अर्जुन र दुर्गाको ‘धर्ती आकाश’ युट्युव ट्रेन्डिङमा

काठमाडौंँ । चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत तथा गायिका दुर्गा खरेलको स्वर रहेको गीत ‘धर्ती आकाश’ युट्युव ट्रेन्डिङको पहिलो स्थानमा आउन सफल भएको छ ।
शुक्रबार सार्वजनिक यो गीतले समाचार तयार गर्दासम्म करिव ९ लाख भिउज पाउदै युट्युव ट्रेन्डिङको शिर्ष स्थानमा आउन सफल भएको हो ।
गीतमा गायिका खरेललाई गायक रोशन अधिकारीले साथ दिएका छन् । गीतमा शब्द समेत संगीतकार अर्जुन पोखरेलले कोरेका हुन् ।
गीतको भिडियोमा अभिनेता आकाश श्रेष्ठ, अभिनेत्री पूजा शर्माको अभिनय देख्न सकिन्छ ।
उत्सव दाहालको छायाँकन, बिकास दाहालको सम्पादन रहेको भिडियो बिधान कार्कीले निर्देशन गरेका हुन् ।






