कालिकोटमा अनेरास्ववियुको प्रदर्शन

तुलराज पाण्डे

कालिकोट, २५ असार ।

कालिकोटमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले प्रर्दशन गरेका छन् । नेपाल कम्युनिस्ट पाटी (नेकपा) पाटी र सरकारको चर्को विरोध भैहिरहेको बेला कालिकोटमा अनेरास्ववियुले पाटीमा उत्पन्न बिवाद समाधान गर्नुपर्ने भन्दै विहीवार प्रर्दशन गरेका हुन् ।


अनेरास्ववियुका केन्द्रीय सदस्य भिम प्रसाद आचार्यको नेतृत्वमा गरिएको प्रर्दशनमा फुटेर हैन जुटेर स्थायी सरकारको विकल्प छैन जस्ता नारा लगाएका थिए ।

कोणसभामा अनेरास्ववियुका नेता लक्ष्मण कुमार शाही (क्षितिज) ले सम्बोधन गरेका थिए । तत्कालीन अनेरास्ववियुका नेता लक्ष्मण कुमार शाहीले समायोजन पछिको घोषणामा देखिएको केही विवाद अन्त्य भएको जानकारी दिए । उनले पार्टी या संगठन विधि र नीतिमा चल्नुपर्ने बताए ।

त्यस्तै अनेरास्ववियु कालिकोट जिल्लाका संयोजक मनसिहं शाहीले अनेरास्ववियुको मत शासन व्यक्तिको होइन बिधिको हुनुपर्छ भन्ने रहेको बताए । कोणसभाको समापन गर्दै अनेरास्ववियुका केन्द्रीय सदस्य भिम प्रसाद आचार्यले पाटीका भातृसंगठनले व्यक्तिको पक्षमा होइन पार्टी र विधिको पक्षमा लाग्न सम्पूर्ण विद्यार्थीहरु लाई आग्रह समेत गरे ।

कालिकोटमा अनेरास्ववियुको प्रदर्शन

भोलिदेखि सार्वजनिक सवारी सञ्चालन गर्न पाइने

कालिकोटमा अनेरास्ववियुको प्रदर्शन

डोल्पाका महिलामा पाठेघर खस्ने समस्या विकराल

Leave a comment

Your email address will not be published. Required fields are marked *