युथ १९ राष्ट्रिय क्रिकेटले दिएको सन्देश

पदमबहादुर खड्का
अध्यक्ष,
कर्णाली प्रदेश क्रिकेट संघ

नेपाल क्रिकेट संघ (क्यान) को मुख्य आयोजना, कर्णाली प्रदेश क्रिकेट संघको सहआयोजनामा मिति २०८२ जेठ १९ गतेदेखि ३१ गतेसम्म सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित टी.बी शाह स्मृति युथ १९ प्रथम राष्ट्रिय क्रिकेट प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ । यो केवल एक खेलकुद प्रतियोगिताको समापन मात्र नभएर कर्णाली प्रदेशको खेलकुद क्षेत्रमा नयाँ इतिहासको सुरुवात हो ।

जब हामीले यो प्रतियोगिता आयोजना गर्ने निर्णय गर्यौं, त्यतिखेर धेरैलाई यो कर्णालीमा सम्भव होला र भन्ने किसिमका शंका र चिन्ता थिए । तर झण्डै दुई हप्ताको अवधिमा २२ वटा खेलहरु सफलतापूर्वक सम्पन्न भएसंगै यो प्रतियोगिताले नेपालभरका युवा क्रिकेटरहरूलाई आप्mनो प्रतिभा उजागर गर्ने उत्कृष्ट अवसर प्रदान गरेको छ । देशका सातैवटा प्रदेशबाट आएका प्रतिभाशाली खेलाडीहरूले वीरेन्द्रनगरको मैदानमा देखाएको कौशलता र खेल भावनाले सबैलाई मुग्ध बनायो । यो प्रतियोगिताले कर्णाली प्रदेशमा क्रिकेटको जरा गहिरो पार्ने काम गरेको छ । खेलाडीहरूमा देखिएको उत्साह र क्रिकेटप्रेमीहरूको स्नेहले हामीलाई यो प्रतियोगिता आयोजना गर्ने निर्णय सही थियो भन्ने पुष्टि गरेको छ ।

यो सफलता कुनै एक व्यक्ति वा संस्थाको एक्लो प्रयासको परिणाम होइन। यो त सबै सरोकारवालाहरूको संयुक्त प्रयास, समर्पण र दृढ संकल्पको फल हो। नेपाल क्रिकेट संघको दूरदर्शी नेतृत्वले क्यानका पूर्व वरिष्ठ उपाध्यक्ष स्व. तारिणीविक्रम शाह (टी.बी)ज्यूको स्मृति र सम्मानमा उमेर समूहको क्रिकेट प्रतियोगिता वार्षिक रुपमा आयोजना र त्यसमापनि प्रतियोगिताको शुरुवात कर्णालीबाट गर्ने ऐतिहासिक निर्णय गर्यो यसबाट नेपाली क्रिकेट नयाँ चरणमा प्रवेश गरेको छ ।

प्रतियोगिता सञ्चालनका लागि कर्णाली प्रदेश क्रिकेट संघका पदाधिकारी र सदस्यलगायत सबै साथीहरुले दिनरात नभनी व्यवस्थापनमा दत्तचित्त भएर खटिएकै कारण आज हामी सबैले सफलताको श्रेय पाएका छौं । यसैगरी स्थानीय प्रशासनदेखि सुरक्षा निकायसम्म, प्रायोजकदेखि स्वयंसेवकसम्म, मिडियादेखि दर्शकसम्म सबैले आ–आफ्नो भूमिका निर्वाह गरे। यो सामूहिकताको भावना नै हाम्रो सफलताको मूल आधार हो ।

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष, उपाध्यक्ष, सचिव र सम्पूर्ण कार्यकारिणी समितिका सदस्यहरूले देखाएको विश्वास र निरन्तर सहयोगका लागि विशेष धन्यवाद । उहाँहरूको कुशल नेतृत्वमा नेपाली क्रिकेट नयाँ उचाइँमा पुगिरहेको महशुस आम क्रिकेटप्रेमीहरुले पनि गरिरहेका छन् । कर्णाली प्रदेश क्रिकेट संघका सम्पूर्ण पदाधिकारी र सदस्यहरूले देखाएको समर्पण अतुलनीय छ। उहाँहरूले यो प्रतियोगितालाई आफ्नो व्यक्तिगत मिशन बनाएर काम गर्नुभयो । प्रतियोगितालाई सफल बनाउन दिनरातको मेहनत गर्नु हुने, क्रिकेटलाई माया गर्नु हुने सबैको समान योगदान छ ।

