नेपालगञ्ज देखि जाजरकोटका लागि छुटेको फोर्स गाडि सिम्तामा दुर्घटना : ६ घाइते, ३ को अवस्था गम्भीर

दुर्गा विसि

सल्यान । नेपालगञ्ज देखि जाजरकोट जाँदै गरेको फोर्स गाडि दुर्घटनामा परेकाे छ । बुधबार दिउँसाे ४ बजे तिर भे १ ज १०४२ को फोर्स गाडि सुर्खेत सिम्ता-४ कालिखोलामा दुर्घटना भएको हाे । फोर्स गाडिको पछाडिको देव्रे चक्का निक्लेका कारण उक्त जिप सडक देखि ६० मिटर तल खसेको छ ।
सवार ६ जना मध्ये ३ को अवस्था गम्भीर घाइते भएको ईलाका प्रहरी कार्यालय वादेपिपल राकमका इन्चार्ज तथा प्रहरी निरिक्षेक नन्दराम जाेसिले बताए । घाइते हुनेमा रुकुम पश्चिम चौहरजारि-७ का वर्ष १७ का आषिस शर्मा, रुकुमपश्चिम चौरजाहरिकै अविनास राना, जाजरकोट भेरि नगरपालिका-२ का सम्झना शाह, दिनेश केसि, जाजरकोट भेरिनपा-१२ डिवहादुर गन्धर्व, छेडागाड नगरपालिका वर्ष ५१ का गोरख बुढा चालक सुजन परियारको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।
अन्य ६ घाइतेलाई सल्लिवजारमा रहेको जनवन्धु पोलिकिलिनिकमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगञ्ज पठाएको छ । आसिस शर्मा, गोरख बुढा र सम्झना शाहको अवस्था भने गम्भीर रहेको जनाएको छ । पुर्व-पश्चिम समिति नेपालगञ्ज यातायातको फोर्स गाडीमा १ चालक सहित ६ जना यात्रु सवार रहेको जनाएको छ ।






