जेन–जी आन्दोलन प्रहरीको गोलीले सन्तोषका गुमे दुवै आँखाका नानी

सुर्खेत, १४ असोज । जेन–जी आन्दोलनका क्रममा घाइते भएका सन्तोष बोहोरा जीवन र मृत्युको दोबाटोमा अस्पतालको आईसीयूमा छटपछाइरहेका छन् । २६ वर्षीय बोहोरा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२, ठौरी निवासी हुन् । आन्दोलनका क्रममा वीरेन्द्रनगर–७, इत्राममा २४ भदौमा प्रहरीले चलाएको गोली दाहिने आँखामा लागेर उनी घाइते भए । अहिले उनको नेपालगञ्ज शिक्षण अस्पतालमा उपचार भइरहेको छ । […]

अटेरी कर्णालीका कर्मचारीले म्याद गुज्रिँदा पनि बुझेनन् रमाना

सुर्खेत, ६ असोज । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले ३० साउन २०८२ मा आफू मातहतका मन्त्रालय तथा निकायका कर्मचारीलाई सरुवा गर्‍यो । मन्त्रीपरिषद् कार्यालयले विभिन्न सेवा/समूहका राजपत्र अनंकित द्वितीय श्रेणीदेखि वरिष्ठ शाखा अधिकृत आठौं तहसम्मका ८३ कर्मचारीलाई मातहतका मन्त्रालय, निकाय तथा जिल्लास्थित कार्यालयमा सरुवा र कामकाजमा खटाएको थियो । तर, यसरी खटाइएका अधिकांश […]

दैलेखमा प्राकृतिक ग्याँसको व्यवसायिक  उत्पादनमा सघाउन चिनियाँ सरकारलाई पत्र 

ओम शाही सुर्खेत, १६ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली शनिबार (१४ भदौं) देखि उत्तरी मित्रराष्ट्र चीनको पाँच दिने औपचारिक भ्रमणमा छन् । ओली प्रधानमन्त्री भएपछिको दोस्रो पटक चीन भ्रमणमा छन् । चिनियाँ राष्ट्रपतिको निमन्त्रणामा प्रधानमन्त्री १८ भदौसम्म चीनमा रहनेछन् । प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा भारतले ओगटेको नेपाली भूमि लिपुलेकमा चीनले व्यापार मार्ग खोल्नेबारे भारतसँग […]

कर्णालीमा बन्यो जीवनाशक विषादी व्यवस्थापन ऐन : जथाभावी प्रयोगदेखि विक्रीवितरणमा रोक

सुर्खेत, ९ भदौ । कर्णाली प्रदेश सरकारले प्रदेश स्थापना भएको आठ वर्षपछि जीवनाशक विषादी व्यवस्थापन गर्न कानून बनाएको छ । संघीय सरकारले जीवनाशक विषादी व्यवस्थापन सम्बन्धि कानून बनाउने अधिकार दिएको भएपनि कर्णालीले संघीयता कार्यान्वयनको १० वर्ष पुग्नै लाग्दासमेत यो कानून बनाउन सकेको थिएन । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मान्त्रालयले कर्णाली प्रदेश जीवनाशक विषादी […]

मिरा पन्त : जसले ‘महिलाले सक्दैनन्‌’ भन्ने सोच तोड्दैछिन्‌

सुर्खेत, २९ साउन । महिलाले सक्दैनन्‌’ भन्ने पुरातनवादी मानसिकताबाट ग्रसित छ, नेपाली समाज । चाहे गाउँ होस् या सहरी क्षेत्र । महिलाले कुनै अवसर मागे उनीहरुलाई ‘असक्षमताको बिल्ला’ भिराउने प्रवृत्ति छ । तर ‘अवसर दिए काम गरेर देखाउन सक्छु, म पनि सक्षम छु’ भन्ने उदाहरण पेश गरेकी छिन्, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ की […]

अब यसरी हुँदैछ वीरेन्द्रनगरको निगरानी  संवेदनशील क्षेत्रमा जोडिँदैछन् सीसी क्यामरा

ओम शाही सुर्खेत, १५ साउन । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मुटु मंगलगढी चौकमा गत साता एका विहानै एक युवकमाथि चक्कु प्रहार भयो । अपरचित व्यक्तिहरुले ती युवकको आँखामा लक्षित गरी चक्कुु प्रहार गरेका थिए । चक्कु प्रहारबाट गम्भीर घाइते भएका उनको उपचार जारी छ । वीरेन्द्रनगरमा बढी मानिसको आवतजावत हुने मुख्य क्षेत्रमा भएको चक्कु प्रहारको घटनामा […]

अख्तियार दाहिने बन्दा ओझलमा ‘रारा पर्यटन वर्ष’ उद्घाटनको भ्रष्टाचार प्रकरण

सुर्खेत, १५ साउन । २६ फागुन २०७४ मा तत्कालिन कर्णाली प्रदेश सरकारको दोस्रो मन्त्रीपरिषद् बैठक बस्यो । उक्त बैठकले १ वैशाख २०७५ मा मुगुको रारातालमा कर्णाली रारा पर्यटन वर्ष–२०७५ मनाउने घोषणा गरयो । रारातालमा पर्यटन वर्ष मनाउन विभिन्न समिति तथा उपसमिति गठन गर्ने निर्णयसमेत उक्त मन्त्रीपरिषद् बैठकबाट भएको थियो । सोही बमोजिम २८ चैत २०७४ […]

कर्णाली सरकारले सुरु गरयो घर बीमा कार्यक्रम : पहिलो चरणमा १५ पालिकाका १६ हजार निजी आवासीय घरको विपद् बीमा

सुर्खेत, १३ साउन । कर्णाली प्रदेश सरकारले विपद् जोखिम क्षेत्रमा अवस्थित निजी आवासीय घरको बीमा कार्यक्रम सुभारम्भ गरेको छ । प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत कर्णाली प्रदेशमा स्थायी बसोवास गर्ने नागरिकका निजी आवसको बीमा गर्ने कार्यक्रम अघि बढाइएको हो । जसअन्र्तगत पहिलो चरणमा कर्णालीका १५ स्थानीय तहका दुई सय १३ वडाका १६ हजार […]

सुर्खेतमा एक वर्षमै ३८ जनाले सडक दुर्घटनामा गुमाए ज्यान

सुर्खेत, ११ साउन । सुर्खेतमा एक वर्षको अवधिमा सडक दुर्घटनामा परी ३८ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेत उपलब्ध गराएको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा जिल्लाभर चार सय २३ सडक दुर्घटना भएका छन् । जसमा ३८ जनाले सडकमै ज्यान गुमाउँदा नौ सय ३६ जना घाइते भएका छन् । मृत्यु […]

कर्णालीको बजेट कार्यान्वयन मार्गदर्शन : कार्तिक अगावै खरिद प्रक्रिया सम्पन्न नभए बजेट रोक्का हुने

सुर्खेत, ११ साउन । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/०८३ को बजेट मितव्यी र प्रभावकारी कार्यान्वयन गर्न ७१ बुँदे मार्गदर्शन जारी गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयबाट जारी मार्गदर्शनमा आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजित बजेट प्रचलित कानून र स्थापित प्रणाली बमोजिम खर्च गर्न र खर्चको लेखा चुस्त राख्न प्रदेशगत मन्त्रालय र […]

साँझ परयो कि मोबाइलको नेटवर्क डाउन, नागरिकलाई सास्ती

सुर्खेत, ११ असार । कर्णाली प्रदेशको राजधानी मुकाम सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाबाट २६ किलोमिटरको दुरीमा अवस्थित छ, बराहताल गाउँपालिकाको प्रशासनिक केन्द्र बड्डिचौर । विकासको अग्रलय समातेको वीरेन्द्रनगरसँग छोटो दुरीमा जोडिएका पालिका मध्ये सम्भवत बराहताल नै पहिलो हो । भौगोलिकरुपमा प्रदेशकै सुगम वीरेन्द्रनगरको पश्चिमतर्फको भूभागसँग उत्तर दक्षिण सटिएको छ बराहताल । वीरेन्द्रनगरले पूर्वाधार विकासमा छलाङ्ग मार्दा बराहताल […]

साउनदेखि कार्तिकसम्म डेङ्गी संक्रमणको जोखिम, सुर्खेतमा लामुखुट्टे ‘खोज र नष्ट गर’ अभियान चलाइँदै

सुर्खेत, ६ असार । सुर्खेतमा लामखुट्टेको टोकाईबाट हुने डेङ्गी संक्रमणको जोखिम बढ्दै गएको पाइएको छ । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले उपलब्ध गराएको तथ्यांक अनुसार जिल्ला भर पाँच आर्थिक वर्षको अवधिमा पाँच हजार आठ सय ५३ जनामा डेङ्गी संक्रमण पुष्टि भएको छ । तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/०७८ मा ६ सय ३९ जनामा डेङ्गी संक्रमण पुष्टि […]

कर्णालीमा भेटिए ५४ वटा तुइन, विस्थापन गर्न ३७ करोड बजेट

सुर्खेत, ६ साउन । कर्णाली प्रदेशभर नदी, खोलानाला तथा खोल्साखोल्सी तर्न प्रयोग गरिने तुइनको संख्या ५४ रहेको पाइएको छ । तुइनमुक्त प्रदेश बनाउन सरकारले अघि सारेको कार्यक्रम अन्तर्गत भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले संकलन गरेको विवरण अनुसार कर्णालीका सात जिल्लामा अझै पनि खोला तथा नदी तर्न तुइन प्रयोग हुने गरेको पाइएको हो । मन्त्रालयले […]