यसैगरी कर्णाली प्रदेश सरकार, सुर्खेत जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरीलगायत सुरक्षा निकायबाटपनि यथेष्ट सहयोग प्राप्त भयो । प्रायोजक र सहयोगी संस्थाहरूको आर्थिक सहयोग बिना यो प्रतियोगिता सम्भव थिएन। उहाँहरूले नेपाली क्रिकेटमा देखाएको विश्वास प्रशंसनीय छ । मिडिया र पत्रकार साथीहरूले यो प्रतियोगितालाई राष्ट्रियस्तरसम्म कभरेज गरेर चर्चा झन् बढाउनु भयो ।

सुर्खेतका होटल व्यवसायी, यातायात व्यवसायी र अन्य सेवा प्रदायकहरूले देखाएको व्यवहार र सेवा उत्कृष्ट रह्यो भन्ने हाम्रो बुझाई छ । स्वयंसेवकहरूको निस्वार्थ सेवा बिना यो प्रतियोगिता सफल हुन सक्दैनथ्यो। उहाँहरूले हरेक कामलाई आफ्नै मानेर गर्नुभयो भने अम्पायर, अफिसियलहरुलेनि मौसमको प्रभावलाई सहेरै भएपनि आप्mना जिम्मेवारी पूर्ण इमान्दारिताका साथ निर्वाह गर्नुभएको छ ।

समग्रमा भन्ने हो भने यो प्रतियोगिताले कर्णाली प्रदेशको वास्तविक क्षमता देशैभर देखाएको छ । जुन प्रदेशलाई कहिलेकाहीं भौगोलिक दुर्गमताका कारण पछाडि परेको भनिन्थ्यो, त्यही प्रदेशले राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गरेर देशैभरका खेलाडी र अधिकारीहरूलाई प्रभावित पा¥यो । हाम्रो पूर्वाधार, व्यवस्थापकीय क्षमता र स्थानीयहरूको सहयोगले सबैको मन छोएको छ भन्ने विश्वास हामीलाई छ ।

यो प्रतियोगिताले दिएको एउटा स्पष्ट सन्देश के हो भने– कर्णाली प्रदेश आगामी दशौं राष्ट्रिय खेलकुदका लागि पूर्ण रूपमा तयार छ । हामीसँग आवश्यक पूर्वाधार छ, दक्ष जनशक्ति छ र सबैभन्दा महत्वपूर्ण कुरा – खेलकुदप्रेमी जनताको असीम उत्साह छ। दशौं राष्ट्रिय खेलकुदले कर्णालीमा खेलकुदको क्षेत्रमा नयाँ युग सुरु गर्नेछ । यसले हाम्रा युवाहरूलाई नयाँ अवसर प्रदान गर्नेछ, पर्यटन विकासमा योगदान गर्नेछ र समग्र प्रदेशको पहिचान नयाँ उचाइमा पुर्याउनेछ ।

कर्णालीको भूमिमा पहिलो पटक नेपाल क्रिकेट संघको पहिलो औपचारिक तथा राष्ट्रियस्तरको प्रतियोगितालाई व्यवस्थित रुपले सञ्चालन तथा सफलतापूर्वक सम्पन्न गराउँदा हामीलाई अझ बढी उत्साहित बनाएको छ । हामी आगामी दिनहरूमा यस्ता राष्ट्रिय स्तरका क्रिकेट प्रतियोगिताहरू नियमित रूपमा कर्णालीमा आयोजना गर्ने दृढ प्रतिबद्धता व्यक्त गर्दछौं । टी–२० लिग, महिला क्रिकेट प्रतियोगिता, विभिन्न उमेर समूहका प्रतियोगिताहरू र अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलहरू आयोजना गर्ने हाम्रो योजना छ ।

