बालविवाह न्यूनीकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

वसन्त कुमार शर्मा
सल्यान २१ जेठ ।
कुमाख गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय रागेचौर सल्यानको आयोजनमा बालविवाह न्यूनीकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

एक दिने अभिमुखिकरण कार्यक्रमको अध्यक्ष कुमाख गाउँपालिकाका उपाध्यक्ष लाल बहादुर रावतले गर्नु भएको थियो ।उक्त कार्यक्रमलाई सम्बोधन गर्दै कुमाख गाउँपालिका भित्र रहेका सात वटा वडा अध्यक्षको सयोजगत्वमा प्रत्येक टोल र बिद्यालयमा बालबिबाह न्यूनीकरण सम्बन्धि एउटा टिम निर्माण गर्ने बताउनुभएको छ ।

उक्त टिमले बालविवाह हुँदै गरेको थाहा पाउन बितिकै नजिकैको प्रहरी र वडा अध्यक्षलाई सम्पर्क गरि तत्काल बिहे रोक्न सहयोग गर्नु पर्ने जिम्मेवारी रहेको बताउदै भन्नू भयो, कर्णाली प्रदेशको बालबिबाह धेरै गर्ने जिल्लामा सल्यान दोस्रो स्थानमा रहेको छ ।

यसलाई निराकरण गर्न आफ्नो उद्देश्य बालबिबाह मुक्त गाउँ पालिका निर्माण गर्ने पहिलो अठोट उल्लेख गर्नु भयो । उक्त कार्यक्रम कुमाख गाउँपालिका निमित प्रमुख प्रशासकिय अधिकृत मान बहादुर बुढाथोकीले बालबिबाहले पार्ने असर जोखिम र ब्यक्ति र परिवारलाई पार्ने नकारात्मक असर ,कानुनी प्राबधान सम्बन्धि प्रशिक्षण दिनु भएको थियोे ।

तपाईंहरु जहाँ हुनुहुन्छ त्यही बाट बालबिबाह न्यूनीकरणमा लागौ बालबिबाह गर्नेलाई सामाजिक रुपमा बहिष्कार गर्ने भोजभतेरमा हामी सहभागी न हौ । बालबिबाह गरेका नमुना जोडिलाई एकपटक यस्तै कार्यक्रममा बोलाएर उनिहरुका अनुभव साटफेर गरौ भन्नू भयो ।

कार्यक्रममा गाउँ पालिका भित्रका विभिन्न शाखामा कार्यरत शाखा प्रमुख,पोषण सहजकर्ता , समुदाय प्रहरी साझेदारी प्रमुख , स्वयंसेबिका , शिक्षक बिद्यार्थी स्थानीय बुद्धि जिबि सहभागीता भएका थिए । कार्यक्रमको सञ्चालन कुमाख गाउँ पालिका महिला सहायक निरीक्षक देबिका केसीले गर्नु भएको थियोे ।

बालविवाह न्यूनीकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

मंसिरमा आम निर्वाचन, एकै चरणमा गर्ने सरकारको

बालविवाह न्यूनीकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

एकीकृत समाजवादीको दुई महिने अभियान

Leave a comment

Your email address will not be published. Required fields are marked *