वर्षौपछि बल्लतल्ल जग्गाधनी लालपुर्जा
सुर्खेत, ५ असार । सुर्खेतको लेकवेशी नगरपालिका–४, लेकफर्साका देबबहादुर बुढाक्षेत्री उमेरले ६५ वर्षका भए । जीवनको उत्तरार्धमा पुगेका देबबहादुर शुक्रबार प्रसन्न मुहारमा देखिन्थे । आफ्नो उर्जाशिल उमेर खर्चेर आर्जन गरेको जग्गाको मालिक हुन नपाएका उनी जीवनको उत्तरार्धमा आउँदा त्यही जग्गा आफ्नो नाममा दर्ता होला भन्ने उनलाई लागेकै थिएन । २०१७ सालको पञ्चायतसँगै जन्मेका देबबहादुर २०४६ […]




