाइ बालबालिकालाई पढाउन थालिएको छ । शिक्षकहरु शैक्षिक सामग्रीसहित टोलमै पुग्न थालेपछि विद्यार्थी पनि खुसी भएका छन् । चैत पहिलो सातादेखि विद्यालय नआएकी खाँडाचक्र–४, ताडीकी ८ वर्षीया कोपिला विश्वकर्माले शिक्षण सिकाइ सामग्री पाएपछि घरमै पढ्न थालेकी छिन् । नवज्योति आधारभूत विद्यालयमा कक्षा […]

पहिरोपीडित राहतको पर्खाइमा

जाजरकोट, ३१ असार । जाजरकोटका पहिरोपीडितहरु राहतको पर्खाइमा छन् । ठुलो जनधनको क्षति हुनेगरी बारेकोट गाँउपालिकामा गएको पहिरोमा भएको क्षति र विस्थापितको विवरण एकिन हुन सकेको छैन । भौगोलिक विकटता र सञ्चार सम्पर्क विच्छेद हुँदा क्षति र विस्थापितको विवरण एकिन हुन नसकेको हो । यसले राहत वितरणमा ढिलाइ भइरहेको छ । सरकारी कार्यालयले नै फरकफरक […]

रानिघाटमा नव निर्मित प्रहरी चौकीको भवन उद्घाटन

सुर्खेत, ३० असार । सुर्खेतको रानिघाटमा नव निर्मित प्रहरी चौकीको भवन उद्घाटन गरिएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार पन्तले मंगलवार प्रहरी चौकी भवन उद्घाटन गरेका हुन् । महानिरीक्षक पन्तले प्रहरी कर्मचारीहरुले नवनिर्मित भवन स्थानीय बासीकै सम्पत्ती भएको भन्दै त्यसलाई आवश्यक मर्मत सम्भार गर्न आग्रह गरेका थिए । उनले […]

लालपुर्जा विनाको जग्गा

हुम्ला, ३० असार । ताजाँकोट गाउँपालिका– ३ मासपुरका मुङ्ग्या रोकाया उमेरले ८० काटिसके । मासपुर गाउँमा भएको मालपोत कार्यालयको मोडमा जग्गा दर्ता छ । तर, उनका हातमा लालपुर्जा छैन । २०५० साल ११ महिना १९ गते मासपुर गाउँँको मालपोत कार्यालय हुम्लामा जग्गा मोडमा दर्ता भएको १९ घरधुरी स्थानीयले अहिलेसम्म हातमा लालपुर्जा पाएका छैनन् । ८० […]

प्रहरीले कुटपिट गर्दा कोरोना संक्रमित गम्भीर घाइते

सुर्खेत, ३० असार । कोरोना संक्रमित एक व्यक्तिलाई प्रहरीले कुटपिट गरेको छ। पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका–६ स्थित बागेश्वरी माविको क्वारेन्टिनमा राखिएका सोही गाउँपालिका–८ का युवकलाई प्रहरीले कुटपिट गरेको हो। भारतबाट आएर दुई सातादेखि क्वारेन्टिनमा रहेका युवक सोमबारसँगै बसेका साथीहरुसँगै घर जान खोज्दा इलाका प्रहरी कार्यालय बादेपिपलका प्रहरी सहायक निरीक्षक विजय पुनले कुटपिट गरेका थिए। पुनको […]

सहकारी विकास बोर्डको सदस्यमा कर्णालीबाट रावत मनोनित

सुर्खेत, ३० असार । राष्ट्रिय सहकारी विकास बोर्डको कार्यकारी समितिको सदस्यमा दैलेखका भिमबहादुर रावतलाई मनोनित गरिएको छ । कर्णाली प्रदेशको प्रतिनिधित्व हुने गरि दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका १ चापागाउँका रावतलाइ बोर्डको कार्यकारी समितिको सदस्यमा चयन गरिएको हो । राष्ट्रिय सहकारि ऐन ४९ को दफा ७ को उपदफा (१० को देहाय खण्ड ङ) बमोजिम दुइ वर्षको लागि […]

