जाजरकोटमा पहिरोमा परी एकको मृत्यु, ११ जना वेपत्ता

जाजरकोट, २६ असार ।
पहिरोमा परी जाजरकोटमा एक जनाको मृत्यु भएको छ भने ११ जना वेपत्ता भएका छन् । गाउँपालिकाको वडा नं. ४ स्थित सार्की टोलमा दुई घर पुरिएर १ जनाको मृत्यु भएको हो भने ११ जना वेपत्ता भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द्रबहादुर सिंहले जानकारी दिए ।
मृत्यु हुनेको परिचय भने खुल्न सकेको छैन । उद्दारका लागि विहानै देखि वडा र गाउँपालिकाका कर्मचारी खटिएको समेत बताए । सुरक्षाकर्मी घटनास्थल भन्दा धेरै टाढा भएकोले उद्धारमा जाँदै गरेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।









