कालिकोटमा चार दिनदेखि हराएकी किशोरी मृत फेला

सुर्खेत । कालिकोटमा एक किशोरीको शव मकै बारीमा भेटिएको छ।

चार दिनअघिदेखि हराएकी खाँडाचक्र नगरपालिका–६ की १६ वर्षीया किशोरी निरु विकको शव मकै बारीमा भेटिएको कालीकोट प्रहरीले बताएको छ ।

निरु गत शुक्रबारदेखि हराएकी थिइन्। उनको शव मंगलबार दिउँसो घर नजिकैको मकै बारीमा भेटिएको हो ।

प्रहरीका अनुसार निरुको शरीर जंगली जनावरले क्षतविक्षत पारेका छन्। घटनाको थप अनुन्धानका लागि कालिकोटका प्रहरी नायव उपरीक्षक डिएसपी चक्रबहादुर शाहको नेतृत्वमा सदमुकाम मान्मबाट प्रहरी टोली खटिएको बताईएको छ।

उनका अनुसार निरुको शरीरको तल्लो भाग भेटिएको छैन भने शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल लगिएको छ । रिपोर्ट भने आउँन बाँकी रहेको शाहीले जानकारी दिए ।

कालिकोटमा चार दिनदेखि हराएकी किशोरी मृत फेला

नेपालगञ्ज देखि जाजरकोटका लागि छुटेको फोर्स गाडि

कालिकोटमा चार दिनदेखि हराएकी किशोरी मृत फेला

कर्णालीमा कोरोना संक्रमण ख्यालख्यालमै भयाभहको संकेत

Leave a comment

Your email address will not be published. Required fields are marked *