आजदेखि पुनः श्रम स्वीकृति खुला

काठमाडौं, १८ असार । सरकारले झण्डै चार महिनापछि आजदेखि पुनः श्रम स्वीकृति खुला गरेको छ । कोरोना भाइरसको महामारीको कारण चार महिनादेखि श्रम स्वीकृति रोकिएको थियो ।

बिदामा नेपाल आएका तथा करार अवधि बाँकी रहेकाको हकमा कोभिड–१९ परीक्षण र स्वास्थ्य सम्बन्धी प्रोटोकलको पालना गर्ने गरी वैदेशिक रोजगारीमा जान दिने निर्णय भएको हो ।

करार अवधि समाप्त भई पुनः करार नवीकरण गरेका र भिसाको म्याद थप भएका व्यक्तिले आवश्यक कागजातसहित निवेदन दिए, कोभिड–१९ परीक्षण र स्वास्थ्य सम्बन्धी प्रोटोकलका आधारमा पुनः श्रम स्वीकृति जारी गर्ने भएको हो ।

पुनः श्रम स्वीकृति पाए पनि अन्तर्राष्ट्रिय उडान भने साउन ७ गतेसम्म बन्द छ ।

(बाह्रखरीबाट साभार)

Leave a comment

Your email address will not be published. Required fields are marked *