मध्यपश्चिम र वाणिज्य विश्वविद्यालय चीन बीच सम्झौता

सुर्खेत, २६ असार । मध्यपश्चिमान्चल विश्वविद्यालय सुर्खेत र हपेई अर्थशास्त्र तथा वाणिज्य विश्वविद्यालय सिजियाच्वांङग चीन बीच शैक्षिक तथा अनुसन्धान विकासमा सहकार्य गर्नका लागि सम्झौता भएको छ । २०७७ असार २ गते मध्यपश्चिमान्चल विश्वविद्यालय तर्फबाट उपकुलपति प्रा.डा. नन्दबहादुर सिंह र हपेई अर्थशास्त्र तथा वाणिज्य विश्वविद्यालय तर्फबाट उपकुलपति प्रा.डा. हे छिछ्याङ्गले सम्झौता पत्रमा हस्ताक्षर गरेको विश्वविद्यालयका उपप्राध्यापक […]

पहिरोमा परी आमा छोराको मृत्यु

प्रचण्ड खत्री । रुकुम पश्चिम, २६ असार । रुकुम पश्चिममा लगातार परेको वर्षाका कारण आमा छोराको मृत्यु भएको छ । बिहिबार राति देखि परेको पानीका कारण एकै घरका २ जनाको मृत्यु भएको हो । आठबीसकोट नगरपालिका ३ का २८ वर्षीय सीता दमाई र उनका ६ वर्षीय छोरा हाबिल परियारको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको […]

जाजरकोटमा पहिरोमा परी एकको मृत्यु, ११ जना वेपत्ता

जाजरकोट, २६ असार । पहिरोमा परी जाजरकोटमा एक जनाको मृत्यु भएको छ भने ११ जना वेपत्ता भएका छन् । गाउँपालिकाको वडा नं. ४ स्थित सार्की टोलमा दुई घर पुरिएर १ जनाको मृत्यु भएको हो भने ११ जना वेपत्ता भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द्रबहादुर सिंहले जानकारी दिए । मृत्यु हुनेको परिचय भने खुल्न सकेको छैन […]

म्याग्दीमा बाढी र पहिरोमा पुरिएर १० जनाको मृत्यु

म्याग्दी, २६ असार । अविरल वर्षाका कारण म्याग्दीमा बाढी र पहिरोमा पुरिएर १० जनाको मृत्यु भएको छ । बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण १२ जना बेपत्ता भएका छन् । बाढी तथा पहिरोमा परेर मालिका गाउँपालिका–७, विममा ८ जना र धवलागिरी–७, ताकममा दुई जनाको ज्यान गएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिए । […]

सुनको मूल्य घट्यो

काठमाडौं, २६ असार । शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार छापावाला सुनको मूल्य ९२ हजार २०० रुपैयाँमा कारोबार भएको छ । बिहिबार तोलामा ९२ हजार ४०० रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको सुनको मुल्यमा शुक्रबार तोलामा २०० ले कमि आएको हो । यस्तै, तेजावी सुन ९१ हजार ७६० रुपैयाँमा कारोबार भएको महासंघले […]

मनकारी घरबेटी दीपक

सुर्खेत, २६ असार । कोरोना भाइरस (कोभिड–१९) महामारीबाट बच्न देशमा लकडाउन गरिएको छ । लकडाउन कै कारण धेरैको रोजीरोटी समेत गुमेको अवस्था छ । लकडाउन खुकुलो भएपनि यसको प्रत्यक्ष मारमा ज्याला मजदुरीले जीविका चलाउँदै आएका व्यक्ति तथा घरभाडामा बस्नेहरुलाई परेको छ । लामो लकडाउनले गर्दा मजदुरले काम गर्न पाएनन् भने व्यापारीले व्यापार । काम गरेरै […]

मेसिन थपिए, परीक्षण बढेन

सुर्खेत, २६ असार । बैशाख २० गते कर्णाली प्रदेशमा पहिलो पटक कोरोना परीक्षण गर्ने पीसीआर मेसिन भित्रियो । प्रोटेबल साइजको त्यो मेसिनबाट दैनिक १० देखि १५ जनाको मात्रै स्वाब परीक्षण गर्न सम्भव भयो । संक्रमित क्षेत्रबाट आएका सबैको परीक्षण सम्भव नभएपछि बैशाख दोस्रो साता सुर्खेत र जुम्लामा ठूला क्षमताका पीसीआर मेसिन थपिए । जेठ ५ […]

