मासुको मुल्य घटाउन व्यवसायी र प्रशासनबीच सहमति

सुर्खेत, १८ असार ।

वीरेन्द्रनगरमा बोईलरको मासु प्रतिकेजी चार सय ५० रुपैयाँमा विक्रि वितरण गर्न व्यवसायीहरुसंग सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतमा विहीवार भएको छलफलमा प्रशासन र वीरेन्द्रनगर, मासु व्यवसायी, उत्पादक कृषक र उपभोक्ता अधिकारकर्मी बीच बोईलरको मासुको मुल्य घटाउने सहमति भएको हो ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले १५ दिनसम्मबोईलरको मासुमा ५० रुपैयाँ घटाउने र फेरी अर्काे छलफल गरी नयाँ मुल्य निर्धारण गरिने जानकारी दिए । उनले भने, ‘व्यवसायीहरुसंग बोईलरको मासु प्रति केजी चार सय ५० रुपैयाँमा विक्रि वितरण गर्ने सहमति भएको छ, यो मुल्य १५ दिनका लागि मात्र हो ।’

कोरोनाको महामारीका कारण बाहिरी जिल्लाबाट कुखुरा नआउने र बोईलरको अभावका कारण मासुको मुल्य बढाउन बाध्य भएको कुखुरा व्यवसाय संघको अध्यक्ष जनल ढकालले बताए । यसअघि वीरेन्द्रनगरमा बोईलरको मासु प्रतिकेजी ५ सय का दरले विक्रि वितरण हुँदै आइरहेको थियो ।
यस्तै, खसीको मासु र लोकल कुखुराको मासुमा भने पहिले कै मुल्य कायम गरिएको छ । खसी र लोकल कुखुराको मासु प्रतिकेजी ८ सय रुपैयाँमा विक्रि वितरण हुँदै आएको छ ।

मासुको मुल्य घटाउन व्यवसायी र प्रशासनबीच सहमति

सल्यानको क्वारेन्टाइनबाट ७१ जना भागे

मासुको मुल्य घटाउन व्यवसायी र प्रशासनबीच सहमति

लक्ष्मी बैंक सल्लि शाखाको तेस्रो वार्सिक उत्सव

Leave a comment

Your email address will not be published. Required fields are marked *