सिम्तामा प्राइम विमित मृततका परिवारलाई चेक हस्तान्तरण

दुर्गा विसि

 

सुर्खेतको सिम्ता गाउपालिका(वडा ७ काप्रिचौर घरभइ रोजगारीको सिलसिलामा भारतको गुजरातमा गत बैशाख १४ गते कोरना पोजेटिभ भै उपचारको क्रममा मृत्यु भएका इन्द्रबहादुर यरिको घर परिवारलाई प्राइमलाइफ इन्स्योरेन्स कम्पनी सल्लिबजारले २ लाख ८ हजार २ सय रुपैयाको चेक हस्तान्तरण गरेको छ ।

कोभिडकै कारण मृत्यु भएका घर परिवारलाई उक्त रकम घरमै पुगेर हस्तान्तरण कार्यक्रम जनाएको छ ।

सुर्खेत सिम्ता वडा ७ का वडाअध्यक्ष गेहेन्द्र हमाल उपशाखा प्रमुख गोविन्द नगाल क्षेत्रीले संयुक्त रुपमा उक्त चेक हस्तान्तरण गरेका थिए । चेक हस्तान्तरण कार्यक्रम बक्ताहरुले बिमा सर्बोतम बचत मात्रै नभएर सुखदुःख को सारथि पनि भएको बताउनु जनाएका थिए ।

उपशाखा प्रमुख नगालले बिमा भवितब्यमा आइ पर्ने आर्थिक जोखिमबाट बच्नको लागि बिमा गर्नु पर्ने बताए । विमा जोखिम वहन गर्नका लागि महत्त्वपूर्ण साधन वनेको छ ।प्राइमको यो कार्य प्रती विमा प्रती नागरिकको विश्वास वढिरहेको समेत दावि गरिएको छ ।

केही दिन अगाडि सल्लिवजार पनि साढे पाँच लाखको चेक मृत्यु दावि जीवन विमा गरेका एक स्थानीय मृतकका आफ्नतलाइ हस्तान्तरण कार्यक्रममा आयोजना गरिएको थियोे ।

सिम्तामा प्राइम विमित मृततका परिवारलाई चेक हस्तान्तरण

कर्णालीमा कोरोना संक्रमण ख्यालख्यालमै भयाभहको संकेत

सिम्तामा प्राइम विमित मृततका परिवारलाई चेक हस्तान्तरण

सन्दीप लामिछानेले होबार्ट हुरिकेन्सबाटै बिग बास लिग

Leave a comment

Your email address will not be published. Required fields are marked *