एकीकृत समाजवादीको दुई महिने अभियान

सुर्खेत, २१ जेष्ठ ।
कर्णाली प्रदेशका प्रत्येक वस्ती तथा जनस्तरमा पुग्न नेकपा एकिकृत (समाजवादी)ले दुई महिने अभियानको सञ्चालन गर्ने भएको छ । बिहिवार र शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा बसेको पार्टीको कर्णाली प्रदेशको तेस्रो पुर्ण वैठकले यस्तो निर्णय गरेको हो ।

पार्टीमा आवद्व सबै नेता कार्यकर्तालाई पार्टीको सांगठनिक, राजनैतिक कामहरुलाई तिब्र रुपमा अगाडी बढाउँदै जनस्तरसम्म पुग्न अभियानका साथ अघि बढ्ने बैठकले निर्णय गरेको हो । पार्टीको दुई महिने अभियानमा संगठनको सुद्विकरण र सुढृतिकरण सम्वन्धि क्रियाकलाप सञ्चालन हुनेछन् ।

अभियानका साथ प्रदेशका प्रत्येक वस्तीको तहसम्म जनस्तरमा पुग्नेगरी पार्टीका नेता र कार्यकर्ताहरु निर्देशन दिइएको छ । यसका साथै बैठकमा विभिन्न सांगठनिक, राजनैतिक तथा समसामयिक प्रस्तावमाथी छलफल भएको नेकपा एकिकृत (समाजवादी) का सुर्खेत जिल्ला अध्यक्ष मोहनसिं बडुवालले जानकारी दिए ।

वैठकमा पार्टीका केन्द्रिय कमिटीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय राजनिति, नेपाल सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०७९–०८० को बजेट, निति तथा कार्यक्रम, स्थानीय तहको निर्वाचनमा पार्टीले खेलेको भूमिका तथा त्यसको परिणाम र आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा पार्टीका नेता कार्यकर्ताले खेल्नुपर्ने भूमिकाका सन्दर्भमा प्रशिक्षण दिएको नेता बडुवालले जानकारी दिए ।

पार्टीका केन्द्रिय कमिटीका उपमहासचिव प्रकाश ज्वालाले कर्णालीमा गठवन्धन राजनैतिक पार्टीहरुका विच देखापरेका समस्या र जिल्ला समन्वय समितिको निर्वाचन, गठवन्धन दलहरुविच सम्वन्ध सुधारको विषय र प्रदेश र प्रतिनिधि सभाको आगामी निर्वाचनसम्म जाँदा संगठन निर्माणका सन्र्दभमा नेता तथा कार्यकर्ताले खेल्नुपर्ने भूमिकाका विषयमा बताएका थिए ।

वैठकले स्थानीय निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार रहेकालाई धन्यवाद, पार्टीको चुनाव चिन्हबाट निर्वाचितलाई बधाई तथा मतदातालाई धन्यवाद दिने निर्णय गरेको छ ।

यसका साथै जनमुखी ढंगले आगामी आर्थिक बर्षका लागि बजेट ल्याउन, बजेटको निति तथा कार्यक्रममा जनमुखी र समाजवादका आधार निर्माण हुनेगरी कार्यक्रमहरु समावेश गर्न कर्णाली प्रदेश सरकारको ध्यानाकर्षण गर्ने बैठकले निर्णय गरेको नेता बडुवालले जानकारी दिए ।

एकीकृत समाजवादीको दुई महिने अभियान

अर्गानिक कर्णालीमा : रासायनिक मल अभावले किसान

Leave a comment

Your email address will not be published. Required fields are marked *