‘तिम्रो मन बदलिएछ’ मा बलेको प्रिन्सी र प्रिज्मासँग रोमान्स

गायक यशकुमार र गायिका सपनाश्रीले २० वर्षअघि गाएको गीत ‘तिम्रो मन बदलिएछ’ नयाँ भर्सनमा आएको छ ।

गीतमा यशसले गायिका मिलन नेवारसँगको सहकार्यमा नयाँ भर्सनमा ल्याएका हुन् ।

यशकै शब्द र संगीत रहेको गीतको एरेन्ज देवेश राईले गरेका छन् । गीतको भिडियोमा सागर लम्साल, प्रिज्मा–प्रिन्सी खतिवडा फिचर्ड छन् ।

भिडियोमा आकाश कार्की, जीवन नेपाल र रेशम बुढाथोकीको पनि अभिनय देख्न सकिन्छ ।

अभिनेत्रीद्वय प्रिन्सी र प्रिज्माले बच्चादेखि सुन्दै आएको गीतमा अभिनय गर्न पाउनु सपना पनि नसोचेको फल पाएको बताए ।

निकेश खड्काको निर्देशन रहेको भिडियोमा बुद्ध थापा र उनको समूहको छायाँंकन, विकास धमलाको सम्पादन छ ।

‘तिम्रो मन बदलिएछ’ मा बलेको प्रिन्सी र प्रिज्मासँग रोमान्स

बजेट कार्यान्वयनमा फेरि चुक्यो कर्णाली सरकार, एघार

‘तिम्रो मन बदलिएछ’ मा बलेको प्रिन्सी र प्रिज्मासँग रोमान्स

अर्जुन र दुर्गाको ‘धर्ती आकाश’ युट्युव ट्रेन्डिङमा

Leave a comment

Your email address will not be published. Required fields are marked *