राज्यमन्त्री रावत अस्पताल भर्ना

काठमाडौँ, २८ असार ।

स्वास्थ्य राज्यमन्त्री नवराज रावत आइतबार बाँसबारीस्थित शहीद गंगालाल हृदय केन्द्रमा भर्ना भएका छन् । मुटुमा समस्या देखिएपछि स्वास्थ्यमन्त्री अस्पतालमा भर्ना भएका हुन् ।

परीक्षणपछि उनको आजै एन्जीओप्लास्टी गरिएको राज्यमन्त्री रावतका सचिवालय सदस्य टपेन्द्र बिसीले जानकारी दिए । विसीका अनुसार अस्पतालका निर्देशक डा चन्द्रमणी अधिकारी नेतृत्वको टोलीले उनको एन्जीओप्लास्टी गरेको हो । असहजता महसुस गरेपछि गत बिहीबार वीर अस्पतालमा होलवडी चेकअप गर्न गएको र सो क्रममा मुटुमा समस्या रहेको हुनसक्ने संकेत देखा परेपछि आज थप परीक्षणका लागि गंगालाल अस्पताल पुगेको बिसीले बताए ।

‘वीरमा उपचारगरेपछि मुटुमा समस्या हुनसक्ने संकेत देखिएपछि गंगालालमा गएका थियौँ, सो क्रममा मुटुका केही नसामा ब्लक देखियो’ विसीले भने, ‘त्यसपछि उहाँको एन्जियोप्लास्टी गरियो । अहिले अवस्था सामान्य उन्मुख हुँदैछ ।’ चिकित्सकलाइ उद्रित गर्दै विसीले सोमबार बेलुकासम्म मन्त्री रावत डिस्चार्ज हुनसक्ने बताए।

(नेपाल दर्शनबाट साभार)

राज्यमन्त्री रावत अस्पताल भर्ना

व्यवसायीद्धारा राष्ट्र बैंकलाई २७ बुँदे मागपत्र

Leave a comment

Your email address will not be published. Required fields are marked *