हामी कर्णालीलाई नेपालको क्रिकेटको नयाँ केन्द्र बनाउने सपना देखेका छौं । यहाँका स्थानीय खेलाडीहरूलाई राष्ट्रिय टिममा पुर्याउने, कर्णालीबाट नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउने हाम्रो लक्ष्य छ । यो प्रतियोगिताको समापन वास्तवमा कर्णाली प्रदेशको खेलकुद क्षेत्रमा नयाँ सुरुवातको संकेत हो । हामीले प्रमाणित गरेका छौं कि उचित योजना, समर्पण र सबैको सहयोगमा असम्भव देखिने कुराहरू पनि सम्भव हुन्छन् ।

आज हामी गर्वका साथ भन्न सक्छौं कि कर्णाली प्रदेशमा राष्ट्रियस्तरका खेलकुद प्रतियोगिताहरू आयोजना गर्ने पूर्ण क्षमता छ । यहाँका युवाहरूमा अपार सम्भावना छ । यहाँका जनताहरूमा खेलकुदप्रेमी छ । र सबैभन्दा महत्वपूर्ण कुरा, यहाँको राजनीतिक नेतृत्वमा दूरदर्शिता र खेलकुदप्रतिको असिम् स्नेह छ । यो प्रतियोगिताले कर्णाली प्रदेशको क्रिकेट विकासमा नयाँ आयाम थप्नुका साथै यहाँको आतिथ्यता र व्यवस्थापन क्षमतालाई राष्ट्रिय स्तरमा प्रदर्शन गरेको छ ।

साथै, आगामी दिनमा पनि कर्णालीमा राष्ट्रिय स्तरका क्रिकेट प्रतियोगिताहरू आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं । यो प्रतियोगिताले दशौं राष्ट्रिय खेलकुद जस्ता ठूला आयोजनाहरूका लागि कर्णाली सक्षम र तयार छ भन्ने सन्देश प्रवाह गरेको छ । यो प्रतियोगिताको सफलताले कर्णाली प्रदेशमा क्रिकेटको भविष्य उज्ज्वल रहेको देखाएको छ । आगामी दिनहरूमा पनि यस्ता राष्ट्रिय स्तरका क्रिकेट प्रतियोगिताहरू कर्णाली प्रदेशमा नियमित रूपमा आयोजना गर्ने हाम्रो दृढ प्रतिबद्धता छ । आगामी दिनहरूमा यस्ता थप राष्ट्रियस्तरका प्रतियोगिताहरू कर्णालीमा नियमित आयोजना गर्न हामी प्रतिवद्ध छौं।

नेपाली क्रिकेटको विकासमा कर्णाली प्रदेशको योगदानलाई निरन्तरता दिनेछौं । र दशौं राष्ट्रिय खेलकुदका लागि कर्णाली पूर्ण रूपमा तयार रहेको सन्देश पुनः दोहोर्याउँछौं । यस प्रतियोगिताको सफल आयोजनाले आगामी दशौं राष्ट्रिय खेलकुदका लागि कर्णाली प्रदेश पूर्ण रूपमा सक्षम रहेको स्पष्ट सन्देश दिएको छ । यहाँको पूर्वाधार, व्यवस्थापकीय क्षमता र स्थानीय सहयोगले राष्ट्रिय स्तरका खेलकुद प्रतियोगिताहरू आयोजना गर्न कुनै कमी नरहेको प्रमाणित गरेको छ ।

यो प्रतियोगितालाई सफल बनाउन महत्वपूर्ण जिम्मेवारी, सहयोग र योगदान पुर्याउने सम्पूर्ण पक्षहरू :- खेलाडी, प्रशिक्षक, निर्णायक, आयोजक, प्रायोजक, स्थानीय समुदाय, सञ्चारकर्मी, सुरक्षाकर्मी, स्वयंसेवक तथा दर्शकहरूप्रति फेरि एकपटक हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनहरुमा पनि यसै किसिमको साथ, सहयोग र सहकार्यको अपेक्षा राखेका छौं ।

युथ १९ राष्ट्रिय क्रिकेटले दिएको सन्देश

सम्पादकीय : बफरजोनका नागरिकलाई उपेक्षा नगर

Leave a comment

Your email address will not be published. Required fields are marked *