राजीको उपचारमा असिम अटो पार्टसद्धारा सहयोग

सुर्खेत, २६ असार ।

ओष्टेओमाईटिस (हड्डी पाक्ने) रोगबाट ग्रसित भएका पञ्चपुरीका एक बालकको उपचारमा असिम अटो पार्टसले आर्थिक सहयोग गरेको छ । पञ्चपुरी नगरपालिका वडा नं १० चाम्रीका १५ बर्षिय चन्द्र राजीको उपचारमा असिम अटो पार्टस वीरेन्द्रनगर सुर्खेतले नगद १० हजार रुपयाँ सहयोग गरेको हो ।

विभिन्न सञ्चार माध्यममा आएको जानकारीका कारण विरामी बालकको सिघ्र स्वास्थ्य लाभको कामनासहित असिम अटो पार्टसका सञ्चालक लक्ष्मण कडेल र शोभा कार्कि कडेलले नगद १० हजार आर्थिक सहयोग गरेका हुन् । राजी बालकको दुवै खुट्टा हड्डी पाक्ने रोगबाट ग्रहित भएको र उपचारमा आर्थिक अभाव कारण करिब ३ हप्तादेखि कर्णाली प्रदेश अस्पताल सुर्खेतको आइसियुमा भर्ना भएका छन् ।

दुबै खुट्टा पाकेको अवस्थामा आइसीयुमा उपचार भैरहेको र अस्पतालले उपचारको लागि आइसोलेसन वार्ड, अप्रेशन, सामान्य औषधी, तथा खानाको व्यवस्था अस्पतालले आफैले गरेको अस्पताल निर्देशक डा डम्बर खड्काको जानकारी दिए । आर्थिक अवस्था कमजोर भएका राजीको उपचारमा प्रदेश अस्पतालले आइसियु खर्च, अप्रेशन खर्च, सामान्य केहि औषधी खर्च, खाना खर्च लगायतको व्यवस्थापन निशुल्क गरेता पनि अन्य औषधी खर्च, रगत व्यवस्थापन लगायत विभिन्न खर्च धान्नका लागि सहयोगको याचना गरिएको राजी शाल्म समाज सुर्खेतका सचिव अशोक राजीले बताए ।

चन्द्र राजीको उपचारमा सहयोगी मनहरुले राष्ट्रिय बाणिज्य बैक सुर्खेतको चल्ती खाता नम्बर ८४६६ मा सहयोग जम्मा गर्न सकिने पनि राजी शाल्म समाज सुर्खेतले जानकारी दिएको छ ।

राजीको उपचारमा असिम अटो पार्टसद्धारा सहयोग

सात जनाको मृत्यु, पाँच जना वेपत्ता

राजीको उपचारमा असिम अटो पार्टसद्धारा सहयोग

मानव अधिकार रक्षकलाई तालिम

Leave a comment

Your email address will not be published. Required fields are marked *