विद्यार्थी भर्ना नलिन निर्देशन

सुर्खेत, २६ असार । वीरेन्द्रनगर नगरपालिकाले अहिले विद्यार्थी भर्ना नगर्न निर्देशन दिएको छ । केही विद्यालयहरुले भर्ना अभियान चलाइरहेका बेला नगर शिक्षाले तत्काल भर्ना नलिन निर्देशन गरेको हो । शिक्षा शाखा प्रमुख उपसचिव ललितविक्रम सिंहका अनुसार कुनैपनि विद्यालयले विद्यार्थी भर्ना गर्न नपाउने बताए । वीरेन्द्रनगरका केही विद्यालयहरुलाई क्वारेन्टाइन बनाइएको र कोरोना भइरसको संक्रमण कायमै रहेको […]

आजदेखि सार्वजनिक यातायात चल्ने

काठमाडौं, २६ असार । आजदेखि सार्वजनिक यातायात खुल्ने भएका छन् । सरकारले आजबाट सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने भएको हो । यद्यपी सम्बन्धित जिल्लामा मात्र यातायात चलाउन पाइने छ । सार्वजनिक यातायात सञ्चालकले सुरक्षाका मापदण्ड पूरा गरेर यातायात सञ्चालन गर्नुपर्ने छ । सार्वजनिक यातायातमा सामाजिक दूरी कायम गर्दा सिट क्षमताको आधा र सिटको एउटा […]

बाबाको संघर्षले व्यवसायमा प्रेरणा मिल्यो

जीवनमा हरेक व्यक्तिले जीविकोपार्जनका लागि कुनै न कुनै काम गरिरहेका छन् । तर सबैको कामको प्रकार भने एउटै छैन । कसैले सडकमा गिट्टी कुटेर जीविकोपार्जन गरिरहेका छन् । त कसैले व्यापार, व्यवसाय, नोकरीदेखि राजनीतिसम्म । यहाँ सबैलाई बाँच्नका लागि कुनै न कुनै काम गर्नुनै पर्ने बाध्यता छ । कोही समाजसेवा र प्रतिष्ठाका लागि काम गर्छन् […]

गाँउपालिका प्रमुखविरुद्ध ५८ जना कर्मचारीको उजुरी

मुगु, २६ असार । कोरोना राहत कोषको रकम अनियमिता भएको भन्दै सोरु गाँउपालिका प्रमुख लोकबहादुर शाहीले प्रमुख प्रशासकीय अधिकृत र लेखापालविरुद्ध प्रशासनमा उजुरी दिएका थिए । त्यसको केही दिनमै पुन गाँउपालिका प्रमुखविरुद्ध कर्मचारीले उजुरी दर्ता गराएका छन् । राहत कोषमा बचेको १९ लाख रकम प्रमुख प्रशासकीय अधिकृत धान्ने बुढा र लेखापाल जेठबहादुर बुढाले हिनामिना गरेको […]

भोकमरीको चिन्ता

जाजरकोट, २६ असार । बारेकोट गाउँपालिका ३ का मुनबहादुर नेपाली यतिबेलाला निकै तनावमा छन् । घरखर्च कसरी टार्ने भन्ने चिन्ताले उनी तनावमा परेका हुन् । ‘अहिलेसम्म त जेनतेन टारें तर अब भने कसरी जहान केटाकेटी पाल्ने भन्ने चिन्ताले सताइरहेको छ । ६ जनाको परिवार छ । घरमा खाद्यान्न स्टक छैन । हातमा पैसा पनि छैन […]

ट्रयाक्टर दुर्घटना

तुलराज पाण्डे कालिकोट, २५ असार । कालिकोटको कर्णाली करिडोरको सान्तिघाटमा ट्याक्टर दुर्घटना भएको छ। अमन एण्ड निसा कन्सट्रक्सनको नाममा रहेको ट्याक्टर दुर्घटना भएको हो । ट्याक्टर कर्णाली नदीबाट बालुवा बोकेर सान्नि त्रिब्रेणि स्थित वडा नं ४ को ट्राउडमाछा उत्पादनका लागि निर्माण भईरहेको माछापोखरिमा बालुवा लिएर जानेक्रममा सान्तिघाट चिलखोलेसमा दुर्घटना भएर ट्याक्टर खोलामा खसेको प्रहरीले जनाएको […]