कर्णालीमा २७ जना कोरोना संक्रमित थपिए

सुर्खेत, ३० असार । कर्णाली प्रदेशमा मंगलवार २७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । प्रदेश अस्पताल सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा सुर्खेतका १४ जना, जुम्लाका २, जाजरकोटका १ जना र काठमाडौंका १ जनामा संक्रमण देखिएको हो । कर्णाली स्वास्थ्य वित्रान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा जुम्लाका ४ जना र अस्पताल दैलेखमा गरिएको परिक्षणमा […]

कर्णालीमा साउन एक गते सार्वजनिक विदा

सुर्खेत, ३० असार । कर्णाली प्रदेश सरकारले साउन एक गते सार्वजनिक विदा दिने भएको छ । २०७७ जेठ १२ गते बसेको मन्त्री परिषदको बैठकले साउन एक गते विदा दिने निर्णय गरेको हो । आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता तुल खड्काले साउन एक गते साउने संक्राति तथा देउडा पर्वको अवसरमा विदा दिइने निर्णय भएको बताए […]

कर्णाली प्रदेशका सांसदमा कोरोना संक्रमण

सुर्खेत, ३० असार । कर्णाली प्रदेशका एक सांसदमा कोरोना भाइरस संक्रमण देखिएको छ । कर्णालीको प्रदेश सभाका सांसदमा कोरोना देखिएपछि प्रदेश सभामा त्रास बढेको छ । आइतवार ती प्रदेश सांसदसहित अन्य ३ जनाको स्वाब प्रदेश अस्पतालको पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा जाँच गर्दा कोरोना पुष्टि भएको छ । ती सांसदका प्रमुख स्वकीय सचिवले कोरोना देखिएको पुष्टि […]

रुकुम पश्चिममा अफिमसहित एक जना पक्राउ

प्रचण्ड खत्री । रुकुम पश्चिम, ३० असार । रुकुममा पश्चिममा प्रहरीले अफिस सहित एक जनालाई पक्राउ गरेको छ । पश्चिम रुकुमको बाँफिकोट ४ मा अबैध लागुऔषधहरु ओसारपसार भैरहेको गोप्य सुचनाको आधारमा सोमबार राति गस्तीमा गएको प्रहरीलाई अफिमसहित एकजनालाई नियन्त्रणमा लिएको हो । बाँफिकोट गाउँपालिका वडा नं ४ नुनईटाकुरा स्थित सडक खण्डमा २ जना व्यक्ति शंकास्पद […]

बर्सेनी साढे दुई अर्बको क्षति

सुर्खेत, ३० असार । कर्णालीमा प्राकृतिक प्रकोपका कारण बर्सेनी अर्बौको क्षति हुने गरेको छ । बाढी र पहिरो जस्ता प्राकृतिक प्रकोपबाट हरेक वर्ष नागरिकले ज्यान गुमाउने गरेका छन् । यस्तै भौतिक क्षति पनि धेरै हुने गरेको सरकारी तथ्याकंले देखाएको छ । प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार कर्णालीमा बार्षिक साढे दुई अर्ब भन्दा बढीको क्षति हुने गरेको […]

बजारमा सोलार बत्ती जडान

दुर्गा विसी सल्यान, ३० असार । सल्यान पश्चिमको व्यापारीक केन्द्र सल्लिबजारमा सोलार बत्ती जडान गरिएको छ । सल्लिवजारसँगै देवस्थल, वालुवासँग्रही बजारमा सोलार बत्तीसँगै सिसि क्यामरा जडान कार्य सम्पन्न भएको छ । शिवशक्ति प्रिज्म निर्माण सेवाले १० लाख मूल्य लागतमा ठेक्का पाई काम सम्पन्न गरेको निर्माण कम्पनीका प्रमोद खड्काले जानकारी दिए । रात्रीकालिन रुपमा बजारका विभिन्न […]

पहिरो पीडित राहतको पखाईमा

जाजरकोट, ३० असार । जाजरकोटको बारेकोटमा पहिरोबाट पीडित विस्थापितले तत्काल खानेकुरा, त्रिपाल र कम्मलको माग गरिरहेका छन् तर सरकारले भने पठाउन सकेको छैन । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही लगायतका जिल्लाका साँसदहरुको टोली हेलिकोप्टरमा केही राहत सामग्री लिएर आएपनि उक्त सामग्री अप्रयाप्त भएको गाँउपालिका अध्यक्ष महेन्द्र शाहले बताए । […]