कर्णालीमा थप ३० जना कोरोना संक्रमणमुक्त

सुर्खेत, २५ असार ।

कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त हुनेको संख्यामा बृद्धि भएको छ । विहीवार थप ३० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्र्तगतको स्वास्थ्य महाशाखाका अनुसार कर्णालीमा थप ३० जना कोरोना संक्रमणमुक्त भएका हुन् ।

दैलेखको दुल्लु अस्पतालबाट १० जना, प्रदेश अस्पताल सुर्खेतबाट १३ जना र रुकुमपश्चिम चौरजहारी अस्पतालबाट ७ जना कोरोना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ । योसंगै कर्णालीमा कोरोनामुक्त हुनेको संख्या एक हजार तीन सय २१ पुगेको छ । कोरोना संक्रमित २ सय ३४ जनाको विभिन्न अस्पताल र आइसोलेसनमा उपचार भइरहेको छ ।

त्यस्तै, कर्णालीमा विहीवार थप ११ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । प्रदेश अस्पताल, पशुपक्षी अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा ६ जना र रुकुमपश्चिमको चौरजहारी नगरपालिकाको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा ५ जना गरी ११ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

प्रदेश अस्पताल, पशुपक्षी अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका ५ जना, दैलेखका १ जना, रुकुमपश्चिमको चौरजहारी पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा रुकुमपश्चिमका ४ जना र जाजरकोटका १ जनामा कोरोना संक्रमण देखिएको डा. तिवारीले बताए । यो संगै कर्णालीमा कोरोना संक्रमितको संख्या एक हजार ५ सय ६१ पुगेको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *