प्रवेश परीक्षामा उत्तिर्ण विद्यार्थीलाई भर्ना लिन माग

सुर्खेत, २६ फागुन ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानुन संकाय ‘स्कुल अफ ल’को बिएलएलबीको प्रवेश परीक्षामा उत्तीर्ण विद्यार्थीहरुले भर्ना लिन पाउनुपर्ने माग गरेका छन् । आफूहरु भनसुनका आधारमा नभई क्षमता र योग्यताले प्रवेश परीक्षामा पास गरेको भन्दै तत्काल भर्ना हुन पाउनुपर्ने माग गरेका हुन् ।

‘हामी भनसुन र पावरका आधारमा नभई क्षमता र योग्यताका आधारमा प्रवेश परीक्षा उत्तीर्ण गरेका हौँ’ प्रवेश परीक्षामा उत्तीर्ण विद्यार्थी सूर्यबहादुर शाहीले भने, ‘प्रवेश परीक्षामा सहभागी सबै विद्यार्थीलाई क्याम्पसले तत्काल भर्ना लिनुपर्छ ।’ विश्वविद्यालयले भने प्रवेश परीक्षामा अनियमितता भएको भन्दै भर्ना स्थगित गरेको छ । उनीहरुले तत्काल भर्ना हुन माग गर्दै रजिष्ट्रार कार्यालय र परीक्षा व्यवस्थापन कार्यालयलाई ज्ञापनपत्र बुझाएका छन् ।

फागुन १७ देखि १९ गतेसम्म सञ्चालन भएको प्रवेश परीक्षामा कुल एकसय ९० जना परीक्षार्थीहरु सहभागी भएका थिए । विद्यालयले कोटा निर्धारण गरेका कारण ४५ जना विद्यार्थीहरु मात्रै परीक्षामा उत्तिर्ण भएका थिए । परीक्षामा असफल विद्यार्थीहरुले क्षमता भन्दा पनि भनसुनका आधारमा आफ्नो मान्छेलाई मात्रै प्रवेश परीक्षामा उत्तीर्ण गराइएको आरोप लगाएका थिए ।

असफल हुने विद्यार्थीको आरोपपछि आधारमा प्रवेश परीक्षा लिने स्कूल अफ ल का निर्देशक, प्राध्यापक र विश्वविद्यालयका पदाधिकारीबीच मदभेद बढेको थियो । आफूहरुलाई गलत आरोप लगाइएको भन्दै स्कूल अफ ल का निर्देशक अर्जुनबहादुर अयडी, उपप्राध्यापक सुजन पन्त, महेशकुमार शाही र सुजाता मानन्धरले २३ गते संयुक्त राजीना पदबाट राजीनामा दिएका छन् ।

उपकुलपति प्राडा नन्दबहादुर सिंह र रजिष्ट्रार सहप्राध्यापक डा. नारायणप्रसाद पौडेलले आफ्नो पेशागत मर्यादा, नैतिकता, निष्पक्षता, क्षमता र पदीय आचारण विपरित अपहेलित व्यवहार गरेको राजीनामा दिनु परेको बताएका छन् । विश्वविद्यालयका प्राडा सिंहले भने अनुत्तिर्ण विद्यार्थीका गुनासोमाथि छानविन गर्ने र दोषि देखिएको खण्डमा राजीना पत्र स्वीकृत गर्ने बताए ।

‘परीक्षा लिदा संस्थामाथि गम्भीर प्रश्नचिन्ह खडा भएको छ, यसको छानबिन हुन्छ,’ उपकुलपति सिंहले भने, ‘आरोपको छानबिन गछौंभन्दा राजीनामा दिनेहरु दोषि भेटिएका कारबाही हुन्छ ।’ प्रवेश परीक्षाबारे भएका गतिविधिको छानबिन गर्न तीन सदस्यीय छानबिन समितिसमेत गठन गरिएको छ । छानविन समितिको निकाल्ने निष्कर्ष अनुसार पछि मात्रै प्रवेश परीक्षा लिने वा यसअघिकै प्रवेश परीक्षामा उत्तीर्ण विद्यार्थीहरुलाई भर्ना लिने भन्ने एकीन हुनेछ ।

प्रवेश परीक्षामा उत्तिर्ण विद्यार्थीलाई भर्ना लिन माग

सल्यान पार्टी कार्यालयमा एमालेको वोर्ड राखियो

प्रवेश परीक्षामा उत्तिर्ण विद्यार्थीलाई भर्ना लिन माग

कर्णाली राजमार्गमा माईक्रोबस दुर्घटना १ को मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *