पर्यटकको गन्तव्य बन्दै कर्णाली ६ महिनामा भित्रिए पाँच लाख पर्यटक
सुर्खेत, ३ साउन । कर्णाली प्रदेशमा ६ महिनाको अवधिमा पाँच लाख पर्यटक भित्रिएका छन् । नेपाल राष्ट्र बैंक कर्णाली प्रादेशिक कार्यालय सुर्खेतले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को अर्धवार्षिक अध्ययन प्रतिवेदनले विगतको तुलनामा कर्णालीमा पर्यटकको आवागमन ११ प्रतिशतले बृद्धि भएको देखाएको छ । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि पुस महिना अर्थात ६ […]