वीरेन्द्रनगरमा नर्स छनौटमा भद्रगोल

सुर्खेत, ३० असार । वीरेन्द्रनगर नगरपालिकाले गरेको विधालय नर्स नियुक्तिमा भद्रगोल देखिएको छ । नगरपालिकाले केहीदिन अघिमात्र २० जना नर्सका लागि आवेदन खुला गरेको थियो । हाल छोटो सुची र अन्तरवार्ताबाट २० जनालाई नियुक्त गरिएको छ । तर उक्त नियुक्तिमा स्वच्छ प्रतिस्पर्धा र योग्यताका आधारमा भन्दा पनि हचुवाको भरमा छनौट गरेको पाइएको छ । आवेदन […]

रजिष्टारको लागि १९ जनाको दरखास्त

सुर्खेत, ३० असार । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको रजिष्टार पदको १९ जनाको आवेदन परेको छ । रजिष्टारका लागि निर्धारित समयावधिभित्र १९ जनाको दरखास्त परेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले जानकारी दिए । ‘निर्धारित समयमा १९ जनाको आवेदन आएको छ’ उपकुलपति सिंहले भने ‘अवको हप्तादिन भित्रै विश्वविद्यालयले नयाँ रजिष्टार पाउँछ ।’ पुर्व डिनदेखि विश्वविद्यालयकै सहप्राध्यापक लगायत रहेका […]

सम्पादकीयः जनप्रतिनिधिको सुविधा मोह

आर्थिक विकासमा कर्णाली कमजोर छ । सामाजिक पछौटेपन र अन्धविश्वासले जरा गाडेको छ । शिक्षा र मानव विकासमा पनि देशका अन्य प्रदेशको तुलनामा कर्णाली पछाडि नै छ । सरकारी तथ्याकं अनुसार पनि यहाँका आधाभन्दा धेरै नागरिक गरिबीको रेखामुनी छन् । बहुआयामिक गरिबीको दर पनि उच्च छ । सरकारी आँकडा अनुसार कर्णालीमा ५१ प्रतिशत गरिबी छ […]

निर्माण कार्य सुरु गरेको पाँच वर्षमा जिल्ला अदालत नयाँ भवनमा

हुम्ला, ३० असार । निर्माण कार्य सुरु भएको पाँच वर्षपछि जिल्ला अदालतको भवनको काम सम्पन्न भएपछि सञ्चालनमा आएको छ । नयाँ भवनको निर्माण कार्य सम्पन्न हुदा अदालतले कार्य सञ्चालनमा ल्याएको हो । जिल्ला अदालतका श्रेस्तादार मदनराज भट्टराईले निर्माण कम्पनीलाई निक्कै ताकेता गरेर भवनको निर्माण कार्य सम्पन्न गर्न लगाएको बताए । उनका अनुसार भवनको निर्माण कार्य […]

पहिरोले जाजरकोटका ग्रामिण सडक अवरुद्ध

जाजरकोट, ३० असार । कुशे गाउँपालिकाका ९ वटै वडामा सडक पुगेको छ । सदरमुकाम खलंगासँग पनि सडकको पहुँच पुगेको छ । तर बर्खा सुरु हुने वित्तिकै कुशेको सदरमुकामसँगको यातायातको पहुँच टुटिसकेको छ । बर्षे भेलले खलंगा– पाँचकाटिया–भार्मा सडक अवरुद्ध गरिदिएपछि गाउँपालिका र सदरमुकाम बीचको यातायात सम्बन्ध विच्छेद भएको हो । गाउँपालिकाले डोजर प्रयोग गरेर खनेका […]

थुनुवाको सम्पर्कमा आएका थप दुई प्रहरीमा कोरोना पुष्टि

सुर्खेत, ३० असार । भारतबाट आउनेहरुको संख्या घटे पनि कर्णाली प्रदेशमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या घट्न नसकिरहेका बेला कोरोनाका कारण जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरीहरु जोखिमपूर्ण अवस्थामा काम गर्न बाध्य भएका छन् । जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका ३६ वर्षीय एक थुनुवामा तीन दिन अघि शनिबार कोरोना भाइरस संक्रमण देखा परेकोमा उनको सम्पर्कमा […]

डीपीआर तयार भइसकेको सिँचाई योजनाको निर्माणस्थल नै परिवर्तन

दैलेख, ३० असार । दुई वर्षअघि आठबीस नगरपालिका–४ स्थित राकमकर्णाली जाक्सीकोटमा सिंचाइका लागि सम्भाव्यता अध्ययन गर्न कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले २५ हजार रुपैयाँ विनियोजन ग¥यो । सम्भाव्यता अध्ययन सकिएपछि योजना निर्माण गर्न सोही मन्त्रालयबाट चालु आर्थिक वर्षमा ४० लाख रुपैयाँ विनियोजन भयो । योजना निर्माणको क्रममा एक लाख ५० हजार रुपैयाँको लागतमा […]

क्याम्पस प्रमुख खनालद्धारा पदभार ग्रहण

सुर्खेत, २९ असार । नवनियुक्त क्याम्पस प्रमुख माधव प्रसाद खनालले सोमवार पदभार ग्रहण गरेका छन् । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस सुर्खेत क्याम्पस (शिक्षा) का नवनियुक्त क्याम्पस प्रमुख खनालले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै प्रमुख खनालले आफ्नो कार्यकालमा क्याम्पसलाई शैक्षिक हवको रुपमा निर्माण गर्न शैक्षिक गुणस्तरमा सुधार ल्याउने प्रतिवद्धता व्यक्त गरे । उनले […]

कोरोना भाईरस नियन्त्रणमा खटिएका स्वास्थकर्मीहरुको विदाई

सुर्खेत, २९ असार । चौकुने गाउँपालिका सुर्खेतले कोरोना भाईरस नियन्त्रण गर्नका लागी खटिएका स्वास्थकर्मीहरुको बिदाई गरेको छ । सोमबार गाउँपालिकामा प्रदेश अस्पताल सुर्खेतबाट खटिएका डा.लोकराज कंडेल सहित सामाजिक विकास मन्त्रालयबाट आएका २ जना सामुदायिक स्टाफ नर्स र कोपिला भ्याली सुर्खेतबाट आएका एक जना नर्स र अनमीको बिदाई गरेको चौकुने स्वास्थ्य शाखा प्रमुख गगनसिं पाण्डेले जानकारी […]

कर्णालीमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टी

सुर्खेत, २९ असार । कर्णाली प्रदेशमा थप ४७ जना कोरोना संक्रमित थपिएका छन् भने ४७ जना डिष्चार्ज भएका छन् । पाँच जिल्लाका ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश अस्पताल सुर्खेत, पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ४५ जना र चौरजहारी नगरपालिकाको पीसीआर प्रयोगशालामा २ जनामा कोरोना […]

कोरोना परीक्षण गर्न ६ निजी प्रयोगशालालाई अनुमति

काठमाडौं, २९ असार । पीसीआर विधिबाट कोरोना परीक्षणका लागि हालसम्म ६ वटा निजी प्रयोगशालाले अनुमति पाएका छन् । काठमाडौं उपत्यकाका ४ सहित ६ वटा निजी प्रयोगशालाले पीसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालबाट अनुमति पाएका हुन् । काठमाडौं उपत्यकाको सानेपास्थित स्टार अस्पताल, सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज, सेन्ट्रल डाइनोग्नोस्टी ल्याब्रोटरी कमलपोखरी र सूर्या हेल्थ केयरले पिसिआर परीक्षणका […]

विपद् जोखिम न्युनिकरणमा गम्भिर हुन मुख्यमन्त्रीको निर्देशन

सुर्खेत, २९ असार । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले विपद् जोखिम न्युनिकरणका लागि गम्भिरता पुर्वक लाग्न निर्देशन दिएका छन् । प्रदेश विपद् व्यवस्थापन परिषद्को सोमवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकमा बोल्दै मुख्यमन्त्री शाहीले अबको ३ महिना विपद् प्रतिकार्यमा केन्द्रीत हुनुपर्ने बताए । मुख्यमन्त्री शाहीले विपदको घटना जानकारी पाउने वित्तिकै प्रभावकारी रुपमा उद्धारकार्य गर्न निर्देशन […]

कर्णालीका जनप्रतिनिधिलाई सुविधै सुविधा, (कस्ले कति पाउँछन् ?)

सुर्खेत, २९ असार । कर्णाली प्रदेशका जनप्रतिनिधिहरु लाई तलव तथा सेवा सुविधा पाउने बाटो खुलेको छ । प्रदेश संसदले स्थानीय तहका पदाधिकारीको सेवा सुविधा सम्बन्धी वियेयक संशोधनसहित पारित गरेपछि यो बाटो खुला भएको हो । योसँगै अब यहाँका जनप्रतिनिधिले मासिक रुपमा तलव र अन्य सेवा सुविधा पाउने कानुनी बाटो खुलेको हो । प्रदेश सभाको शनिवार […]